Posted by: Gangajal July 24, 2012
बढ्यो विचलन, श्रीमान्ले आफ्नै अघि अर्को पुरुषसँग सम्बन्ध राख्न प्रेरित
Login in to Rate this Post:     0       ?        

बढ्यो विचलन

विदुर खतिवडा

 

विशेष सहयोग जे पान्डे

श्रीमान्ले आफ्नै अघि अर्को पुरुषसँग सम्बन्ध राख्न प्रेरित गर्दा श्रीमती चित मात्र खाइनन्, यो कुरा सपना हो कि विपना नै हो भनेर आफैंलाई चिमोट्नुपर्‍यो। 'भिडियो हेरेकी छैनस् ? ३-४ जनाले एकै साथ एउटै केटीसित सम्बन्ध राखेको ?' श्रीमान्ले यो वाक्य नै थपेपछि श्रीमती  अवाक भइन्। उक्त घटना आफैंमा अपत्यारिलो थियो। ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतहरू पनि यस्तो उजुरी देखेर छक्क परे।  श्रीमतीले आफ्नो रक्षक जीवनसाथी भनेको श्रीमान्बाटै सुरक्षित नहुने देखेपछि प्रहरीको ढोका ढकढकाएकी थिइन्। जिल्ला प्रहरी कार्यालय  ललितपुर प्रहरी नायब उपरीक्षक राजेन्द्र भट्टले भने- 'उजुरीका लागि आएकी महिलाको त्यस्तो कुरा सुनेर आफैंलाई लाज लाग्यो।'

आफ्नो श्रीमान् र परिवार नै बिर्सिएर परपुरुषसँग सम्बन्ध राख्न छुट्टै कोठा लिएको अर्को त्यस्तै किसिमको घटनाको उजुरी पनि परेको छ।  यौन तृष्णा मेट्न श्रीमतीले कोठा लिएको थाहा पाएर बुझ्न हिँडेका श्रीमान्ले श्रीमती रासलिलामा लिप्त भएको देखेपछि आफू पत्नीपिडित  भएको थाहा पाए। श्रीमती अरूसँगको सम्बन्धमै रमाउने देखेपछि त्यो पीडामा सम्बन्ध विच्छेदको माग गर्दै उजुरी गर्न उनी प्रहरीकहाँ पुगे।  प्रहरीले परस्त्रीसँग सम्बन्ध राख्ने युवालाई हिरासतमा लिए पनि महिलालाई लोग्नेको जिम्मा लगाएर पठायो। उक्त घटनाका पीडित पति-पत्नी  अहिले सँगै बस्न थालेका छन्। उनीहरूले उक्त घटनालाई सामान्य मानेर जीवन चलाए पनि भाडामा कोठा लिएर अन्य केटासित शारीरिक  सम्बन्ध राख्ने बुहारीले आफ्नो परिवारको इज्जत फालेको भन्दै ससुरा चिन्तित छन्।




यी दुई घटना हाम्रै समाजका हुन्। श्रीमान्ले श्रीमतीलाई आफ्नै अघि परपुरुषसँग सम्बन्ध राख्न गरेको सेक्सुअल ह्यारेसमेन्ट होस वा  श्रीमतीले श्रीमान्लाई छलेर नाठो खेलाउने प्रवृत्ति होस्, उनीहरूले सामाजिक यौन विचलनको पराकाष्ठा नाघेका छन्। एउटा घटनामा  पतिपिडित श्रीमती र अर्कोमा पत्नीपीडित श्रीमान् छन्। पतिपीडित श्रीमतीले त केही हदसम्म न्याय पाउँछिन् तर पत्नीपिडित श्रीमान्का लागि  नेपाली कानुन नै मौन छ।

पत्नीले परपुरुषसित यौनसम्बन्ध राखेका घटनाहरू सुनिँदै आएका हुन्, तर श्रीमान‌्ले श्रीमतीलाई आफ्नै अघि अन्य पुरुषसित शारीरिक  सम्पर्क राख्न आदेश दिएको कुरा सुन्दा पत्यार नलाग्न सक्छ। यद्यपि यस्ता घटना बढ्न थालेका छन् जुन परम्परागत नेपाली समाजको  कल्पनाभन्दा बाहिर छ। सुन्दै लाज लाग्ने यस्ता घटनाले यौनप्रति अनुदार समाजमा खुला यौन सम्बन्ध राख्न चाहनेहरूको जमात बढ्न थाले को संकेत पनि मिल्छ।

जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी नायव उपरीक्षक राजेन्द्र भट्टले श्रीमान‌्ले श्रीमतीलाई साथीहरूसित आफ्नै अघि यौनसम्बन्ध राख्न  दबाब दिएपछि उजुरी लिएर आएकी महिलाको भनाइ उद्धृत गर्दै भने, 'महिलाको त्यस्तो कुरा सुन्दै लाज लाग्यो।' सधैं राति मदिरा सेवन गरेर,  घरमै साथीहरू ल्याई मातेपछि श्रीमतीलाई खुल्ला रूपमा सबैसँग शारीरिक सम्बन्ध राख्न बाध्य पारेपछि ललितपुर इमाडोलकी ती पीडित  श्रीमतीले प्रहरी गुहारेकी थिइन्।

कुनै श्रीमान‌्ले परपुरुषसित हाँसेर बोलेको देख्दा शंका गर्ने र सहन नसक्ने समाजमा ती व्यक्तिले आफ्नै अघि श्रीमतीलाई साथीहरूसित सुत्न  दबाब दिएपछि पीडित महिला प्रहरीमा आएकी थिइन्। नेपालमा यस्तो किसिमको घटना सम्भवतः पहिलो हो। 'कुरै सुन्दा हाँसो लाग्यो,' प्रहरी  नायब उपरीक्षक भट्टले भने, 'हाँस्न पनि नमिल्ने कस्तो अफ्ठेरो समस्या ?' प्रहरीले पत्नीलाई इच्छाविपरीत परपुरुषसित बसेर मस्ती गर्न  दबाब दिने र कुटपिट गर्ने ती पतिलाई सार्वजनिक अपराध ऐनअन्तर्गत थुनामा राखेर कारबाही चलायो।

उक्त समस्या किनारा नलाग्दै छुट्टै कोठा भाडा लिएर अन्य युवाहरूसित यौन तृष्णा मेटाउँदै आएकी पत्नीपीडित पति पनि प्रहरीको सहयोग  माग्न पुगे। प्रहरीले परस्त्रीसँग यौनसम्बन्ध राख्ने महिलालाई लोग्नेको जिम्मा लगाएर पठायो। प्रहरीको उक्त निर्णयले परिवार तनावमा पर्‍यो। ' मेरा छोरीहरू पनि तरुनी थिए तर कहिल्यै यस्तो आपद सिर्जना गरेनन्,' प्रहरी कार्यालय अघि आफ्ना पालामा हुने र अहिले खुला रूपमा दे खिने यौन विकृतिको विश्लेषण गर्दै ती महिलाका वृद्ध ससुराले भने, 'कस्तो जमाना आयो घरमा लोग्ने हुँदाहुँदै केटा खेलाएर छुट्टै बस्ने ?'  कलंकी बस्दै आएकी ती युवतीले ललितपुरका एक नृत्य कलाकारसँग प्रेम विवाह गरेकी थिइन्। उनी एउटी छोरीकी आमा पनि हुन्। आधुनिक  बन्ने नाममा उनी एक्ला-एक्लै र सामूहिक सेक्सप्रति आकषिर्त भएकी हुन्। उनीहरू अब आपसी सल्लाहअनुसार कानुनी रूपमा पारपाचुकेको  तयारीमा छन्।

यता राष्ट्रिय महिला आयोगमा पनि थरी-थरीका यौन विकृतिसम्बन्धी उजुरीको ओइरो लाग्ने गरेको छ। मंसिरदेखि फागुनसम्ममा यौन हिंसाका  सातवटा उजुरी परेका छन्। यौन हिंसाका ती घटना पनि सुन्नै मन नलाग्ने अजिव प्रकृतीका छन्। दुई वर्षकी बालिका माथि आफ्नै बाबुबाट  यौन दुव्र्यवहार भएको घटना पनि महिला आयोगमा उजुरी परेको छ।

