Posted by: vasudev September 21, 2012
Priye
Login in to Rate this Post:     1       ?         Liked by
 उनको आमाले कति आग्रह गरे घरमा चियाको निम्ति तर मैले केही कामको बाहाना बनाए |  उनिहरुले धेरै झोलाहरु बोकेको देखेर मैले आफ्नो  हात बढाए | मैले हुन नसकेको सासुमाको हातबाट दुईटा झोला लिए मायाको हातको लिन खोज्दा उनले मसंग चोर पुलिस खेल्न खोजे | तर आमाले स्वीकृति दिए पछि उनले मेरो प्रस्ताव मान्नै पर्यो |

खोइ किन हो आज मलाई उनलाई जिस्काउन निकै रमाइलो लाग्यो | आमाको अगाडी उनले केही बोल्न रुचाएन | आमाले चै मौका पारी भनि हाले " हेर, दुवैजना चुप लागेर बसेको " | मैले नि फर्काइ हाले, " माया सारीमा आज अति सुन्दर देखेकी छे | मैले त्यो भनेको सुन्ना साथ उनले आफुले आफुलाई हेरे सारी मिलाए झैँ गर्यो |

केही क्षण मैले आमा छोरीलाई साथ दिए फेरी त्यही भीडमा मिसे | त्यही भीड जसमा कसले कसैको वास्ता गर्दैन | सब आफ्नो आफ्नो बाटो हिडी रहेको हुन्छ |

Last edited: 21-Sep-12 02:13 AM
Read Full Discussion Thread for this article