“सुष्मा” वाह क्या कर्णप्रिय नाम ... सुष्मा को बारे... अलि डिटेल मा भन्न मिल्छ , उमेश .....
उमेश को धाराप्रवाह बेदनाहरुमा मैले घ्याच्च ब्रेक लगाई दिएँ. एक पेग थपौं, एक सास फेरौं अनि रिल्याक्स ..
“हैन दाइ , सुष्माको बारे भन्दिन मा , मेरो डार्लिंग हो, अझै मुटु संग संगै धड्की रहन्छ, बिपना सपना, जपनामा ह सधै हुन्छे उ . उ मेरो माया हो मेरो छायाँ हो “
प्रेम नगरमा प्रेम बगर मा सबै कबि हुन्छन रे , आज देखियो ... काव्यात्मक शैली मा उमेशको प्रेमोभाव .
"त्यस्तो माया गर्ने सुष्मा संग कसरी किन ब्रेक अप भयो त ? "
मैले अलिकति घाउ कोट्याइ दिएँ .
"दाइ, यो रक्सि ले यो छाती के पोल्थ्यो, यो मायाले पोल्दो रहेछ. मुटु छोयला छोयला , कचिला कचिला हुँदो रहेछ. कमबख्त यो माया प्रेम भन्ने फिलिंग नै किन हुँदो रहेछ? किन यसरी जली जली चली रहनु पर्ने जिन्दगी, निर्जीव गाडी को इन्जिन जस्तो.
सुष्मा संग मेरो पहिलो भेट १२ पढ्दा हो. छुट्टीमा घर आउदा आफन्तको बिहे भोजमा . सामान्य चिनाजानी बाट यो कहानी सुरु भयो. उ एस एल सीको रिजल्ट प्रतीक्षामा थिइ. फोन नम्बर को साटासाट मै दिल को नि साटासाट हुन्छ भन्ने कल्पना नै गरेको थिइन मैले. फोनको घन्टी बेला बेला मा बजिरहन्थ्यो, प्रेमको तरंग संग संगै.
१२ सकियो, घर फर्कें. सुष्माले फलामे गेट पार गरिन. दुवै फुर्सदिलो घाममा प्रेमको बिस्कुन सुकाउदै थियौं. इन्जिनिररिंगको प्रवेश परिक्षा दिन काठमाडौ गएँ, परीक्षा दिइयो. नाम निस्कियो. भर्ना हुने भैयो. उ पनि ११-१२ पढ्न काठमाडौ जाने भइ . के खोज्छस कानो ? आँखो ... भने जस्तै भयो. मानौ प्रेम शक्तिमा दैब नि झुक्दो रहेछ.
काठमाडौको रंगिन दुनियामा उ पनि एक्लो म पनि एक्लै. प्रेम नगरमा कुनै छेकवार रहेन, कुनै अंकुश भएन. मायामा भुले नि भुलभुलैयामा थिइन म . पढाई प्राथमिकतामा सधै माथि राखें. आफ्नो हैसियतले भ्याए जति रिजल्टमा रिफ्लेक्ट हुन्थ्यो .
पहिलो सेमेस्टरमा टप टेन मै आएँ. खर्च को जोहो सजिलो भयो. प्रेमेस्टर भने अब्बल नै रहें. सुष्माको पढाई पनि ठिकै थियो. पुल्चोकको होस्टल मा बस्थें म, उतैको स्कूलको साथीहरु संग मिलेर भाडामा बस्थी. त्यै भएर पनि हाम्रो मिलन मा कुनै भिलेन थिएन.
प्रेममा मस्त संग डुबेका परेवाका जोडी बीच के के भयो के के भएन भन्नै परेन. भबिष्यको “मास्टर प्लान “ पनि बन्न थाल्यो. साँच्चै नै जीवन जीवन्त भए जस्तो. न्यानो काख, न्यानो स्पर्श, न्यानो अँगालो ...जीवन जिइरहुँ झैँ लाग्ने . समयको गति यहीं कतै रोकिदिए हुन्थ्यो झैँ लाग्ने. एक अर्काको मनोभाव लाइ पढीरहुँ झैँ लाग्ने.
