Posted by: magorkhe1 October 19, 2012
How to make Khasi ko Pakku?
Login in to Rate this Post:     0       ?        
ब्रो: नारायणी पूर्वको पर्नु भएको हो ? गाउले हरुले पाक्कु अनि शहरियाले कबाफ भन्ने रहेछन ?
किनकी पुर्बेलिले पक्कु भन्छन र धक्कु लगाउने गर्छन कसको घरको मिठो भयो भनि  | खसीको मासु त पाइदैन तर अस्ट्रेलियन बोको भने पाइन्छ होला, अलिक चाम्रो र रेसा बढी हुन्छ जस्तो लाग्यो |
तरिका :
टुक्रा एक नासको बानाउनु पर्छ नत्र स्वादमा फरक हुन्छ | पक्कु वा कबाफ बनाउदा मेरा माताहारिले मरमसला मात्रै राखेको देखेको थिए  ( ( do not suggest ONION, it sweetens the meet, not much garlic ) |
तेल , मसला regular , नुन र बेसार हालेर मल्ने बेलुकी अनि अर्को बिहान पकाउने'
अलिक मोटो भाडोमा पकाउने ( if you use pressure cooker, taste will be different, it may be soft but not the original one)
५-७ मिनेट मासु फ्राई गर्ने ( तुरुन्तै बिर्को नलगाउने ) अनि सानो आच्मा छोपेर पकाउने | अलिक पानि आऊछ, बेला बेलामा चलाउने , if it is dry too early you can add little bit water. | तेलमा पुरिएको पक्कु खाने गरेको भए तेल अलिक धेरै हाल्ने |
पाके पछी मासुको बासना आउन थाल्छ , चाखेर हेर्ने कति धेरै पकाउन मन लाग्छ ( सारै नरम वा चबाउनु पर्ने गरि , आफ्नो इच्छा अनुसार) ,
मासु तेलीय भएर पाक्छ , तेल सुद्द आर्को भाडोमा खन्याउने , तुरुन्त नाछोपने ( बाफ मिसिन्छ ) , सेलाए पछी रेफ्रिजेरेटर मा राखे पनि भयो बाहिर राखे पनि भयो |
यसरी राखेको कवाफ / पक्कु चलाउन ( start eating )  थाले पछि भने रेफ्रिजेरेतारमा राख्दा बेस होला |

यदि पहिलो पल्ट कोसिस गर्दै हुनु हुन्छ भने - एक पल्ट पुर्ब तयारि अगी पकाएर हेर्नुस १-२ पाऊन्ड पकाएर हेर्नुस कस्तो बनाउनु भयो अनि के गर्दा बेस होला आफैले बिचार गर्नुस |
यो पनि पहिलो पल्ट Programming गर्न बसे जस्तो हो |   
 
Last edited: 19-Oct-12 12:55 PM
Read Full Discussion Thread for this article