Posted by: Rahuldai October 4, 2012
Can my parents get Justice in Nepal?
Login in to Rate this Post:     0       ?        
 बिरुवा ब्रो, 
 
घटना पिडाजनक भए नि केहि कुरा पचेन , न रिसाउनु होला .  हो काठमाडौ मा धेरै राक्षस , पिसाच हरु छन् . छिमेकीलाई दुख दिने परपीडकहरु धेरै छन् . 
 
तपाईंले बर्णन गरे जस्तो थुप्रै घटना र मुद्दाहरु  मैले अध्ययन गरेको थिएँ काम को सिलसिलामा . धेरै झगडाहरु मिलाप मै अन्त्य गराएको थिएँ . ४-५ बर्ष यस्तै थुप्रै  केशहरु ह्यान्डल गर्दा थाहा पाएँ , एक तर्फी कुरा धेरै घातक हुँदा रहेछन . दुवै तिरको कथा सुनी सक्दा कथा अर्कै निस्कने रहेछ . 
 
अर्को कुरा, घुस नखाई या घुस नदिई धेरै ठाउँ मा काम गर्न गराउन मुश्किल छ , सत्य हो. अझ यो संक्रमण काल घुसमय भएको छ . तर पनि कुनै पनि अड्डा अदालतमा अझै पनि केही व्यक्तिहरु छन् जो सत्य  सुन्छन , सत्य को पक्षमा लाग्छन . र अर्को कुरा एउटा अड्डा मा पियन देखि हाकिम सम्म सबै घुस्याह हुन्छ नै भन्ने छैन  र सम्भव  पनि छैन . कोशिस गर्यौ भने तपाइको आवाज सुन्ने कोइ हुन्छ नै . यसउसले सबै ठाउँ मा घुस खुवाएर छिमेकी ले गर्नु गर्र्यो भने कुरा सम्भव भए नि अपत्यारिलो लाग्यो. आफ्नो तर्फको गल्ति र कमजोरी  पनि खुलाउनु भए  हुन्थ्यो कि  ? 
 
केस को बारे डिटेल मा भन्न मिल्ने भए इमेल गर्नुस , तपाई का जस्ता धेरै केसहरुमा काम गरेको ले केही काम लाग्ने सल्लाह दिन सक्छु कि ?

राहुलभाइ वकिल चाहि हैन नि फेरी...
 
Read Full Discussion Thread for this article