पढाई र प्रेम यी दुइ “प” बाट उठ्ने शब्दहरुले समयको गतिलाई एक्सिलिरेट गर्दो रहेछ. १२ सक्याई सुष्माले. मेरो नि चार सेमेस्टर . अब के गर्ने भन्ने अन्यौलमा सुष्मा. बी बी एस वा कुनै टेक सब्जेक्टमा ब्याचलर गर्ने. मैले उनकै साथीहरु संग सल्लाह गर्न सलाह दिएँ. बी बीएस नै ज्वाइन गरी. पाँचौं सेमेस्टर नि सफल आरोहण गरियो.
समय संग संगै उनको ब्यबहार र अनुहार दुबैमा म्याचुरिटी झल्कदैथ्यो.
एक दिन मायाको सागरमा डुबुल्की मार्दा मार्दै उनले भनी “ अल्का ले कालेज छोडी “.
"किन ?" मैले जिज्ञासा पोखें.
यो देशमा केही हुँदैन, न पढाई राम्रो न बसाइ . अष्ट्रेलिया मै पढ्छु र उतै को पी आर लिएर लाइफ जिउछु भनेर अष्ट्रेलिया जाने भइ. छुच्ची अल्का , छुपेरुस्तम .. रिसाइ सुष्मा .
रिसाउदा को रातो अनुहार ......... बिना लाली चम्केको गाला .... झनै राम्री देखिएई मोरी त ...
"किन छुपेरुस्तम अल्का , ठिकै गरी .. उनको जिन्दगी हो जे गर्छे उनैको हो . हामीलाई के को मतलब ?"
मैले हल्का सरोकार कोरें .
“संगै बसेकी रुममेट ले पहिलेइ भन्नु पर्दैन त , म पनि अष्ट्रेलिया जान्छ कि भनेर डाहा गरेकी होली , डाइन ले . रिस पोखिंदै थियो छताछुल्ल. त्यसको त्यो ख्याउटे ब्वाइफ्रेन्डको छाल हो त्यो. काम न काज को अनुहार न दनुवार को ब्वाइफ्रेन्डको त्यस्तो घमण्ड. मलाई न भन भनेर त्यै ख्याउटे ले भनेको हुनु पर्छ. एउटै शिरान गरेर सुत्ने साथीलाई यस्तो धोका...."
"के भयो नभनेर के पो फरक पर्र्यो र ??"
उ एक छिन चुपचाप रिसलाइ निल्दै थिई.
बी बी एस फस्ट इअर सक्याई. रिजल्ट मन खाने भएन. फाइनल इअर पुसकेको थिएँ. कोर्ष वर्क धेरै थिएन. प्रोजेक्टमा लोड धेरै.
एक दिन प्रेमालापकै सिलसिलामा हामी जावालाखेलको एउटा क्याफेमा थ्यौं.
"रोजी पनि अस्ट्रेलिया गइ." अल्काको पालोमा जस्तो रीस नाकै मा थिएन .
"के भयो त , उसको इच्छा ."
"मोरी त एक जना भुसतिघ्रे संग बिहे गरेर गइ नि .. एक जना संग लभ गर्ने अर्को संग पोइला जाने .. रन्डी कहीं कि ?"
पहिलो पल्ट मैले उसको मुखबाट अपशब्द सुनेको थिएँ. नसुने झैँ गरें.
"कस्तो भयो होला त्यो विक्कीलाई. कस्तो माया गर्थे विक्किले. चटक्कै कसरी छोड्न सकेकी बोक्सीले .."
"के भयो त , केही सोचेरै त गइ होलि नै , अरुको चिन्ता गर्न छोडी देउ . बरु हामी के गर्ने , मेरो पढाई नि सकिन लाग्यो...."
मैले कुरालाई जीवन मार्गमा मोड्ने प्रयास गरें.
"हामी पनि अस्ट्रेलिया जाऔं न उमु ......"
क्रमश: