Posted by: Tmobile August 30, 2012
आफु नि स्कुल बाट भागिन्थो तर एस्तो चै कैले गरिएन , देस को प्रगति हुदै छ
Login in to Rate this Post:     0       ?        
 
 

भिडियो सार्बजनिक गरेपछि न्युज 24 को चर्को बिरोध(फोटो सहित )

news-24-2

यसअघि किस प्रतियोगिता नाम दिएर युट्यूब तथा फेसबुकहरुमा भेटिएको भिडियोलाई प्रसारण गरेकोप्रति न्यूज 24 टेलिभिजनको व्यापक विरोध भएको छ ।

न्युज 24 ले युट्युब तथा फेसबुकमा अपलोड गरिएको किस प्रतियोगिताको भिडियो सेन्सर नै नगरिकन प्रशारण गरेको थियो |


“मिडियाले जुन जिम्मेवारीपनि देखाउनु पर्ने हो त्यो जिमेवारीपन नदेखाई यसरि सेन्सर नै नगरी भिडियो प्रकशित गर्नु कहाँ सम्म न्याय पूर्ण हो त ? सेन्सर गरिएको ठाउमा पनि सेन्सर गरिएको देखाउनलाई मात्रै पारदर्शी रुपमा सेतो गोलो लगाइएको छ |” बिरोध गर्नेहरुको यस्तो भनाइ छ

“ती बच्चाहरु गल्ति त गरेकै हुन्, तिनीहरुले हाम्रो सामाजिक मूल्य र मान्यतालाइ लात हानेर उनीहरुले गर्ने नहुने काम गरेका हुन् | उनीहरुको किस प्रतियोगिताको त्यो भिडियो सार्बजनिक गर्नेलाई र किस प्रतियोगितामा सहभागी हुनेहरु, जसलाई कारबाही गर्नु पर्ने हो त्यो कारबाही गर्ने काम प्रशासनको हो | प्रहरीले यो बारेमा अनुसन्धान गरिरहेको पनि भनेको छ |

मिडियाको काम भनेको समाजमा रहेका नराम्रा कार्यहरुलाई औल्याईदिनु हो | तर गल्ति औल्याउदा गोपनियताको बारेमा सोचेर मात्र समाचार बनाउने गर्नु पर्दछ | ”

“कतिपय कुरामा मिडियाले जिम्मेवारीपूर्ण भूमिका निभाई गोपनियताको बारेमा पनि सोचेर विचार गरेर मात्र समाचार प्रशारण गर्नु पर्ने हुन्छ | त्यसरी अनुहार नै देखाउने गरि भिडियो प्रकाशन गर्दा त्यसबाट नकारात्मक असर पर्यो र कुनै दुर्घटना भयो भने जिम्मेवार को हुन्छ ? “एक व्यक्तिले फेसबुकमा कुराकानी गर्दै गर्दा यसो भने

गलत बाटोमा लागेकाहरुलाई सहि बाटोमा ल्याउन मिडियाले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ | न्युज 24 जस्तो जिम्मेवार मिडियाले यसरि सेन्सर नै नगरी भिडियो प्रकाशित गरिदिन नमिल्ने हो |

यस्तै गरि फेसबुकमा पनि धेरै व्यक्तिले यसको बिरोध गरेका छन् | नेपालमा पनि न्युज २४ को धेरै नै बिरोध भइ रहेको भन्दै एउटा ग्रुपमा तस्बिर हरु समेत प्रकाशित भएको छ |

 

 

 
 

 

 

One Response to भिडियो सार्बजनिक गरेपछि न्युज 24 को चर्को बिरोध(फोटो सहित )

Read Full Discussion Thread for this article