प्रिय ,
कुना काप्चा सबै खोजे, हिडेको बाटो फेरी नियालेर हेरे, तिमीलाई भेट्ने आशमा म अन्धकार मै डुबेर बसे | तिम्रो मधुरो तस्बिर पनि बिसतारी मनको पर्दाबाट मेतिनंह थाल्यो, हट्दै गयो तिम्रो छाया | तिम्रो लागी भनेर छुटाएको ठाउँ नि अब कसैलाई दिने बेला आयो | तिमीलाई एक चोटी भेट्न कस्तो इच्छा थियो , कस्तो रहर तर अब निकै ढिला भैसक्यो | मसंघ अरु केहि उपाय नि छैन | तिमी त मौन छौ | सायद तिमीले त अब मलाई बिर्सी नि सक्यो होला | मेरो प्रश्नहरु को उतर दिने जरुरि नि ठान्दैनौ होला | तर म अझै तिमीलाई सम्झने गर्छु | म तिमीसंग रिसाएको नि छैन | केवल एक चोटी तिमीसंग बोल्न चाहन्छु | एक चोटी तिमीलाई भेट्न चाहन्छु |
चिया र चुरोट को भरमा म कति बाचू | अतितको सुनौला पाना हरु कति पल्ताहू | म अधुरो नै छु र यो जीवन अर्थहीन नै छ | सायद मैले मेरो लागि न भएनी अरु कसै को लागि भए नि यो जीवन को अर्थ रहोस | कसैलाई खुसि राख्न सकोश | आमा बुबाको नि सपना को कुरा आयो | मेरो सुन्ने चै कोही छैन | सबै आफ्नो कुरा र तर्क अघिराख छन् |मलाई विश्वाश छ तिमी भएको भए मेरो कुरा अवस्य पनि सुन थियो होला |
भोलि म केटी हेर्न जादै छु | आफ्नै जातको नेवार हो रे | आमाको इच्छा अनुसार राम्रो खानदान को रे | तर साची मलाई निकै अनौठो लागिराको छ | मनमा न कुनै प्रकार को खुसि छ न कुनै संक्कोच | मैले त केवल आफ्नो जीमेवारी पुरा गर्नलाको हु | हुन त हेर भनेर मलाई फोटो पनि पठाको हो तर मैले वास्ता गरिन | फोनमा चै अलि कुरा गरेको हो तर सायद भोलि भेटेर कुरा गर्दा केहि फरक होला |म कोशिश गर्छु उन माथि मैले कुनै नाइन्साफी नहोश भनेर | म कसैलाई तराजुमा राखेर तौलन चाहान्न | यदी उनि म प्रति इमान्दार भएर प्रस्तुत हुन्छ भने मलाई त्यही नै काफी छ |म बतीस वर्ष को उमेरमा कसैलाई भेट्न जादै छु | अहिले सोच्दा हासो लाग्छ | सोह्र वर्षमा गर्ने काम अब यो उमेर मा पनि गर्नु पर्यो | म भोलि तिमीलाई मन पर्ने गुलाबी रंघको शर्त लगाएर जान्छु | सायद हरेक चोटी जस्तै यशपाली पनि म सफल हुने छु |
तिम्रो वासुदेव