Posted by: instagram December 10, 2012
ल साझा का म नेपाली भन्ने साझा बासि हरु अब देखाम त आफ्नो देस भक्ति
Login in to Rate this Post:     0       ?        
I dont care why he slap Prachanda , I dont care who is he. 

I am up for $50 .


२८ हजार धरौटी बुझाउन नसक्दा दाहाललाई थप्पण हान्ने कुँवर जेल चलान


काठमाडौं, मंसिर २५ (नागरिक)- एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले थप्पण हान्ने पदम कुँवर २८ हजार धरौटी बुझाउन नसक्दा जेल चलान भएका छन्। अध्यक्ष दाहालले क्षमा दिने भनेर सार्वजनिक रुपमा उल्लेख गरे पनि काठमाडौंका प्रजिअ चुडामणि शर्माले दोषी ठहर गर्दै २८ हजार धरौटी मागेका थिए। 
कुँवरका भिनाजु भारतीले धरौटी बुझाउन पैसा नभएकाले कारागार चलान भएको जानकारी दिए। उनलाई सुन्धरास्थित केन्द्रीय कारागार चलान गरिएको छ। 

यसअघि आजै उनलाई काठमाडौं जिल्ला प्रहरी कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो। 

मंसिर १ गते एनेकपा माओवादीको चियापानमा अध्यक्ष दाहाललाई थप्पड हानेपछि प्रहरीले उनलाई महाराजगञ्जस्थित २ नम्बर गणमा राखेको थियो। आज बिहानै प्रहरीले उनका सामान भिनाजु भारतीलाई जिम्मा लाएको थियो। 


http://nagariknews.com/society/nation/50202-2012-12-10-08-38-02.html
 
 

Read Full Discussion Thread for this article