चक्करले ढले छु. उज्यालो दिन निस्पट्ट अँध्यारियो. एउटा सिंगो जिन्दगी निमेषमै चकनाचुर भएको दृश्य देखिरहें.
गलेको मन, भिजेको आँखालाई सम्झाउने निकै बेर कोशिश गरें. क्यान्सर निको नै नहुने त हैन नि. घर खेत बेच्न परे नि बेचौला, विदेश लान परे पनि लैजाउला तर निष्ठुरी काल लाई चाहिं लान दिन्न . यो वाचा भो एक पुत्रको .
खाना खाइवरी, मम्मी एक छिन निदाएको बेला पारी हामी बाबु छोरा घडेरीको पछाडी को बारी मा गयौ.
“मम्मी लाई जसरी भए नि बचाउनु पर्छ, देशमा उपचार नहुने भए विदेश लान्छौ.” जागिर सागिर भांड मे जाए ... जागिर त अर्को पाइन्छ, मम्मी फेरी... “ भन्दा भन्दै गला अबरुद्ध भए, आँशु को भेल ले परेलीको बाँधलाई भत्काए , मन पहिरो को गहिरो मा धस्सिए.
“ अब केही हुन्न उमेश, डाक्टर साहेबले मिती तोकी सक्नु भयो. भागवानको चमत्कारको आशा गर्नु र पुकार गर्नु बाहेक अरु कुनै उपाय छैन रे “ हारेको बाबा मलाई सम्झाउने असफल प्रयास गर्दै हुनुहुन्थ्यो.
अहँ, म मान्दिन , केही त अबश्य उपाय हुन्छ होला . काठमाडौमा संगै पढेका डाक्टर साथीहरु छन् , सल्लाह लिन्छु . काल त के महाकाल संग पनि लड्छु, हार मान्दिन बाबा , हार मान्न सिकेको छैन मैले .
बिराटनगर कै प्रतिष्ठित डाक्टरहरु लगायत काठमाडौका सम्बन्धित स बिशेषज्ञहरु संग कुरा गरें. सबैको एउटै कथंन थियो- यो अन्तिम अवस्था हो, बिरामीलाई सके सम्म बिना कष्ट प्रस्थान गर्न दिनु पर्छ, इच्छाहरु पुरा गरि दिनु पर्छ. कुनै उपाय छैन. शरीर भरि क्यान्सरका कोशिकाहरु फैली सकेको छ .
कींकर्तब्यबिमूढ बाबा र म , काल हांसी हांसी जन्ती लिएर आएको पर क्षितिजमा हेरी रह्यौ. दैबको निष्ठुरीपन हात जोडेर स्विकार्दै थियौं. आफैले आफैलाई धिकार्दै थियौं.
डाक्टरले दिएको समय सीमा नजिकिदै थियो. काल घर वरिपरी महशुश हुन थाल्यो. मम्मीको स्वस्थ स्थिति एक्स्पोनेंसियाल्ली खराब हुदै गयो. पीडा नहोस भनेर पेन किलर र निद्रा को ओखती दिएका थिए डाक्टरले. हामी सकेसम्म मम्मी को समीप मै रह्यौ. बेहोश मै केहि बर्बराउनु हुन्थ्यो . सम्भवत काल संग लडिरहनु भएको हुनु पर्छ . होश खुल्दा आशुको सागर बग्थ्यो . कहिले बाबालाई हेर्नु हुन्थ्यो- केही भने जस्तो गर्नु हुन्थ्यो कहिले मलाई ...
अन्तिम अन्तिम अवस्था थियो, छिमेकी ले घाट लिएर जाने सल्लाह दिए , जिउदो मान्छेलाई घाट लगेर मार्ने कपुट थिएनौ . नर्सिंग होम लिएर गयौं. परिणाम थाहा पाएर पनि अन्तिम लडाई र दैबी चमत्कारको आशा लिएर सलाइन पानी चढाउन दियौं. सलाइन पानी मा केही बूँद अमृत मिसाई देउ भगवान ....... निष्ठुरी संग अन्तिम बिन्ति पत्र चढाएँ.
नर्सिंग होम लागेको रात, मध्यरात .... छिमेकी र आफन्तहरु आ-आफ्नो घर गैसकेका थिए. बाबा र म नर्सिंग होमको महँगो क्याबिन भित्र ... सलाइन पानी टप्प टप्प .... आवाज कान मा कर्कश बनि गुन्जियो रह्यो. साढे १२ तिर हुदो हो . सलाइन पानी को त्यो कर्कश आवाज बन्द भो... झल्यास्स ब्यूउझिए जस्तो ...मम्मी को मुहारमा दिब्य चमक देखियो. सधैं मम्मी भनी सम्बोधन गर्थें आज मुखबाट ...आमा.... निस्क्यो.... . शायद आमा शब्दको तरंगले जति टाढा पनि वात्सल्यता सुनिने रहेछ . धेरै दिन पछी आँखा खोल्नु भयो र धीत मरुन्जेल हेरे जस्तो गर्नु भयो र ................. सदाको लागि आँखा बन्द गर्नु भयो .................................................................
क्रमश: