Posted by: neta no 101 December 6, 2012
सहमति गर्न राष्ट्रपतिद्धारा ६ दिनको समय थप
Login in to Rate this Post:     0       ?        
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति डा. रामबरण यादबबीचको छलफल पछि सहमति गर्न दलहरुले फेरि ६ दिनको समय पाएका छन् ।

आज विहान राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा माओवादी अध्यक्ष प्रचण्डले चार दलको निर्णय बारे जानकारी गराउँदै राष्ट्रपतिसँग सहमति गर्ने समय माग गरेपछि राष्ट्रपतिले ६ दिनको समयअवधि थप गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले दलहरुबिचको छलफल भईरहेको भन्दै पाचँदेखि सात दिनको समय थप गर्न आग्रह गर्नुभएको थियो । जवाफमा लामो समयसम्म पनि दलहरुबिच कुनै सहमति हुने नसकेको प्रति चिन्तित हुँदै राष्ट्रपतिले सहमतिका लागी ६ दिने समय दिनुभएको हो । शितल निबासबाट बाहिरिनुभएका माओबादी अध्यक्ष प्रचण्डले सरकार लगाएतका बिषयमा दलहरुबिच निरन्तर छलफल भईरहेको भन्दै केहि समय थप गर्न आग्रह गरिएको जानकारी दिनुभयो
Read Full Discussion Thread for this article