Posted by: Oh_Gaathe October 5, 2012
Maile ta jiunai baaki cha....
Login in to Rate this Post:     1       ?         Liked by
कथा हौ तिमी मेरो, मैले लेख्नै बाँकी छ
सपना हौ तिमी मेरो, मैले देख्नै बाँकी छ
कथा लेख्न देउ आनि सपना देख्न देउ किनकी
भविश्य हौ तिमी मेरो, मैले साँच्नै बाँकी छ

उमंग हौ तिमी मेरो, मैले रमाउनै बाँकी छ
भाग्य हौ तिमी मेरो, हात समाउनै बाँकी छ
तिम्रो हात समाएर मलाई रमाउन देउ किनकी
पागलपन हौ तिमी मेरो, म बहुलाउनै बाँकी छ

खोज हौ तिमी मेरो, मैले भेटाउनै बाँकी छ
तृष्णा हौ तिमी मेरो, प्यास मेटाउनै बाँकी छ
खोजेर तिमीलाई मेरो तृष्णा मेटाउन देउ किनकी
चाहना हौ तिमी मेरो, तिमीलाई पाउनै बाँकी छ

पाइला हौ तिमी मेरो, मैले कुद्नै बाँकी छ
हौसला हौ तिमी मेरो , जीवनसँग जुध्नै बाँकी छ
हरेक पाइलामा मलाई हौसौला दिइराख किनकी
जीवन यो लामो छ, मैले जिउनै बाँकी छ


Read Full Discussion Thread for this article