बिहानको यो समयमा पनि असनको चोकमा फलफूल र तरकारी बेच्नेहरुको तेती नै घुइचो थियो | मैले कति कुरा बिर्सी सकेको रहेछ | मानिसहरुको यो भीडभाद होला भनेर आशा गरेको थिएन |हुन त जीवनको यो मोड आएर नास्तिक नै भै सकेको थिए तर किन हो आज मैले यो मन्दिरलाई चै दाया पति राखेर परिक्रमा गरे | शायद यो मेरो आस्था भन्दा पनि सम्मान थियो |मन्दिरलाई परिक्रमा गर्ने क्रममा धूप, अगरबती र अरु पूजाको सामग्रीको बासना मेरो शासमा प्रवेश गर्दा कति पुराना सम्झनाहरुलाई डाकेको झैँ लाग्यो |मेरो यी प्रति कुनै सिकायत छैन |असनबाट बिस्तारै हिड्दा हिड्दै म किलागल पुगे | त्यो सानो कुनामा अझै तेही दिदि को पसल रहेछ | पसलमा साना तिना परिवर्तन देखे पनि धेरै जस्तो चीज उस्तै थियो |मलाई कस्तो ग्वारामरी पो खान मन लाग्यो |तर अफ्सोश दिदिले पसल भर्खर खोलेको रहेछ | दिदि आफ्नै काममा व्यसत देखिन थियो र म बाहिरै बसेर प्रतिक्षा गरे | वरीपरीका मान्छेहरुलाई नियाल्दै बसे |
त्यही मध्ये मेरो नजर एउटा सुन्दर महिला माथि पुघ्यो | रातो सारीमा सर्लक परेको ज्यू भएको त्यो हिन्दी च्यानेलको सिरिअलको कुनै मुख्य पात्र भन्दा कम थिएन |कस्तो लोभी नजर रहेछ मेरो उनको कमरमा गएर अलझेछ | मैले कति कोशिश गरे उनको अनुहारको प्रष्ट एक झलक पाऊन् तर त्यो पनि एउटा संघर्ष नै भयो | म पनि हार मान्नेवाला थिएन र नजिकै गएर मन बहल्याउन अगी बढे | म उनको नजिक गइ रहेको थिए र उनि मबाट टाढा हिड्न थाल्यो | दुइ मिनेट को कोशिश पछि उनले फर्केर हेर्यो | उनले भन्यो "वासुदेव" | म आफै अचम्भित थिए | यो आवाज, यो मिठो आवाज मलाई निकै कर्ण प्यारो लाग्यो | कहिँ सुने सुने जस्तै लाग्यो र दुइ सेकेन्डमा मनमा हजार प्रस्नहरु तेर्सियो | उनि अरु कोइ हैन माया थियो, जसलाई मैले दुई दिन अगि परिवारको इच्छा अनुसार भेटेको थिए | उनमा केही खराबि थिएन तर उनि पहिले मन मनै अरु कसैकी भई सकेकी रहेछिन् | मैले यो कुरा उनको परिवारलाई भन्न उचित लागेन् र आफ्नो परिवारलाई भन्न मन थिएन् | तर अफ्सोश यो नादानी को नतिजा को बारे मैले सोचेको थिएन् | माया र उनको आमा अब मेरो अगाडी यसरी प्रकट भयो कि मैले लुक्ने मौका पाएन |
