Posted by: everestpep October 18, 2012
राजनितिका ११ खेलाडीहरु
Login in to Rate this Post:     3       ?         Liked by

राजनितिका ११ खेलाडीहरु
( जगेडा खेलाडीको व्यबस्था आफैं गर्नुहुन अनुरोध छ ।)

१. नेपाली कांग्रेस ः
नेपालनै पशुपतिनाथले चलाएको बेलामा
यस्लाई पनि उनैले चलाए त, के फरक पर्यो ?

२. नेपाल कम्युनिष्ट पार्टीहरु ः
विश्वभरिका कम्युनिष्टहरु एक हौं भन्ने मुलमन्त्र जप्दै
(एकीकृत शब्द यिनकै पेवा हो ।)
२० थरी ने क पा पार्टी छन्, दुनियाँ हसाउँदै ।

३. जनजाति नेताहरु ः
पार्टीहरुका रगतले ढाडिएका जुकाहरु
बिदेशी मुतको न्यानोमा कुर्दैछन छेपारे मौकाहरु ।

४. नागरिक समाजका अगुवाहरु ः
सुकिला मुकिला, पर्दा पछाडिका खेलाडी
मुखमा लोकतन्त्र लोकतन्त्र, बगलीमा गेडी

५. मधेसी पार्टीहरु ः
लैनचौरेकी रानी, भ्रष्टहरुको खानी
यीनकै पछि लाग्छन् मधेशी जनता अधिकारको आशमा, जानी वा नजानी ।

६. माओबादी ः
चण्डाल नेता, लीला अपरम्पार
जनतालाई सुरुङ्ग खन्न लगाएर आफुचाहिं प्रभुको पाउमा लम्पसार ।

७. – माओबादी ः
हात्ती बलियो कि हात्तीछाप चप्पल
माओबादी क्रान्तिकारी कि – माओबादी, कमरेड ?
उस्तै उस्तै हो नेपाली जनता ।
(जति वेवकुफ बनाए पनि पत्तो छैन ।)

८. एमाले ः
नेता जति सबै नौटङ्कीका मतियार
कार्यकर्ता जति बाँदरको पुच्छर लौरो न हतियार ।

९. राप्रपाहरु ः
सत्ता खेलाउन, मान्छे लडाउन, आखाँ झिम्काउन तगडा
“श्रीपेच” ट्रेडमार्कको लागि आफैंआफैंमा झगडा ।

१०. ज्ञानेन्द्र शाह ः
गज्जब छ यिनको “बुझेँ बुझेँ” शैली
धार्मिक यात्रामा राजनितिक रयालि
झट्ट हेर्दा केहि गर्ला जस्तो, भित्रभित्र महासिल्ली ।

११. हामी जनता ः
कहिले दक्षीणी मनसुनमा, कहिले उत्तरी वायुमा, त कहिले पश्चिमी भुमरीमा
रुझेर, बहकिएर, उक्सिएर
खोजी रहेका छौं हुदै नभएको नयाँ नेपाल ।
 

Read Full Discussion Thread for this article