Posted by: aman November 2, 2012
माओबादीको Illegal सन्तान
Login in to Rate this Post:     0       ?        

गाउँमा पनि हतियारधारीको आतंक

सल्यान, कार्तिक १७ -

हतियारधारी समुहले लेखपोखरा गाविसमा चन्दा आतंक मच्चाएको छ । फोनमार्फत धम्की दिंदै आतंक मच्चाएको समुहले कर्मचारी, शिक्षक र ब्यापारीबाट २५ देखि ३० हजार रुपैयाँसम्म रकम असुली गर्दै आएको छ ।

नदिनेलाई मार्ने धम्की दिएका कारण लेखपोखराका स्थानीयबासीहरु त्रसित भएका छन् । हतियारधारी समुहले दशैंदेखि लेखपोखरामा चन्दा आतंक मच्चाएको हो । चन्दा आतंक मच्चाएको समुहले ५० हजारदेखि २ लाखसम्म माग राख्दै आएको स्थानीयले बताए ।

उक्त समुहले फोनमार्फत धम्की दिएपछि ब्यापारी, शिक्षक, कर्मचारी चन्दा दिन बाध्य भएका छन् । ज्यानको खतरा भएकाले २५ हजार चन्दा दिएको एक कर्मचारिले बताए । उनले भने, ‘गाउँमा जसले जे गरे पनि कसैको सुरक्षा छैन । आफु र परिवारको बचाउका लागी पनि दिनुपर्यो ।’

चन्दा आतंकले गाउँमा बस्न गाह्रो भएको स्थानीयले गुनासो गरे । दशैंसमेत रमाईलोसंग मनाउन नपाएको उनीहरुको दुखेसो छ । शान्ति सुरक्षा फितलो भएकाले चन्दा आतंक बढ्दै गएको उनले दाबी गरे । हतियारधारी समुहको डरका कारण सर्वसाधारणले प्रहरीमा जाहेरीसमेत गर्न सकेका छैनन् ।

यसअघि एक हतियारधारी समुहले फलाबाङमा चन्दा आतंक मच्चाएको थियो । त्यसपछि रामपुर, कालिमाटी काल्चे र खलंगाको श्रीनगरमा मच्चाएको थियो । केही ब्यक्ति पक्राउ परेपछि शान्त थियो । दशै लाग्न नपाउँदै लेखपोखरामा आतंक सुरु भएको हो ।

हतियारधारी समुहमा ४०–५० जना रहेको अनुमान छ ।

स्थानीयले जाहेरी नगरेकाले हतियारधारी समुहको नाम थाहा हुन नसकेको प्रहरीले जनाएको छ । पहिलाकै समुहमध्येकाले चन्दा आतंक फैलाएको हुन सक्ने प्रहरीको आशंका छ । चन्दा आतंकको हल्ला फैलिएपछि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

Read Full Discussion Thread for this article