Posted by: _____ November 17, 2012
अलिकती कथा
Login in to Rate this Post:     1       ?         Liked by

अलिकती कथा

 --मलाई तिमी आउँदैनौ कि  भन्ने डर थियो

-- किन ?

-- तिमीले कहिले आउछु भनेर फोन गरेनौ , साउट बक्स मा बोलाको भर मा....

--  तिमीले फोन गरेको भये पनि  हुन्थ्यो नि त डर लागेको भये

--पहिलो र अन्तिम प्रयास रेस्टुरेन्ट मा नै बोलाएर गरम भनेर फोन नगरेको
 
--तिमि केटि  त बहदुर नै हौ 
 
--बहादुर त हो नि, मैले चाट  मा मलाई फोटो पठाउना भनेर इमेल देको होइन 
 
--अनि? 

-- फोटो मागेको त हो नि मैले, दिएनौ

-- अब चाट मा फोटो माग्ने लाई, कसले फोटो पठाउछ र

-- तिमीले मागेको भए मैले चाहि पठौथे

-- तिमीले पनि मेरो फोटो मागेनौ, नमागीकन पठाई दिउ  भने मलाई अप्ठ्यारो  लाग्यो

-- एस्तो कुरा मा केटी हरु लाई अप्ठ्यारो हुन्छ नि

-- अब एक्कैसौ सताब्दी मा पनि के को अप्ठ्यारो

--  तैपनी..

-- के पिउने विचार छ ?

-- तिमि के लिन्छौ?

-- म त रेड वाइन लिन्छु

-- म पनि तेही लिन्छु

-- अरु लिए पनि हुन्छ

-- होइन मलाइ पनि रेड वाइन नै मन पर्छ

-- अनि  खाना मा के

-- म पास्ता कार्बोनरा, तिमी के लिंछेउ? 

-- मा चिकन सलेद लिन्छु

_______________

--ल भन तिमीले मलाई किन रेस्टुरेन्ट मा बोलाको ?

--एउटा केटी  ले च्याट मा गफ गरेको केटा लाई रेस्टुरेन्ट मा किन बोलाउछे?

 --ए त्यो कारण पो, आजको जमाना मा पनी च्याट  गरेको भर मा कस्तो फसेको त तिमी म सँग

 --फसेको होइन क्या, तिमीले च्याट मा कुरा गरेको बाट म धेरै इम्प्रेस भये क्या

--त्यो त रियल लाइफ होइन नि, म बुढो अथवा नराम्रो भएको भये के गर्थेयौ ?

 --मैले तिमि लाई रेस्टुरेन्ट मा कसरि चिन्ने भनेर सोधेको थिए तिमीले आफुले कुन लुगा लगाउने  र आफ्नो हाइट भनेको थियौ  तर तिमीले मलाइ कसरि चिन्ने भनेर सोधेनौ. मैले तेस्को फाइदा उठाए

--हा, हा, अब तिमीले मलाइ चिने पछि बोल्न आइ हाल्चेउ भनेर

--म चाइ  तिमि लाई पैला हेर्छु, बुढो अथवा नराम्रो  रैछौ  भने बोल्नै जान्न भनेर बसेकी थिए

--चलाख  रैछौ

--एस्तो कुरा म़ा जुन केटि पनि चलाख हुन्छ

_ एउटा कुरा सोधुम

_ सोध

_ किन बिहे नगरेको, बुढो हुन लागि  सकयौ

_ खोइ कहिले के, कहिले के, मौकै मिलेन 

_ त्यो चाहि कुनै तर्क भएन है, बिहे गर्न त जसरि पनि समय निस्कन्छ

_खोइ मेरो तेस्तै पर्यो

_कुनै केटि संग बिछोड भएर तेस्तो गरेको त होइन

_होइन, तिमि लाई म प्रेम को बिछोड ले बिबाह नगर्ने मान्छे जस्तो लाग्छ र ?

_तिमि गे त होइनौ?

_हा, हा, होइन , गे भएको भए तिमीले बोलाको म किन आउथे र

_ केहि कारण त अबस्य होला

_ होइन, खोइ के भो  के भो, समय तेसै गयो

_ म कस्तो  लाग्छु ?

-- कुन सेन्स  मा ?

-- राम्री लाग्छु ? भनेर सोधेको

-- येह, अब के भनु, तिमीले मलाइ बोलाको, म आको, तिमि नराम्री भएपनि नराम्री भन्न मिल्छ र?

-- त्यो त हो, तर म तेती बच्ची पनि होइन, साचो  कुरा पचाउन नसकने

-- ल ठिकै छ तेसो भए, तिमि मा नराम्रो भन्न पर्ने केहि छैन

-- धन्यवाद

______________________________________

-- के यो प्रेम हो ?

-- प्रेम नै त नभनुम, चाहना सम्म भन्न मिल्छ कि

-- हलिवुड को जस्तो कि  बलिवूड को जस्तो  चाहना हो यो ?

-- के फरक छ र ति दुइ मा

-- हालिवूड  को जस्तो हो भने मन परेपछि बेड मा जान  पर्छ, बलिवूड को जस्तो हो भने गीत गाउन सुरु गर्न पर्छ 

-- उफ सुरु भो तिम्रो  लजिक फेरी, बरू सुन आज त मैले ठुलो सहस गरेर बोलाए तिमि लाई , फेरी पनि मैले नै बोलाउन पर्नी हो कि ?

-- तिमि लाइ कहिले फुर्सत छ?

-- बोलाउ न मात्रै 

-- अर्को हप्ता, येही टाइम, येही ठाम, हुन्छ?

Last edited: 17-Nov-12 08:50 PM
Read Full Discussion Thread for this article