Posted by: jhaukiri September 3, 2012
अनुपस्थितिको कारण !!
Login in to Rate this Post:     3       ?         Liked by
 अनुपस्थितिको कारण !!
 
टिक-टिकेको गीत सुन्न नर्काटहरु 
लाम्बद्द वारमा बेरिएको बखत 
सिस्नो घारीबाट अत्तरको वासना , बारीका 
डल्लाहरू हुँदै 
सल्लाका रुखबाट चुहिंन्थे  !
 
केरौ बारी ..मोहोर पैसा ..गुचाका 
ह्वाक्रयांङहरु कोर्दा...
मिनपचासको जाडो 
फुटेको गाला ...
गलेको आँखा ...
अगेनाको खरानीसंगै 
डुकुको  झोलमा ....
गुन्द्रीको ओछ्यान....
घामको सिरानी हालेर सुत्थे !
 
सिमलको भुवा भन्थे... 
धानको बाला 
र माटोको छाला ....
 
समुन्द्रको नुनिलो पानीमा 
घुल्दै जाँदा ..
कुन्युको रापले पोलेको 
मकैको ढोंडले घोचेको  
गुइंठाको माधकता...
 बिच्किएको पनि देखियो ...
 
र सायद  त्यसैले ...
तिलको छोप,
दुधको कुराउने...
भुसको धुँवाले बोकेर 
ल्याउँदा ....
कहिले काहीं म  
मुकुट लगाई मसाल बोकेकी आइमाई 
सँग कारण सोध्छु ...
 
मेरो "म"को  अनुपस्थितिको  कारण ...
आफ्नो माटोबाट ...!!
Read Full Discussion Thread for this article