Posted by: dipika02 October 25, 2012
अतितका सम्झना- "दसैं"
Login in to Rate this Post:     0       ?        
@ Geology Tiger--
जंगल को राजा नै भूमिगत भएको ब्यापक हल्ला छ नि त जिते दाई बजारमा। खाँटी कुरो चै के हो? ढोका छेक्न आउन पर्छ त्यसैले थाहा पाउँ है दाई समयमै।
 
@ serial--
बौचा, मैले कथाको प्रसङ्मा कुरा गरेको दादा चै मेरो फुपुको छोरा हो। उहाँ हामी सँग ३ बर्ष जस्तो मात्रै सँगै बस्नु भएकोथ्यो तेसैले खासै अरु कुरा छैन त्यस्तो सुनाउनै लायक। केही सम्झेँ भने अरुलाई नसुनाएनी तिमीलाई चै सुनाउला ल।
 
@ ThahaChaena--
च्यान्टे भाई, कहाँ त्यो चिसो भुइमा बस्या नि तिमी? ल यो रातो चकटिमा बस। चिसो ले भेट्ला फेरी।
 
@ rahulvai--
ठुल्दाई, सम्झिनु सम्झी सके पछी नि के छुच्ची सम्झनालाई सम्झिरा त बुढा? ज्ञानी अन्जना, रन्जना कोइ थिएनन सम्झनको लागि? आफ्नो जीवन कथा पहिले त ब्ल्याक यान्ड व्हाइट नै लाग्थ्यो ठुल्दाई, आजकाल त ति दिनहरु सम्झदा माया लाग्छ तिनिहरुकै। साँच्चिकै रङिन थिए बाइ।
 
@ bhakte dai--
हा हा हा.... हो दाई हो चोर माथि चकारो नै भा हो। बिनसित्तिमा मुटुमा ढ्याङ्रो बजाएर भाएको चै केइ नि नाइ।भा तेइ एउटा मुटु नि कसो थर्किदा थर्किदा भुइमै झर्याथेन।
 
@ baaramaase--
तिहार त आउन बाँकी नै थ्यो नि दाई। खाली तासमा ध्यान छ अनी के याद होस् तिहार पहिले आउछ कि दसैं भनेर। जे पहिले आएनी के भरक पर्थ्यो र होइन? अनी सधैं हार्ने गर्याथ्यो त भन्या? त्यो भन्दा त बरु सुरुमै पैसा बुझाएर अरुले खेल्या हेरे भईहाल्यो नि। म चै तीन पत्ती भन्दा एक्काइस पत्ती रुचाउछु। त्यो भन्दैमा तीन पत्ती नखेल्ने चै होइन। दसैं तिहार मा चै कौडै हान्ने हो। तिया दाउमा। मलाई यो तिया दाउ चै साह्रै फाप्छ फेरी। लौ, धेरै फुर्ती नलाउ अहिले। फेरी आँखा लागेर घर बार नै उड्ला। बल्ल दसैं सुरु भाछ। तिहार सम्म टिक्नु छ आफुलाई ह्याँ।
 
@ adventurer--
यड्वेन्चर नै होला यहाँलाई यो धागो(पुरानो धागोहरुमा शायद देखेको थीइन मैले त्यसैले भनेको)। एक्स्पीरियन्स राम्रो लागेकोमा मलाई नि धेरै खुशी लाग्यो।
 
@ bolyokipolyo--
आफ्नो नि हालत त्यस्तै छ। पोले मात्र त हुन्थ्यो नि कहिले त डाम्छ नै भुतुक्कै हुने गरेर। यहाँलाई पनि दसैं र तिहारको एक मुष्ट शुभकामना।

@ chipledhunga
व्हिस्की मन पर्दैन चिप्लु मलाई। फर्मेन्टेड केइ नि मन पर्दैन। बरु तेइ चियापत्ती को झोलमा अलिकती दुध हालेर चिनिहालेर एक्छिन उमाल्यो भने त्यो नै बेस्ट। अनी खोइ त Travelogue? मुग्लान पछी अरु कतै भासियाछैन र भन्या?
 
हजुरहरुको प्रतिकृया प्रती आभारी छु। आफ्नो केही समय यस कथामा खर्चिनु भएको मा धेरै धेरै धन्यवाद। यि न्याना सदभावहरुले गर्दा नै कहिले काही आएर मनको भारी यहाँ बिसाउन हौसला दिएका छन। कमी कम्जोरिहरु औल्याउने जिम्मा हजुरहरुकै भयो। 
 
साथै Lynx(I like the way you narrate your stories), डल्ले ( जोक्स कहाँ बाट लेराउने गरेको छौ?), behoove ("Taking Sides"पढ्नै भ्याएको छैन, आज पढ्छु), HairyBicep(what a nick, goose bumps नै आयो :-)), मुल्मी (साँच्ची मेरो साथीले आफुले किनेको भन्दा नि बढी पैसामा त्यो स्कुटी बेचेकि थीइ नि, भन्नै बिर्सिरा) र माइला दाई (ल हेर लुकी लुकी पढ्ने गर्नुभा रे छ। आरामै दाई? कस्तो बेपत्ता हुनु भएको नि न्यास्रो नै लाग्ने गरेर?) लाई आफ्नो समय खर्चिनु भएको मा र मन पराइदिनु भएकोमा धन्यवाद।

सबैको दसैं उल्लासमय रहोस्। बिजया दशमीको धेरै धेरै शुभकामना।
 
 
Read Full Discussion Thread for this article