Posted by: vasudev August 14, 2012
Priye
Login in to Rate this Post:     1       ?         Liked by
  

म आज उनलाई भेट्न केशर महल गए | मलाई उनको कुरा सुनु थियो | जीवन बारे के विचार रहेछ बुझ्नु थियो | मान्छेहरु धेरै भएको ठाउँमा आफ्ना भावनाहरु व्यक्त गर्न गाह्रो होला भनि मैले नै यो ठाउँ रोजेको हो | ठिक ३ बजे म त्यहाँ पुगे | उनि त्यहाँ पहिले पुगि सकेको रहेछ | रातो कुर्तामा उनि अत्यन्त सुन्दर देखिन थियो | विस्तारी हामी रानासाहेबको बगैचामा गफ गर्न सुरु गरे | पढाईको बारे देखिलिएर संगीतको पनि कुरा गरे | उनि म भन्दा पाच वर्ष सानी रहीछे | मेरी एउटा बहिनी पढ्ने कलेजमा पढेको रहीछे | सायद मेरो बहिनीले उनलाई चिन्छ होला | 

हाम्रो गफ सुरु मात्र भाको थियो सिमसिम पानी पर्न थाल्यो | छानाको खोजिमा कुनाको खाजा पसलमा पसे र दुइ कप चिया मगाए | चियासंग चुरोट सल्काउने बानिलाई आज एक चोटीको लागी अल्प बिराम लाग्यो | हिड्दा हिड्दै कुरा गर्नु र एक अर्काको अगाढी आखा जुदाएर गफ गर्नु निकै फरक रहेछ | आखा त तिमीले भने झैँ आत्माको द्वार नै रहेछ र त्यहा मैले धक्धकाइ रहेको थिए | त्यहाँ बस्न मात्र लागेको थिए उनले टेबल सफा गर्न थालिन | काम गर्ने केटा आयो र भन्यो "दाइ सरी, भर्खर मात्र कोही यो टेबलमा बसेको थियो, सफा गर्ने मौका पाको छैन" | पाएको मौका तर उनले गुमाएन |

येतिकैमा मलाई याद आयो मैले अहिलेसम उनको नाम सोधेको छैन रहेछ | अब कसरी नाम सोध्ने | "तिमीलाई म के भनेर पुकारू ?" | उनको उत्तर छोटो र मिठो थियो "माया" | मैले भने "पहिले सोध्नु पर्ने, म यस्तो कुरामा अलि पछि नै छु | तर उनले भने " सबै चीजको आफ्नै समय हुन्छ |" म उनको उत्तरसंग सहमत थिए | बिस्तारी हाम्रो गफ फेरी अघि बढ्यो | एक अर्कालाई बुझ्ने प्रयासमा विभिन्न प्रस्नहरु सोधियो | उनको प्रस्नहरु निकै सामान्य थियो | अमेरिकामा के काम गर्नु हुन्छ ? त्यहाँ जानु भएको कति वर्ष भयो ? तर मैले अपेक्ष्या गरेको प्रस्न भने उनले अघि राखेनन्  | मेरो अतित बारे उनले केही सोधेनन् | मलाई पनि उनको अतित बारे केही सोध्न मनले मानेन | सायद आज पहिलो भेट भएर पनि होला |

त्यही समयमा हाम्रो छेउको टेबलमा एउटा जवान जोडी आएर बस्यो | भर्खर सोह्र सत्र वर्षको उमेर पुगेको होला | उनिहरु बीचको गफ सुन्दा हाम्रो चली रहेको गफनै बन्द भयो | मन मनै हामी दुवै जाना हासी रहेको थियो | तर त्यो जवान जोडीलाई दुनियाको चिन्ता थिएन | एक आपसको हात समाई मिठो मिठो गफ बुनी रहे | बिना कुनै कुरा उनलाई हेर्दै बस्दा उनको अनुहार कति सुन्दर रहेछ, उनले लगाएको श्रिंगार मेटिन्न लाग्दा  पनि त्यतिकै सुन्दर देखिन्थियो | उनको नाकको बनावट, गाजलु आँखा, आँखाले गर्ने साना साना इशारा, त्यो नसालु नयनमा म बिस्तारी डुब्न लागेको थिए |

 

यतिकैमा छेउको जवान जोडीहरु एक आपसलाई अंगालो मारेर बसेका रहेछन | उनिहरुको खतरनाक क्रियाकलाप देखेर हामी दुवै जनालाई त्यहाँ बस्न उचित लागेन | पानी कम परेको मौका पारी हामी त्यहाँ बाट निस्कियौ | मैले छाता बोकेको थिएन | एउटा छाता मुनि हामी दुवैजना तल बाटो हेर्दै हिड्न थाले | छाता समाउने क्रममा कसरी कसरी एक अर्काको हात पनि समाउन पुगेछ | छाएको खामोसिपनलाई चिरदै उनले भने " एउटा कुरा सोधु?" | "सोध" |

"तपाईलाई म कस्तो लाग्यो ? नधाती भन्नुस |"

मैले हासेर भने " नाम नै एस्तो मिठो रहेछ | खै के भनु |"

   अचानक उनको चेहरामा सुर्यास्त भए झैँ विभिन्न रेखाहरु देखिन थाले | उनले भने " सरी, मेरो पहिले बोइ फ़्रिएन्द छ, घरमा भनेको छैन | मलाई माफ गर्नु होला | तपाईलाई कसरी भनु भईरहेको  थियो | तपाईको समय बर्बाद गर्नु मन थिएन | मिल्छ भने माफ गरी दिनुस |"

 मैले उनलाई केही अरु भने मौका नै पाएन | उनि ट्याक्सी चदेर आफ्नो बाटो लागिन |

यसरी जिन्दगीले मलाई नया उपहार दियो |

सायद मैले उनलाई माफ यो भूल गर्न भन्दा पहिले गरी सकेको थिए होला | जिन्दगीबाट मैले आशा नि अरु के गर्न सक्छु |

Read Full Discussion Thread for this article