Posted by: rais December 6, 2012
मनीषाको अप्रेसन सोमबार, wish her all the best
Login in to Rate this Post:     0       ?        

काठमाडौ, मंसिर २२ - मुम्बईको जसलोक अस्पतालमा उपचारपछि थप परीक्षणका लागि अमेरिका पुगेकी नायिका मनिषा कोइरालाको सोमबार डिम्बाशयको अपरेसन हुने भएको छ । यसअघि बिहीबारका लागि तय गरिएको अपरेसन चार दिन पछि सारिएको हो । गत साता पेटमा दुखाई महसुस गरेपछि काठमाडौंको थापाथली स्थित नर्भिक अस्पताल भर्ना भएकी थिइन् । उनलाई डिम्बाशयको क्यान्सर भएको पुष्टि गर्दै अस्पतालले अपरेसन मितिका बारेमा बिहीबार पहिलो पटक औपचारिक जानकारी दिएको हो । यसअघि केही संचारमाध्यमले भने उनको अपरेसन भइसकेको

कोइराला निकट स्रोतले कान्तिपुरलाई दिएको जानका अनुसार मनिषाको अपरेसनपछि एक महिनासम्म अस्पतालमै रहनेछिन् । स्रोतले मनिषाको अवस्था चिन्ताजनक नरहेको पनि दाबी गरेको छ । नायिका मनीषा कोइरालाले पनि आफ्नो फेसबुक र ट्वीटरमा आफुप्रति माया र आशिर्वाद दिने सुभेच्छुकप्रति कृतघ्ज्ञता व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, 'कसैलाई पनि दुःखी नहुन आग्रह गर्छु । यो जीवनको एक क्षण मात्रै हो । म ठीक छु र ठीक हुनेछु । मैले पाएका तपाईँका माया र आशिर्वादप्रति कृतघ्न छु ।'

यतिबेला उनको उपचारका लागि बुबा प्रकाश, आमा सुष्मा, भाई सिद्धार्थ पनि न्युयोर्कमै छन् ।

ALL THE BEST FROm US

प्रकाशित मिति: २०६९ मंसिर २२ १२:००

Read Full Discussion Thread for this article