Posted by: _____ August 1, 2012
The "Dil" Fund
Login in to Rate this Post:     0       ?        
 

दिलशोभाको ‘आमाघर’ सहयोगार्थ यूएईमा विशेष कार्यक्रम

 

 

अबुधाबी । आफ्नै घरमा करिव ५० भन्दा वढि बृद्धा तथा द्धन्दकालमा अभिभावक गुमाएका बालबालिकाहरुको सेवा गर्दै आएकी काठमाण्डौ रविभवनकी दिलशोभा श्रेष्ठले निर्माण गर्न लागेको आमाघरको सहयोगार्थ यूएईमा तीज साँस्कृतिक कार्यक्रम हुने भएको छ । नेपाली हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तीजको उपलक्ष्यमा नेपाली कल्याणकारी समितिले आउँदो १४ सेप्टेम्वरमा ‘आमाघर दिलशोभा श्रेष्ठ) सहयोग तिज साँस्कृतिक कार्यक्रम’को आयोजना गरेको हो । कार्यक्रम वर दुवईको ईम्पेरीयल स्विट होटलमा हुने समितिकी अध्यक्ष ममता विष्टले जानकारी दिनुभयो ।

हरेक वर्ष नेपाली कल्याणकारी समितिले हरीतालिका तिज कार्यक्रम आयोजना गर्दै आएको समितिले यसवर्ष आमा घर निर्माणका लागि सहयोगार्थ गर्न लागेको हो । आयोजका अनुसार कार्यक्रमवाट संकलन हुने नाफाको सम्पुर्ण रकम आमा घर (दिलशोभा श्रेष्ठ) द्धारा संचालित वृद्धा र बालबालिका आश्रमलाई प्रदान गरिने छ । युएईमा रहेका स्थानिय कलाकारहरुको वेजोड प्रस्तुतिका साथ कार्यक्रम आयोजना गरिएको अध्यक्ष विष्टले वताउनुभयो । कार्यक्रममा स्नाथीय कलाकारहरु रेखा घिमीरे, सम्झना लामिछाने, उमेश राई, आशिष पुरुष लगायत अन्य कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

नेपालको समाजिक कार्यमा आर्थिक सहयोग गर्ने पवित्र उदेश्यका साथ आयोजना गर्न लागिएको कार्यक्रममा उपस्थित भई वढि भन्दा वढि आर्थिक सहयोग गर्न आयोजकले सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेको छ ।

Read Full Discussion Thread for this article