Posted by: Rahuldai November 14, 2012
नेपाल सम्बत ११३३ या न्हु दँया भिन्तुना
Login in to Rate this Post:     1       ?         Liked by
 न्हु दँया भिन्तुना !!!!!!!!!!!!!!!

सम्पूर्ण नेपाली जन, नेपाली मनहरुमा नेपाल सम्बत ११३३ को उपलक्षमा हार्दिक शुभकामना . 
न्हु दँया भिन्तुना
. 
 
मुलत: यो नेपाल राष्ट्र को सम्बत हो नेवारहरु को मात्र हैन . केही कथित नेपाल भाषी बुद्धिजीवी र नेताहरुको अक्रमन्यताले गर्दा राष्ट्रिय गरिमा बोकेको सम्बत नेवार समुदाय को मात्र सम्बत जस्तो हुने गरी पाखा लागेको छ वा लगाइएको छ . यसको दोष गैर नेवार समुदायको छैन . 
 
धार्मिक तथा जीवन दर्शनका यावत क्रियाकलापमा अङ्गीकार गरिने तिथि मिति सहितको नेपाली माटोमा उदगम भएको सम्बतको महत्व र बृहतरुपलाई आमा नेपालीको मन मा स्थापित गर्नु भन्दा जातीय बिष घोलेर बिस्थापित गर्ने नेपाल भाषाका मसिहा ठान्ने संघियताका मुल्लाह सम्झिने व्यक्तिहरुले गरेका हुन् .  
 
यी सब कुरालाई घाँटी मै थाँती राखेर नयाँ सम्बत  मनाऔ . दिपावली को दीप जलाऔं . ती आत्मघातीहरुको दिल दिमाग मा ज्योति फैलियुंन ...
 
 
फेरी एक पल्ट  

न्हु दँया भिन्तुना

Read Full Discussion Thread for this article