Posted by: nepcha1 August 8, 2012
साले पाखेहरु कति बन्द गरिराको जा आफ्नै गाउ गएर बन्द गर
Login in to Rate this Post:     0       ?        
 http://nagariknews.com/society/nation/44396-2012-08-07-04-54-16.html

ढाका उद्योग तोडफोड पछि तानसेनमा तनाव

टेकनारायण भट्टराई, पाल्पा, साउन २३ - नेकपा एमाले सम्बद्ध युवा संघका कार्यकर्ताले तानसेन स्थित बागमती ढाका उद्योगमा तोडफोड गरेका छन्। मंगलबार बिहान बन्द गराउँदै हिडेका कार्यकर्ताले बाहिरबाट बन्द गरिएको उद्योगमा छिरेर ढाका बुन्ने तानहरु फुटाइदिएका प्रहरीले जनाएको छ। तानको धागोलाई ब्लेडले काटेर चुटाइदिएका उद्योग संचालक सन्तोष श्रेष्ठले बताए।
उद्योग तोडफोडको विरोधमा स्थानीय प्रतिकारमा उत्रेपछि झडप भएको थियो। झडपमा दुईजना बन्दकर्ता सामान्य घाइते भएका छन्। उद्योग रहेको वडिगान टोल क्षेत्रका स्थानीय जुटेर बन्दकर्ता रहेको आन्दोलन चोकमा पुगेर तोडफोडमा संलग्न कार्यकर्तालाई कुटपिट गरेका प्रहरीले जनाएको छ। युवा संघका जिल्ला अध्यक्ष विनोद देवकोटाले बन्दमा उद्योग संचालन गरेकोले तोडफोड गरिएको बताए। उनले उद्योग चलाउनु र तोडफोड गर्नु दुवै गलत भएको बताए
Read Full Discussion Thread for this article