Posted by: ThahaChaena August 30, 2012
कोही नेपाली भएनन
Login in to Rate this Post:     3       ?         Liked by

नेपालमा सब्बै भये तर खै कोही नेपाली भएनन
एकलाइ ठेस लागेर लड्दा अर्का उठाउन गएनन् |

हरेक मान्छे धनको धनि देश कंगाल नै रह्यो
हिजोका हामी-हाम्रो आज म - मेरो मात्र भयो |

रगतले सजाएको सपना नै कौडीमा बेचीएछ  
आमाको छातीमा हात हालेर सिमाना फेरी मिचीएछ |

खेत-बारी मैदान बन्न हतारो गर्दैछन
जोत्ने ति हातहरु सपना बोकेर हराउदैछन् |

यहाँ ब्वाँसाहरु खेल खेल्न मै ब्यस्त अनि मस्त छन्
शायद अमुक निर्धा भेडाहरु हेर्न मै अव्यस्थ छन् |

चारै दिशा घुमी घुमी कचौराहरु तेर्सिरहेछन
मन्दिरको कमाई याद रहे भगवानलाई त बिर्सिरहेछ्न |

नेपालमा सब्बै भये तर खै कोही नेपाली भएनन
एकलाइ ठेस लागेर लड्दा अर्का उठाउन गएनन् ||

- थाने
 
(euta koshis lekhna ko lagi ani ....SIRSHAK RAKHNA aayena.....please sirshak suggest garum na la ......ani malai sikna madat garnus na hai......
)

Read Full Discussion Thread for this article