Posted by: cybernepali November 2, 2012
बेल्जियमको दोहोरी साँझमा दुई पक्षबिच कुटाकुट र भागाभाग
Login in to Rate this Post:     0       ?        
from http://www.nepalplus.com/archives/16314

अक्टोबर २६ र २७ मा दोहोरी साँझ थियो बेल्जियमको आन्तरपेनमा । त्यहाँ लोक गायक राजु परियार थिए । उनको कण्ठ र स्वरको चर्चा हुनु पर्ने हो । तर उनको गीत र स्वरले जति चर्चा पायो, त्यो भन्दा बढि नेपालीको आफ्नै डाङडुङे पाराले चर्चा पयो । परियार कता पुगे कुन्नी ! तर बेल्जियममा भएको मारापिट, भागाभाग, हानाहान र भिडन्तको चर्चा भने सेलाएको छैन । बरु अझै चुलिँदो छ । केहि नेपालीहरु भन्दै छन्, धन्न ज्यान जोगिएछ गाँठे, कस्सो बित्याँस पारेका !

अक्टोबर २४ का दिन एकिक्रित नेकपा माओवादी समर्थित जन प्रगतिशिल मन्चले आयोजना गरेकै हलमा दोहोरी कार्यक्रम थियो । २४ तारिखका दिन प्रचण्डले आएर राजनितिक भाषण ठोकेका थिए । २६ र २७ मा त्यहि ठाउँमा लोक दोहोरी कार्यक्रम राखे । मुख्य निम्तालु थिए प्रसिद्द राजु परियार । उनको गीत सुन्न भनेर बुढाबुढी आए । केटाकेटी च्यापेर आए, महिलाहरु । आआफ्नो ठाउँमा बसे, सुने । तर जब मध्यरात भयो तब त्यहाँ भागाभाग, दगुरादगुर शुरु भयो । कारण थियो दुई पक्षबिचको लडाई।

बेल्जियममा भिन्न भिन्न ग्याङ छन् । ति ग्याङ ग्याङ बिच रिसराग, बैमनश्य र शत्रुता छ । एकले अर्कोलाई देखे खुइल्याउने, पछार्ने र ठिक पार्ने । त्यो साँझ पनि त्यस्तै भयो । म्याग्दीको एउटा ग्याङले भन्यो “आज यो हलमा रगत बग्छ ।” यो धम्कि विशाल गुरुङ समूहकालागि थियो । यो सुनेपछि विशालका समूहपनि ताते । दुई पक्षले मदिर पिएर भिडन्तको अवस्थामा पुगेका थिए । मध्य रात भएपचि हानाहान शुरु भयो । बोत्तल पाउनेले बोत्तलले हाने । नपाउनेले मुड्कि उदाए । एउटा समूहले अर्कोमाथि आक्रमण शुरु गर्‍यो ।

आक्रमण शुरु भएपछि त्यहाँ भागाभाग शुरु भयो । अशक्त, बुढाबुढी र केटाकेटी लिएर आएका महिलालाई बालबचेरा जोगाउनै मुश्किल भो । कसैले फोन गरिदियो । आए प्रहरी नियन्त्रणमा लिन । त्यहाँबाट मुख्य दोषी ठानेर विशाल मगरलाई प्रहरीले समातेर भ्यान मा कोच्यो । र लग्यो प्रहन्री ठानामा । उनलाई रातभरि राखेर भोलीपल्ट बिहान छोडिदियो ।

कार्यक्रम हेर्न भन्दै केहि पत्रकार नामधारीपनि पुगेका थिए । केहिको बैधानिक कागज थिएन । लौ प्रहरी आएपछि कागजपत्र जाँच गर्ने भो । अनि ति मध्ये केहि पत्रकार झ्यालबाटै फरार भए । भिडन्तमा हलको ढोका फुटाए । झ्यालका सिसा झ्र्‍याम झुरुम्म पारे । नाचगान भैरहेको हल केहिबेरमै भिडन्तम परिणत भयो । पछि नेपाली नेपालीबिच बैमनश्य राख्न हुन्न भन्दै यहि हप्ता नेपाली संस्थाहरुले बैठक राखेर मिलाउने कोसिस गरेका थिए । उनीहरुलाई अब देखि झगडा गर्न हुन्न भन्दै सम्झाउने कोसिस गरेका थिए । भिडन्तमा विशाल पक्षको कहसै दोष नरहेको त्यहाँका नेपालीहरुले बताएका छन् । पछिल्लो समयमा बेल्जियममा आफु आफुबिच मरामार र भिडन्त बाक्लिँदै गएको छ । प्रहरीनै आएर पक्राउ गरेर लैजानुपर्ने, हलका ढोका, झ्यालहरु फुटाल्ने काम सामान्य हैन, यसले नेपालीहरुको बेईज्जति भो भन्दै धेरै नेपालेहरुले चिन्तापनि गरेका छन् ।

Read Full Discussion Thread for this article