Posted by: p_didi October 2, 2012
ज्ञानेन्द्रको पोखरा भ्रमणका केही झलक
Login in to Rate this Post:     1       ?         Liked by
 कोत्रे देखी करिब १५०० मोटारबाईकको स्कटिङका साथ पोखरा पुगेका पूर्बराजा ज्ञानेन्द्रलाइ पोखरामा स्वागतको लागि गरिएको मोटरसाइकल र्यालीको एक झलक:

motor_cycle_rally_ex_king_gyanendra_pokhara_visit (2)

पोखराका सिडियो ज्ञानेन्द्रको सुरक्षाको जिम्मा लिन नसक्ने बताए पछि भ्रमण आयोजक समितिले नै सुरक्षाको सम्पूर्ण व्यवस्था गर्ने बताएको थियो।

Welcome_rally_ex_king_gyanendra_pokhara_visit (6)

मोटरबाटोबाट पोखरा जाने क्रममा पोखरा नपुग्दै राजमार्ग वीच-बीचमा पनि बिभिन्न स्वागत अभीवादनका कार्यक्रम भएका थिए। निम्न फोटो धादिंगको कार्यक्रममा खिचीएको हो:

ex_king_gyanendra_pokhara_visit (5)

ex_king_gyanendra_pokhara_visit -dhading

फोटो क्रेडिट – सुशिल थापा र शिवसेना धादिंग

 

 

पूर्व राजा ज्ञानेन्द्र पश्चिमाञ्चलका विभिन्न जिल्लाको भ्रमणमा निस्के पछि  राप्रपा समेत सम्मिलित १० राजनीतिक दलले यसको बिरोध गरेका छन् । एकीकृत नेकपा माओवादी, कांग्रेस, एमाले, नेकपा माओवादी, राप्रपा, माले लगायत १० दलले ज्ञानेन्द्रको राजतन्त्र बिउताउने षडयन्त्रको शुरुवात भन्दै बिभिन्न बिरोध कार्यक्रम गर्ने भएका छन् ।

gyanendra_greentin_local_pokhara_visit (5)

पूर्व राजा ज्ञानेन्द्र का गन्तव्यमा बिभिन्न धार्मिक र पर्यटकीय क्षेत्र भए पनि उनको मुख्य उद्देश्य शक्ति प्रदर्शन नै भएको बुझ्न गाह्रो छैन ।

औपचारिक रुपमा पुष्टि हुन नसके पनि अनौपचारिक रुपमा पूर्व राजा ज्ञानेन्द्रको गण्डकी – धौलागिरी भ्रमणको अनुमानित खर्च ५ करोड सम्म हुन सक्ने बताइन्छ ।

 

खर्चको हिसाब पारदर्शी नभए पनि बिस्वस्त सुत्रको अनुसार स्वागतमा आउने प्रतिव्यक्ति रु. १ हजार नगदको साथ खाजा, खाना र बसभाडा निशुल्क उपलब्ध गराइएको छ । मोटरसाइकलमा उपस्थित हुन सक्ने स्वयंसेबक लाइ प्रतिव्यक्ति रु २ हजार देखि ५ हजारसम्म नगद को साथ साथै निशुल्क खाना, खाजा र पेट्रोल पनि उपलब्ध गराइएको बताइन्छ । सबै स्वयंसेवकलाई प्रतिदिन २ हजार नगदका साथ निशुल्क खाना, खाजा र बस्ने ब्यबस्था पनि गरिएको बताइन्छ ।

gyanendra_fewa_lake_pokhara_visit (3)

तेस्तै अर्को श्रोतका अनुसार पूर्वराजा बस्ने फिस्टेल लजको भाडा रु ५ लाख परेको छ ।

यी सबै तथ्य पूर्णरुपमा सत्य भएनभएको निश्चित नभए पनि स्वागत गर्ने मोटरसाइकल र जनताहरुको भिड देख्दा ज्ञानेन्द्रले राम्रै खर्च गरेकोमा दुइमत नहोला ।

gyanendra_greeting_in_car_pokhara_visit (1)

 

Read Full Discussion Thread for this article