Posted by: biwash prawashi December 4, 2012
Same story, different place and perspective
Login in to Rate this Post:     0       ?        
Very similar to the struggles and stories of Nepali students who come to the US .


www.nagariknews.com/friday/49895-2012-12-04-12-28-00.html



काठमाडौंले निलेका सपनाहर

TUESDAY, 04 DECEMBER 2012 18:12 नागरिक  

अम्मर जिसी- नेपालगञ्जको रेडियो र पत्रिकामा काम गर्दागर्दै स्थानीय मिडियामा राम्रै जमिसकेका विजयविक्रान्त केसी दुई वर्षअघि काठमाडौं हानिए। आफ्नो दक्षताअनुसारको काम गर्दै राजधानीमा पढाइ अगाडि बढाउने सोच थियो उनको। तर, उनले सोचे जस्तो भेटिएन राजधानी। भन्छन्, ‘तीनचार महिनासम्म आफूले जानेको मिडियाको काम खोजेर हिँडें, तर काम पाइनँ। काम पाए पनि खर्च धान्ने पारिश्रमिक नपाइने।' त्यसपछि उनले नयाँ विकल्प खोजे, घुम्ती व्यापारको। अहिले राजधानीका गल्लीगल्लीमा साबुन र टुथपेस्टलगायत सामान बेच्दै हिँडिरहेका भेटिन्छन् उनी। तिनकुनेस्थित नासा इन्टरनेसनल कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत उनी बिहान क्याम्पस सकिनेबित्तिकै झोलामा बिक्रीका सामान राखेर हिंडिहाल्छन्। दिनमा कम्तीमा चार सय जति कमाइ हुन्छ उनको। पढाइसकेपछि नेपालगञ्जै फर्किने योजना बनाएका छन् उनले। भन्छन्, ‘सोचे जस्तो रहेनछ काठमान्डू।'

विजयजस्तै सपनाका पन्तुरा बोकेर राजधानी छिरेका सुर्खेत वीरेन्द्रनगर-६ का २४ वर्षे सागर भट्टराईलाई काठमाडौं आएदेखि नै खाना खाने समयसमेत निकाल्न मुश्किल परिरहेको छ। सुर्खेतमा हुँदा क्याम्पस समयबाहेक फुर्सदिला हुने उनी काठमाडौंमा पार्टटाइम काम गरेर पढाइ गर्ने सपनाका साथ पसेका थिए। ...पार्ट टाइमले काठमाडांैको खर्च कहाँ धान्नु?,' उनी भन्छन्। अहिले उनले सूचनाप्रविधिसम्बन्धी सानो व्यवसाय गरिरहेका छन्। उनले यसमा अत्यधिक समय दिनुपर्ने हुन्छ। नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजीमा आइटी इञ्जिनियरिङ पढ्छन् उनी। सुर्खेत वीरेन्द्रनगरकै अनिल ढकालको हाल पनि विजयको जस्तै छ।

राजधानी बाहिरबाट काठमाडौं आउने प्रायः युवाले सुरुमा घरबाटै खर्च माग्छन्। सबैको साझा सपना हुन्छ, केही महिनापछि जागिरको बन्दोबस्त मिलाएर खर्च धान्ने। बढ्दो महँगी, घरको कमजोर आर्थिक अवस्था र सोचेजस्तो काम नपाउँदा निकै हैरान हुन्छन् उनीहरू। फर्केर घर पनि जान मिल्दैन। त्यसैले केही न केही गर्नैपर्छ। यस्तै एउटा पात्र हुन्, गोर्खाका कृष्णबहादुर कुमाल। एसएलसी पास गर्नेबित्तिकै राजधानी छिरेका उनी पढाइलाई सोचेजस्तो समय दिन नसकेको गुनासो गर्छन्। भन्छन्, ‘खर्च धान्न काम गरियो। कामका चक्करमा पढाइ बिग्रियो।' 

नेप क्रियसनमै बजार व्यवस्थापकको रूपमा काम गर्ने सुर्खेत वीरेन्द्रनगरका २३ वर्षे रवि ढकालको व्यथा पनि उस्तै छ । 'पढेकै विषयमा जागिर गर्न संभव छैन, त्यसैले अन्य सीप सिकेर खर्च चलाउनु परिरहेको छ,' उनी भन्छन्। बानेश्वर क्याम्पस पढ्दै गरेकी धनकुटाकी २३ वर्षीय अनु रानामगर अहिले वरपरका केटाकेटी जम्मा गरेर आफ्नै कोठामा ट्युसन पढाउँछिन्। मास्टर्स डिग्री नसकी केही पनि नगर्ने भनेर काठमाडौं आएकी उनी भन्छिन्, 'काठमान्डूमा केही नगरी बाँच्न सकिँदो रैनछ।'

नेपालगञ्जमा गैरसरकारी संस्थामा काम गर्दागर्दै राजधानीमै जागिर गरेर पढ्ने सपनाका पछि लागेर पाँच वर्ष अघि आएका थिए, धनगढीका २५ वर्षे इन्द्र विष्ट। तर, राम्रो जागिर गरेर राम्रै पढाइ गर्ने उनको सोचाइले हावा खायो। उनले काठमाडौंमा खानकै लागि अर्काका जुठा भाँडा मस्काउनेसम्मको काम गर्नुपर्‍यो। अहिले उनी होटलमा म्यानेजरको काम गर्दै बानेश्वर क्याम्पसमै एमए दोस्रो वर्षमा अध्ययन गरिरहेका छन्। भाँडा माझ्ने कामबाट सुरु भएको उनको संघर्ष टेबल पुछ्दै, वेटर हुँदै म्यानेजरसम्म पुगेको छ। राजधानीबाट असन्तुष्ट उनले पढाइपछि गाउँ फर्कने सोच बनाएका छन्। भन्छन्, 'डिग्री त सकियोस्, गाउँमै गएर पढाउँछु तर, काठमाडौं बस्दिनँ।'
Read Full Discussion Thread for this article