Posted by: Rahuldai October 16, 2012
यस्तो ब्यथा , कथा मै सीमित होस् ....
Login in to Rate this Post:     0       ?        
भाग ५ 


 "अष्ट्रेलिया ? "

"किन जाने के गर्न जाने ?"

सुष्माको अप्रत्याशित प्रस्ताबमा आश्चर्य प्रकट गरें.


"सबै जना अष्ट्रेलिया जाँदै छन्, हामी पनि जाने कि भनेको मात्र. अल्का, रोजी , अझ सुब्बु पनि जाने तरखरमा छिन. सुब्बु ले त पेपर मेरिज गरेर जान लागेकी."


"के छ हो अष्ट्रेलियामा त्यस्तो ?? सबका सब अनेक तिकडम लगाएर जाने गन्तब्य?"

"केही भएर त गए होलान नि . यो कवाड देशमा भन्दा त लाइफ राम्रो होला नै . अचेल त अष्ट्रेलियन डलर को भाउ नि यु एस को भन्दा बढी छ. मिमिमम हा वेजेज नि १० डलर पर आवर छ रे . बिन्दास लाइफ हुन्छ त्यता, सोच है उमु .."

 

"हस प्रभु, सोचौला . अहिले आउदो सेमेस्टर , प्रोजेक्ट वर्क र ग्राजुयेशनको बारे सोच्नु छ, अनि जागिर सागिर ."

"१५-२० हजार को जागिर सागिर ले हफ्ता दिन को खर्छ नि पुग्दैन, खोज्नु पर्दैन त्यस्तो जागिर सागिर. अब त मलाई नि पाल्नु पर्छ तिमी ले ..."

उनले आफ्नो हक जताई हाली. 

"हुन्छ बाबा हुन्छ , अष्ट्रेलिया अष्ट्रिया, आर्मेनिया सबको बारे सोचौला."

समयको गतिमा कसैको लगाम हुन्न. फाइनल सेमेस्टर, अलि फुर्सिदिलो. जागिर सागिर नि खोज्नै पर्र्यो. अष्ट्रेलिया जाने सोच म मा थिएन. सुष्माको मन राख्न भए नि अष्ट्रेलियाको बारे सूचना एकिकृत गरें. सुष्मा अष्ट्रेलिया नै जाने कुरामा दृढ थिई. उनको बी बी एस नि सकियो. यता मेरो इन्जिनियरिंग पनि सकिने तरखरमा.

देशको राजनैतिक र आर्थिक अवस्था सुष्माले भने जस्तै कवाड नै रहेछ. साराका सारा इन्जिनियर, डाक्टरहरु अमेरिका, युके र अष्ट्रेलिया पलायन हुने चलन जस्तै भैसक्यो. नेपाल मै बस्नु भनेको या त अयोग्य र झारपात बर्गमा गनिनु या त एक्लो बृहस्पति भइ बाच्नु बाहेक केही नहुनु . असहज  र अन्यौल भयो भबिष्यको जीवन रेखा. आफ्नै हत्केलाका रेखाहरुमा घोरिएँ. भाग्य टुटे फुटेको छ. जीवन रेखा सलल बगेको छैन अर्थात बाधा व्यवधान अनेक छन्. आफ्नो कर्ममा बिश्वास गर्ने मान्छे म, तैपनि भाग्य सित दुश्मनी कसरी मोल्ने ?

पढाई सक्यो. जागिर खोज्दै थिएँ. सुष्मा संगको प्रेम कहानी उत्कर्षमा थियो . धेरै फुर्सदिलो भएर पनि होला, भेटघाट दिनहुँ जस्तो हुने. दैनिक रिपोर्ट बुझाउनु पर्ने . उनको आत्मियतामा रिपोर्ट त के छाती चिरेर देखाउन तयार भाको मान्छे.

अष्ट्रेलियाको बारे मा उनले निकै जानकारी हासिल गरि सकेकी थिई.

"अहिले एउटा जागिर मिल्ला जस्तो छ , केही महिना जागिर खाउँ अनि जि आर इ दिएर अम्रिका जाउँ "
.. मैले नौलो प्रस्ताब अघि सारें.

"कहाँ जी आर इ सी आर इ दिने भन्या ? आफ्नो त इंग्लिश उही ताल हो , सक्दिन म . खुरुक्क आइ एल टी एस दिएर अष्ट्रेलिया जान छोडेर ."

"हस बाबा यो पनि सोचौला ."

