Posted by: Anali August 10, 2012
तर पनि ए आमा तिम्रो मन त रुन्छ होला ?
Login in to Rate this Post:     0       ?        
बिदेश्शिएको छु देश छैन 
रोग ले ग्रस्त छु महँगो उपचार छैन !!
सास छ
आत्मबल छैन 
विदेशको यो भूमिमा 
सब थोक छ, केवल आफन्तको साथ् छैन !!
 
तर पनि ए आमा तिम्रो मन त रुन्छ होला 
छोरि ओछ्यान परेको सुनेर गह भरि आशु त हुन्छ होला !!
 
मेरो सानो कोठाको झ्यालबाट बाहिर हेर्दा 
कति अस्तबेस्ता जिन्दगि देख्छु 
एसी को हावा मा सास फेर्दा 
आफु लाई कति कम्जोर पाउछु 
 
सरिर भरि पोल्ने फोका हरु आएका छन् 
आफुलाई एस्तो आवस्था मा देखेर आत्तिएको छ मेरो मन 
झन् झन्  झन् झन् 
 
मेरी आमा भन्छिन नाग लागेछ बाबु तलाई
डाक्टर भनछन् एन्फेच्शन हो यो
जे भए पनि कस्ट अनि पिडा हुन्छ मलाई 
म भन्छु साढेसात को दासा लागेछ मलाई !!
 
जोरो पनि १०२ अनि १०३ आउछ 
औसधि खादा अलि नियेंत्रण हुन्छ
तर पनि आमा तिम्रो माया सम्झेर यो मान रुन्छ 
तिम्रो जस्तो निस्वार्थ माया अरु कसको हुन्छ 
                                     अरु कसको हुन्छ !!
 
पढाई सकेर आमा 
तिम्रै आगनी मा आऊला 
थोरै भए पनि आमा  
तिम्रै हात को घुन्द्रुक भात खाऊला 
सानै भए पनि आमा 
तिम्रै आगनी मा बसौला !!
 
 
 
Last edited: 10-Aug-12 01:57 PM
Last edited: 10-Aug-12 04:35 PM
Read Full Discussion Thread for this article