आफ्नै आँखा अगाडी आफ्नै आमाको प्राण पखेरु उडेको दृश्य हेर्नु पर्ने श्राप प्रारब्धको पाप हुनु पर्छ. बिबश बाबु छोरा ....... अश्रुधारा मै बगे .... जिन्दगीका सबै आधारहरु पहिरो मै पुरिए.
कर्म धर्मका काम सकिए. घर घर जस्तो लागेन. मशान बीच ठिंग उभेको टहरो जस्तो लाग्यो. एउटा सिङ्गो लाश जस्तो. जीवन हराएको बास जस्तो . बाबा टोलाएको टोलाइ .... बिजिनेस सिजिनेस सब चौपट...
बिपत्ति कहिलेइ एक्लै आउदैन रे भन्थे ... डिप्रेशनको शिकार भाको बाबा को बिजिनेस कर्मचारीको अप्रेशन ले खोक्रो भैसक्यो पत्तो भएन. साझेदारको बेइमानीमा ऋणमात्र थपियो.
जस्तो सुकै बिपत्तिमा नि हार नमान्नु भन्नु हुन्थ्यो मम्मी. मुश्किलले जसो तसो टुक्रिएको मनलाई सिउदै जिउदै फेरी कर्मथलो फर्किएँ. कम्पनीको डारेक्टर साहेबलाई फोनबाटै यावत दुर्घटनाको जानकारी दिईसकेको हुनाले प्रशासनिक कठिनाइ भएन पुन: काम गर्न. तर मानसिक रुपमा अझै तयार थिइन. मम्मीको अन्तिम दृश्य झल्झली याद आइरह्यो. जीवन र मृत्युको त्यो अन्तिम लडाई, अमुक आँशुको भाषा... र सम्बोधन .... बिबश बाबु छोरा .... मस्तिष्क कम्पित भैरहने.... कहिले काहीं लाग्थ्यो... यो अलिछिनी हात ... आमाको लाशमा दाग बत्ती .... स्याउँ स्याउँति किरा परोस जस्तो ....
समय सबै भन्दा ठुलो मल्हम भन्छन. बिस्तारै नर्मल हुने क्रम मा थिएँ . कामको परफोरमेन्स पहिलेइ कै गतिमा प्रगति हुदैथियो. हाम्रो अफिसले ठुलै ठेक्का सरकारी काम लिएको थियो. त्यै काम को सिलसिलामा सिलवाल सर हाम्रो अफिसमा आउने जाने गर्नु हुन्थ्यो .
सिलवाल सर मन्त्रालय हो कि बिभागको सहसचिब सर . डाइरेक्ट फिल्डको काम संग सरोकार राख्ने भएकोले होला सर संग मेरो भेटघाट र छलफल हुन्थ्यो. कहिले काहीं फिल्ड पनि संगै गइन्थ्यो.
एक दिन सिलवाल सर ले “ तपाईं ले माइन्ड गर्नु हुन्न भने एउटा व्यक्तिगत कुरा सोध्छु “ भन्नु भयो .
सोध्नुस न सर जे सोधे नि हुन्छ, सर त मेरो अभिवावक सरहको मान्यबर .
“बिहे भो ?”
मेरो बारेमा यावत कुरा थाहा पाए पनि कुटनैतिक सवाल थियो उहाँको.
"भाको छैन सर, बिहे गर्ने बेला पनि भाको छैन नि सर र सोचेको पनि"
"येह येह, उमेर त भयो नि उमेश, घर भनेको समय मै बसाउनु पर्छ, जवानी मै गर्नु पर्छ."
" त्यो त हो सर तर अर्को २-३ बर्ष को लागि तामेलीमा राख्ने बिचार छ ."
"गर्ल फ्रेन्ड त होला नि ?" अर्को करेन्ट छोड्नु भयो सरले.
"गर्ल फ्रेन्ड ...." अक्मक्कीएँ .
"यस्तो हट्टाकट्टा, होनहार ठिटो को गर्लफ्रेन्ड नहुने कुरै भएन नि , हैन र ...?"
"त्यसो हैन सर, सरलाई के ढाट्नु एउटी थिई ... तर ब्रेक अप भएको नि धेरै भैसक्यो."
"सो स्याड ..."
लौ त उमेश जी, बोर नमान्नु पछी कुरा गर्दै गरौला, अहिले मन्त्रालयमा मिटिंग छ. त्यो फिल्ड को प्रोग्रेस रिपोर्ट अर्को हफ्ता सम्म तयार गर्नु होला .
सर जानु भयो तर सर ले एउटा घाउ को खाटो उप्काएर जानु भयो ................... “सुष्मा !! प्राण भन्दा प्यारी "सुष्मा" ........
एक छिन सुष्मा को संसारमा विचरण गर्न पुगेछु . एक्लै फत्फताए छु .
"सर..........., येह सर ... डाइरेक्टर साहेबले बोलाउनु भएको छ ..... "रिसेप्सनिस्ट बन्दना को मसिनो स्वरले कान मै ढ्यांग्रो ठटायो.
"किन बोलाएको सुष्मा ??"
बन्दनालाई अनायासै सुष्मा भने छु. म सुष्मा हैन सर , बन्दना .... भन्दै हाँसो रोक्ने क्रममा मुख छोप्दै आफ्नी डेस्कमा गईन..
क्रमश: