Posted by: _____ December 10, 2012
ल साझा का म नेपाली भन्ने साझा बासि हरु अब देखाम त आफ्नो देस भक्ति
Login in to Rate this Post:     0       ?        
 http://www.onlinekhabar.com/2012/12/10/19494.html

कुँवरलाई छुटाउन धरौटी रकम जुट्यो, भोलि छुट्ने

 

२५ मंसिर, काठमाण्डौ । जिल्ला प्रशासन कार्यालयले मागेको २८ हजार रुपैयाँ धरौटी तिर्न नसक्दा जेल चलान भएका एमाओवादी अध्यक्ष प्रचण्डलाई थप्पड हान्ने बाग्लुङका पदम कुँवर छुट्ने भएका छन् ।

कुँवरसँग धरौटी तिर्न रकम नभएको समाचार सार्वजनिक भएपछि विदेशमा रहेका नेपालीहरुले सहयोग जुटाएका हुन् । कुँवरका भिनाजु भीम भारतीले अनलाइनखबरसँग भन्नुभयो-’विभिन्न ठाउँबाट गरेर झण्डै ६० हजार सहयोग जुटिसक्यो । अब भोलि धेरौटी बुझाएर छुटाउँछौं ।’

यसअघि सोमबार दिउँसो सार्वजनिक अपराध मुद्दामा सुनुवाइ गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माले २८ हजार धरौटी राखेर तारेखमा छोड्न आदेश दिनु भएको थियो । तर, धरौटी राख्ने रकम नभएपछि उनलाई केन्द्रीय कारागार चलान गरिएको हो ।

एमाओवादी अध्यक्ष प्रचण्डले कुँवरलाई माफी दिएको खबर सञ्चार माध्यममा आए भए पनि प्रचण्डको माफीलाई जिल्ला प्रशासनले थाहा पाएन । महाराजगन्जस्थित २ नम्बर गणमा राखिएका पदमलाई जिल्ला प्रहरी कार्यालय हनुमानढोका ल्याएको केहीबेरमै सीडियो कार्यालयमा उपस्थित गराएको थियो । गणका प्रहरीले आजै बिहान पदमका भिनाजु भीम भारतीलाई फोन गरेर कपडा लिएर आउन भनेको थियो ।

कुँवरले गत मंसिर १ मा भृकुटीमण्डमा एमाओवादीद्वारा आयोजित चियापानमा प्रचण्डलाई झापड हानेका थिए । लगत्तै माओवादी कार्यकर्ताबाट कुटिएका कुँवरलाई प्रहरीले पक्राउ गरेको थियो ।
 

Read Full Discussion Thread for this article