Posted by: Abhusal November 18, 2012
Login in to Rate this Post:
0
?
एउटा सम्बन्ध :
आज अनायसै एउटा सम्बन्ध गास्न मन लाग्यो
अद्रिस्य, शायद तारा वा जुंन सँग
अन्तरआत्मामा, एउटा अख्ण्ड अनी अगाध सम्बन्ध
जहाँ कुनै पूर्णबिराम नहोस्
एउटा अटुट सम्बन्ध, सागर जस्तो
कतै नलेखिएको, कतै नभनिएको
नसुनिएको, अंमुर्त अनी इस्वरिय सम्बन्ध
निस्चल, गंगा जल जस्तो
अत्यन्त सरल अनी सुन्दर
मानौ, अलकापुरी कान्तिपुरी नगरी जस्तो
जहाँ कुनै त्रिस्णा,
आशा र अांकान्छा बिना
म त्रिप्त बनु
एक अपवाद बनी
-अस्विन भुसाल