Posted by: titanherald September 5, 2012
Intolerable crime - भारतमा नेपालीलाई चोर भन्दै पिटेर मारे
Login in to Rate this Post:     0       ?        
भर्खरै प्राप्त समाचारअनुसार यस घट्नाको बारेमा भारतीय प्रहरी सक्रिय भएको देखिन्छ । तलको समाचार पढ्नुहोलाः

_____________________________________________________
भारतमा चोर भनी नेपालीलाई पिटेर हत्या गर्ने अपराधीलाई पक्राउ गर्न निर्देशन

यू.पी., २० भाद्र । केही दिन अगाडी भारतको उत्तर प्रदेशस्थीत अशरफपुरमा चोर भन्दै कुटपिट गरेर उमेश बहादुर मगर नाम गरेका नेपाली नागरीकको हत्या गर्ने अपराधीहरुलाई त्यहाँको प्रहरीले खोजी कार्य जारी राखेको छ । दैनिक जागरणले जनाएअनुसार भारतीय प्रहरी अधिकारी कृपाशंकर सिंहको टोलीले उक्त क्षेत्रमा पुगी हत्याको बिषयमा अनुसन्धान प्रारम्भ गरेका छन् । उनले अपराधीलाई तुरुन्त पक्राउ गर्न र कानूनको दायरामा ल्याउन त्यस क्षेत्रका प्रहरीहरुलाई कडा निर्देशन समेत दिइएको बताइएको छ ।

[Source: http://www.titanherald.com/np/2012/09/05/india-nepalese-massacre/]

Read Full Discussion Thread for this article