Posted by: _____ December 10, 2012
आफूलाई झापड हान्नेको धरौटी दाहाल आफैले तिर्ने, १० बजेपछि मुक्त गरिने
Login in to Rate this Post:     0       ?        
 
 

आफूलाई झापड हान्नेको धरौटी दाहाल आफैले तिर्ने, १० बजेपछि मुक्त गरिने

 
(0 votes, average 0 out of 5)
उजिर मगर, काठमाडौँ, मंसिर २६ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हानेको कसुरमा धरौटी तिर्न नसकेर कारागार पठाइएका पदम कुँवरको धरौटीवापतको २८ हजार रुपियाँ दाहाल स्वयंले तिर्ने बताएका छन्। दाहालले उनलाई आजै हिरासतमुक्त गर्न आग्रह गरेको उनका सहयोगी शिव खकुरेलले जनाएका छन्। 
 खकुरेलका अनुसार दाहालको आग्रहलाई लिएर उनी स्वयं काठमाडौँ जिल्ला प्रशासन कार्यालय बिहान १० बजेपछि जाँदैछन्। 

धरौटी तिर्न नसकेपछि कुँवरलाई हिजो केन्द्रीय कारागार पठाइएको थियो। हिजै विभिन्न ठाउँबाट उनका लागि सहयोग रकम जुटेको थियो। 

भृकुटी मण्डपमा पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उनले दाहाललाई चश्मा भूँइमा खस्ने गरी हातपात गरेका थिए। लगत्तै एमाओवादी कार्यकर्ताहरुको पिटाइबाट घाइते भएका कुँवरलाई उपचारपछि अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको थियो। 

पार्टीसँग पारिवारिक सम्बन्ध रहेका कुँवरलाई आफूले माफी दिइसकेको दाहालले विभिन्न अन्तर्वार्तामा बताए पनि यो घटना हुनुको कारण खोज्नुपर्ने उनको भनाई थियो। कुँवरले आवेशमा आएर हात उठाएको बयान प्रहरीलाई दिएका 
Read Full Discussion Thread for this article