Posted by: _____ August 1, 2012
पौडिबाज श्रेयाको नयाँ राष्ट्रिय किर्तिमान
Login in to Rate this Post:     0       ?        
 

पौडिबाज श्रेयाको नयाँ राष्ट्रिय किर्तिमान

 

१७ साउन, काठमाडौं । नेपाली पौडिबाज श्रेया धितालले सय मिटर फ्रि स्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

लण्डन ओलम्पिकको हिट चरणबाटै बाहिरिएकी श्रेयाले निर्धारित दुरी पार गर्दै १ मिनेट १०:८० सेकेण्डमा पुरा गर्दै आफ्नै कीर्तिमान भंग गरेकी हुन् ।

उनले चीनको साङ्गघाईमा आयोजित १४औं फिना वल्र्ड च्याम्पियनसिप- २०११ मा उक्त दूरी १ मिनट १०:८२ सेकेन्डमा पुरा गर्दै लुना प्रधानको नाममा रहेको राष्ट्रिय किर्तिमान भंग गरेकी थिईन् ।

राष्ट्रिय किर्तिमान कायम गरेता पनि उनी ४८ जना खेलाडीमध्ये ४७ स्थानमा रहंदै हिट चरणबाट नै बाहिरिन् ।

खेल अघि उनले ओलिम्पिक्समा आफ्नो प्रतिस्पर्धा आफै संग मात्र हुने बताएकी थिइन् । सांघाईमा भएको प्रतियोगितामा १५० स्थान भित्र पर्न सफल भएकोले नै श्रेया लन्डन ओलम्पिकको लागि छानिएकी हुन् ।

नेपालको पांच प्रतिस्पर्धी सहभागी यसपालिको ओलिम्पिक्समा अब पौडीका प्रसिद्धजंग शाह, १०० मिटर दौडमा पुरुष तर्फ तिलकराम थारु र महिला तर्फ प्रमिला रिजालले खेल्न बांकी छ । शुटींगकी स्नेहा राणाको खेल गत शनिबार नै समाप्त भैसकेको छ।

http://onlinekhabar.com/2012/08/187057.html

Read Full Discussion Thread for this article