Posted by: titanherald September 8, 2012
Should we concern - नेपाली बालकको यौन शोषण गर्ने बेलाएती नागरीकलाई ३० बर्ष जेल
Login in to Rate this Post:     0       ?        
नेपालका अनाथालयलाई सहयोग गर्ने क्रममा नेपाली बालकलाई यौन शोषण गर्ने बेलाएती नागरीकलाई ३० बर्ष जेल सजाएँ हुँदासमेत नेपाल सरकार र नेपालका प्रमूख मिडियाहरुको आँखा गएको पाइन्न । तल दिइएको समाचारमा धेरैकुरा थाहा पाउन सक्नुहुनेछ–

____________________

लन्डन, ८ सेप्टेम्बर । ६ बर्षे नेपाली बालक र १० बर्षीय बेलाएती युवकलाई यौन शोषण गर्ने बेलाएती नागरीक सिमोन म्याकार्टी (Simon McCarty)लाई अमेरीकाको हवाईस्थीत अदालतले हिजो ३० बर्षको जेल सजाएँ सुनाउनुका साथै पिडित बालकहरुलाई ९८,००० अमेरीकी डलर बुझाउनुपर्ने सजाएँ सुनाएको छ ।

विभिन्न समाचारमध्यमहरुका अनुसार ४० बर्षीय साइमन म्याकार्टीले नेपाललगाएत विभिन्न मुलुकहरुमा संचालित बालगृहहरुलाई सहयोग गरेको तर सन २००५ देखि २००७ सम्ममा उनले बच्चाहरुको नांगो भिडियो बनाएको र यौन शोषणसमेत गरेको अदालतमा प्रमाणित भएको थियो ।

म्याकार्टीले बालकहरुको भिडियो बनाएकोसमेत स्वीकारगरेको समाचारसूत्रले जनाएको छ । म्याकार्टी ब्रिटिस रकस्टार जिम म्याकार्टीको छोरा हुन् ।

[Source: http://www.titanherald.com/np/2012/09/08/nepalese-child-pronography-briton-jailed/]

_____________________

माथिको समाचार पढ्ने हो भने सायद नेपाल सरकारले यस बारेमा पूर्ण अनुसन्धान गर्नुपर्ने देखिँदैन र? किनकी समाचारमा एकजना ६ बर्षीय नपाली बालकको यौन शोषण भनीएको छ तर त्यो भन्दा बढी पनि त हुन सक्छ ।

Read Full Discussion Thread for this article