Posted by: bittertruth August 1, 2012
VOTE | SHRISTI SHRESTHA | VOTE
Login in to Rate this Post:     0       ?        
१५ लाख फेसबुक प्रयोगकर्ता किन चुपचाप ?
Vote For Miss Nepal Miss World - Nepal

अब मात्र १८ दिन बाँकी छ मिस वर्ल्डको नतिजा आउनको लागि । त्यसको लागि १२० देशका प्रतियोगिहरु सहभागी भएका छन् । सन् १९५१ देखि सुरु भएको मिस वर्ल्डको यो ६२ औं संस्कर
ण हो । यसमा नेपालको प्रतिनिधी भएर गएकी मिस नेपाल २०११ बिजेता सृष्टि श्रेष्ठले मिस वर्ल्ड-२०१२ को मल्टिमिडिया अवार्ड हात पार्ने सम्भावना बढी छ ।

के हो मल्टिमिडिया अवार्ड ?
मिस वर्ल्डमा सहभागि भए मध्धे ४७ जना प्रतियोगीहरुलाई आफ्ना तस्विर भिडियो र स्टाटसहरु सामाजिक सञ्जालमा अपडेट गर्न दिइएको छ । यसबाट उनिहरु प्रत्यक्ष रुपमा आफ्ना फ्यानहरुसँग कुराकानी गर्न सक्छन् । फ्यानहरुको संख्या र सामाजिक सञ्जालमा फ्यानहरुको सक्रियताको आधारमा उनिहरुको भोटिङ हुन्छ । जसले बढि भोट प्राप्त गर्दछ उसले नै यो अवार्ड पाउँदछ ।

यो ब्लग पोस्ट लेखिरहँदा मल्टिमिडिया अवार्डको लागि अग्रस्थानमा थाइलैन्डकी भानेसा फुयाङ ले फेसबुकमा १ लाख १७ हजार र ट्विटरमा १६ हजार १ सय ११ फ्यानहरु बनाउन सफल भएकी छिन् भने । उनकै निकटम प्रतिद्धन्द्धि नेपालकी सृष्टि श्रेष्ठ को फेसबुकमा ९८ हजार ५ सय र ट्विटरमा १ हजार ३ सय ६९ फ्यानहरु रहेका छन् । त्यस्तै गरी तेस्रो वरियाताक्रममा रहेकी चिलीका क्यामिलाको फेसबुकमा ४२,२१५ र ट्विटरमा ६ हजार ४ सय फ्यानहरु बनेका छन् ।

थाइलैन्ड, नेपाल र चिलीको तुलना ।
अहिलेसम्म्को आँकडालाई केलाउने हो भने मल्टिमिडिया अवार्डको लागि थाईलेन्ड, नेपाल र चिली क्रमस प्रथम, द्धितिय र तृतिय स्थानमा रहका छन् ।
तलको तालिका हेर्नुहोस् । यो तालिका सामाजिक सञ्जालको बारेमा जानकारी राख्ने साईट सोसियल बेकर्सबाट राखिएको हो । यहाँ चिलिको फेसबुक प्रयोगकर्ताको संख्या त्यहाँको जनसंख्या भन्दा बढी देखाइएको छ ।

कुरा गरौ नेपालको नै १६ लाख फेसबुक प्रयोगकर्तामध्धे मात्र १ लाखले मात्र सृष्टि श्रेष्ठलाई भोट दिएका छन् । १६ लाख मध्धे कति सक्रिय छन् त्यो आँकडा पाउन मुस्किल नै पर्छ । तर थाइलैन्ड जनताहरुले आफ्नो देशकी प्रतियोगीको पोल्टामा मल्टिमिडिया अवार्ड पार्नको लागि अभियान नै गरे भने हामी नेपालीहरुको केही पनि लाग्दैन । किनभने त्यहाँका फेसबुक प्रयोगकर्ताहरु नेपालीहरु भन्दा ५ गुणाले बढी छन् । अर्को कुरा पनि के याद गर्नुपर्ने हुन्छ भने फ्यान हुनुमात्रै ठूलो कुरा होईन फ्यानहरु कत्तिको सक्रिय छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

अहिले नेपालीहरुको लागि एउटा ठूलो मौका आएको यस्तो मौका बाराम्बार दोहोरिएर नआउन सक्दछ । हामीले दिएको १ भोटले गर्दा सृष्टि श्रेष्ठले मल्टिमिडिया अवार्ड प्राप्त गर्न सक्छिन् भने किन नदिने । आखिर सृष्टिले मल्टिमिडिया अवार्ड पाउनु भनेको हामी नेपालीहरुको लागी गर्वको कुरा हो । तपाई कतै १५ लाख फेसबुक प्रयोगकर्ताहरुमध्धे पर्नुभएको त छैन । त्यसो भए दिनुहोस् १ भोट यहाँबाट उनलाई भोट दिन सकिन्छ ।
GUYS, lets UNITE & be a proud part of this cause.
Read Full Discussion Thread for this article