Posted by: _____ September 12, 2012
बेलायती युवराज्ञी नेपाली डिजाइनरको पोशाकमा
Login in to Rate this Post:     0       ?        
 

बेलायती युवराज्ञी नेपाली डिजाइनरको पोशाकमा



 

न्यूयोर्कमा कार्यरत नेपाली फेसन डिजाइनर प्रवल गुरुङलाई मानिसहरुले अहिले बाटोमा रोकेरै वेलायती युवराज्ञी केट मिडलटनको तस्वीर देखाउन थालेका छन् । कारण हो- युवराज्ञी केट सिंगापुर भ्रमणका बेला गुरुङले डिजाइन गरेको पहिरन सार्वजनिक कार्यक्रममा देखिइन् ।

पतिसँगै सिंगापुरको तीन दिने भ्रमणमा रहेकी केट मंगलबार त्यहाँका राष्ट्रपति दम्पत्तिलाई भेट्न गुरुङले लगाएको बैजनी र खैरो रंग मिसिएको पि्रन्टेड ड्रेस लगाएर पुगेको बेलायती संचारमाध्यमहरुले जनाएका छन् । यो ड्रेसमा केट निकै सेक्सी देखिएको बेलायती मिडियाहरुले टिप्पणी गरेका छन् ।


यो समाचार सार्वजनिक भएपछि प्रवलले ट्वीटरमार्फत खुसी ब्यक्त गर्दै आफ्नो स्प्रीङ २०१२ को कलेक्सनमा केट सार्वजनिक भएको बताए । ‘यो एकदमै ठूलो कुरा हो’ प्रवलले फोन वार्तामा भने- म आफै छक्क परिरहेको छु ।’

यसअघि ओबामा पत्नी मिसेल ओबामा र थुप्रै हलिउड सेलिब्रेटीका लागि ड्रेस डिजाइन गरेर चर्चामा आएका प्रवलका लागि यो अनौठो संयोग पनि हो । किनभने गुरुङ सिंगापुरमा जन्मेर नेपालमा हुर्किएका हुन जसले न्यूयोर्कमा डिजाइन करिअर बनाइरहेका छन् ।

सन् २०११ का कलेक्सनबाट ओबामापत्नी मिसेलले ह्वाइटहायसमा आयोजित डिनरमा दुईवटा पोशाक लगाएकी थिइन् । साहारा जेसिका पार्कर, इमा स्टोन, रुनी मारा र जिओ साल्डाना लगायतका सेलिबि्रटीले पनि गुरुङले डिजाइन गरेका ड्रेस लगाइसकेका छन् ।

प्रवल अहिले न्यूयोर्क फेसन वीकको तयारीमा लागिरहेका छन् । आशा गरौं- स्प्रीङ २०१३ को उनको कलेक्सनमा पनि केटका आँखा लाग्नेछन् ।

Read Full Discussion Thread for this article