"सोच्ने मात्र हैन गर्ने पनि . बाबाले अष्ट्रेलिया जान ओके भनीसक्या छ. पैसा पनि दिन्छु भन्या छ . धेरी किच किच गर्ने हैन नि भन्द्या छु , नत्र म एक्लै जान्छु .."

सुष्माको धम्किलो घुर्की धेरै सुनीसकेकोले “हस प्रभु हस” मात्र भनें.  सुष्माको तयारी को गाम्भीर्यता बुझे पनि म भित्रको आत्माले मानेको थिएन , अष्ट्रेलिया को किस्सा. केही बर्ष यतै काम गरेर अमेरिकामा उच्च अध्ययन गर्ने मेरो धोको. मन सबैको एकनाश हुने भए यो संसारमा कुनै बिबाद हुने थिएन नै . मनको कुनामा डरले गहिरो खाडल खन्यो. आत्मीयतामा हुर्केको प्रेमको असामयिक अन्त्य हुने त हैन कतै ? अष्ट्रेलिया भन्ने बिष त कतै हामी बिच फैलिदै छैन? तै पनि कुनै उपाय त निस्किएला नि , मनले मनलाई सम्झायो.

 

जागिर मिल्यो . कामको प्रकृति पनि आफ्नो रुची अनुसारको . ज्याला पनि सोचा जस्तो. जागिर मिलेको उपलक्ष सुष्मा संगै त हो नि मनाउने , सुनाउने . बानेश्वर को बेइजिंग डकमा डिनरको निम्ता दिएँ.  खुशी र सफलता साटें.

तर सदा झैँको  चन्चले स्वभावमा बादल मडारिएको जस्तो, सदा झैँ हांसीरहने ओंठहरु खुम्चिएको जस्तो, सदा झैँ खुला रहने “दिल” मा भोटे ताल्चा लगाए जस्तो ... माहौल फरक फरक लाग्यो.

"सुष्मा ... तिमी खुशी छैनौ ??"

"किन? म एकदम खुशी छु उमु... तर ... हाम्रो अष्ट्रेलिया जाने कुरा को के हुन्छ अब ?"

आफ्नो बेखुशीलाई खुशीको लेपन लगाई हाली .

"धेरै खान्न यो जागिर, बढी मा १-२ बर्ष . अष्ट्रेलिया गए नि “जब एक्सपेरियन्स “ नभई राम्रो काम मिल्दैन, एक्स्पिरियन्स को लागि भए नि जब फर्नु पर्र्यो नि, हैन र ?" मैले सक्दो आफ्नो कुरा राखें.

"१-२ बर्ष ??"

" इट्स टू लोंग . आइ कान्ट वेट फोर लोंग टाइम ". अंग्रेजीमा असन्तुष्टि जनाई हाली.

"सुष्मा, त्यसो नभन न, हाम्रै भबिष्य को लागि त हो नि मैले भन्या. तिमी पनि ठण्डा दिमागले सोच . भोलि पर्सि फेरी कुरा गरौला नि , अहिले डिनर इन्ज्वाई गर न प्लिज..."

 

मलाइ जे डर थियो त्यै भयो. यो आइमाईले जिद्दी गरे पछी ...... भोलि पल्ट उनले फोन गरिन.

"के सोच्यौ त ?"

पहिलो सम्बाद नै यहि थियो.

"म अहिले नै अष्ट्रेलिया जान सक्दिन, भर्खर खाएको जागिर र काम थालेको प्रोजेक्ट बीचमै छाडेर बेइमानी गर्न नि मिल्दैन, पैसा नि पर्याप्त छैन म संग. १ बर्ष पछी........."

"केटा मान्छे को भर हुँदैन भनेको यही हो .. यु सो मिन ..."

सुक्क सुक्क गर्न थाली,


"सुष्मा प्यारी सुष्मा , न रोउ न प्लिज ..."

"एउटा कुरा भन्छु है .."

"अहिले तिमी प्रोसेस गर, सबै मिल्दा सम्म ६ महिना लागि हाल्छ, तिमी अष्ट्रेलिया जानु, ६ महिना पछी म ज्वाइन गर्छु ...

यताको नि कुरा मिल्छ, उता को नि . त्यस पछी दुनिया हाम्रै मुट्ठीमा त हो नि ."

"सत्य ??"

एकै छिनमा मेघ फाटेर घाम झुल्क्यो.

"सत्य , सत्य धरोधर्म ."

मेरो मध्यमार्गी प्रस्ताबले काम गर्र्यो , क्षणिक युग्द बिराम पछी आउने आंधी हुरीबाट बाच्ने उपाय खोज्न थालें.....

 

क्रमश: 

Read Full Discussion Thread for this article