Posted by: nepcha1 October 1, 2012
माओबादीहरू देशको लागि श्राप हुन्
Login in to Rate this Post:     0       ?        
 http://nagariknews.com/society/nation/47038-2012-10-01-03-30-44.html
 

हलहरुमा हिन्दी सिनेमा बन्द

कृति भुजु, काठमाडौं, असोज १५- वैद्य माओवादीको विरोधका कारण हलहरुमा आज सोमबारदेखि हिन्दी सिनेमा प्रदर्शन रोकिने भएका छन्। वैद्य माओवादी दवाबका कारण राजधानीका क्वुएफएक्सका सबै ६ हल र बिग सिनेमाका २ हल बन्दै भएका छन्। 

कुमारी (२ वटा) , जयनेपाल सहित सिभिल मलमा ३ हल सञ्चालन  गर्ने क्वुएफएक्सले अनिश्चितकालका लागि सबै हल बन्द गर्नुपरेको जनाएको छ। 'हामीले आजदेखि सबै हल बन्द गर्ने निर्णय गरेका छौं', क्वुएफएक्सका ड्रिस्टिबुसन म्यानेजर बसन्त मानन्धनरले नागरिकन्युजसँग भने- 'हामीलाई हलहरु बन्द गर्न दवाब दिइयो।' उनले आफ्नो हल सुहाउँदो गुणस्तरीय नेपाली सिनेमा नहुँदा अनिश्चतकालका लागि बन्द गर्नुको विकल्प नभएको बताए। क्वुएफएक्स नेपालमा गुणस्तरीय अंग्रेजी सिनेमा प्रदर्शन गर्ने हल पनि हो।

यसैगरी सिटी सेन्टरका २ वटा हल आजैदेखि बन्द भएका छन्। ‘व्यापार यसै पनि राम्रो छैन', बिग सिनेमाका कन्ट्री म्यानेजर भरत सिंहले भने- ‘हिन्दी सिनेमा बन्द गराउँदा हामीले ठूलो नोक्सानी व्यहर्नुपर्नेछ।' बिग सिनेमाका ३ वटा हलमध्ये एउटा हलमा नेपाली सिनेमा फेसबुक चलिरहेको छ। अन्य २ हल आजदेखि बन्द हुने भएका हुन्।

गोपीकृष्ण, गुण सिनेमा सहितका हल मालिकहरु भने के गर्ने भनेर निर्णयमा पुगिसकेका छैनन्। 'हामी के गर्ने भनेर छलफल गरिरहेका छौं', गुण सिनेमाका मार्केटिङ म्यानेजर शम्भु सिटौलाले नागरिकन्युजसँग भने- 'आजै हामी निर्णयमा पुग्छौं।' गोपीकृष्ण मुभिजले भने हल बन्द गर्ने योजना नरहेको जनाएको छ। 

भारतीय नम्बर प्लेटका गाडी नेपाल भित्र्याउन नदिने आन्दोलनसँगै भारत विरोधी गतिविधि तीव्र पारेको वैद्य माओवादीले हिन्दी फिल्म प्रदर्शनविरुद्ध आन्दोलनलाई चर्काएको हो। राष्ट्रियतासँग जोडेर हिन्दी सिनेमा बन्द गराएको भनिए पनि वैद्यले दिल्लीसँग राजनीतिक बार्गेनिङ गर्न हिन्दी सिनेमालाई हतियार बनाएको बुझाइ सर्वसाधारणको छ।
Read Full Discussion Thread for this article