त्यसबाहेक विभिन्न स्थानमा कामगर्ने यौन पीडित महिलाहरूले उजुरी हालेका छन्। कलेजका विद्यार्थी आफ्नै शिक्षकबाट परीक्षा कोठामा यौन  शोषणमा परेका मुद्दा पनि छ। यस्तो घटनामा संलग्न भएको आरोप लागेका काठमाडौंकै एउटा कलेजका २ जना शिक्षक निलम्बित छन्। टे लिभिजनमा कार्यरत कर्मचारी, महिला प्रहरी तथा थुनुवा बन्दीसमेत यौन विकृतिको सिकार भएका छन्, तर कानुनको अभावमा मुलुकी ऐन  आशयकरणीअन्तर्गत मुद्दा सिफारिस गर्दा सजाय कम हुने भएकाले विकृति र हिंसा नियन्त्रणमा कठिनाइ भएको आयोगकी सदस्य मोहना  इराकी (अन्सारी) बताउँछिन्। अन्सारी भन्छिन्- 'कानुनकै अभावका कारण पीडकले पीडितलाई धम्क्याउनेसमेत गरेको पाइन्छ।'

राजधानी र ठूला सहरसँगै सहरोन्मुख स्थानमा पनि सामूहिक सेक्सजस्ता विकृति देखिन थालेका छन्। आयोगकी सदस्य अन्सारी भन्छिन्-  'सुर्खेत उपत्यकामा नीलो चलत्रित्रको शैलीमा भएको यौन सम्बन्धबाट पीडित महिलाहरू पनि फेला परेका छन्।' धरानमा पनि निलो  चलचित्रको सिकार भएका घटना यसअघि नै प्रहरीसम्म पुगिसकेको थियो। आयोगकै अनुसार एक महिलाले लोग्नेसँग नीलो चलचित्रमा झैं  शारीरिक सम्बन्ध राख्न नसकेपछि बाध्य भएर आत्महत्या गर्नुपरेको थियो।

खुला समाजको नाममा सामाजिक विचलनका रूपमा यौन व्यवहारका यस्ता थुप्रै घटना सार्वजनिक हुन थालेका छन्। अपराध अनुसन्धान  महाशाखामा काम गरिसकेका पूर्वएआईजी केशव बरालका अनुसार उपभोक्ताबादी सोचले यौन विचलनलाई बढावा दिएको हो। 'सबै कुरालाई  वस्तुमा हेर्ने र विनिमयको सिद्धान्तअनुसार व्यवहार गर्ने संस्कृति मौलाएको छ।'

नेपाली समाजमा पछिल्ला दिनमा छाडा विषय र यौन विकृत मनोविज्ञानमा आधारित चलचित्र बन्न थालेको कुरामा पनि जानकारहरूले चासो  दिइरहेका छन्। कतिपय अवस्थामा ती चलचित्र पनि हाम्रो समाजका निम्ती घातक हुनसक्छन्, किनभने यहाँ सेक्स एजुकेसन छैन।

यौन मनोविज्ञानको विश्लेषण गर्दै परामर्शदातृ गंगा पाठक भन्छिन्- 'यौन विचलनलाई सेक्सुअल डिजिज भन्न सकिन्छ। यो यस्तो मनोविज्ञान  हो, जसमा व्यक्ति अप्राकृतिक शैलीको यौन व्यवहार खोज्छ। यस्तो यौन अभ्यासमा पात्रले पीडा महसुस गरेर आनन्दको खोजी गर्छ।' पाठकका  अनुसार समाज, परम्परा, रीतिरिवाज, नातासम्बन्ध सबै बिर्सिएर मानिस जब यौनमै मात्र केन्द्रित हुन्छ, त्यसपछि ऊ विचलनको बाटोमा  जान्छ।

अपराधशास्त्री माधव आचार्यका अनुसार आज 'समाज खुलातन्त्रको नाममा नियन्त्रणभन्दा बाहिर पुगेको छ। अग्रगमनका नाममा यस्ता  गतिविधिमा हामी अगाडी बढिरहेका छौं, जसले हाम्रो मूल्य मान्यतामा ठूलो धक्का पुगेको छ। अनुशासित सभ्य समाज आज चरम यौन विकृतितर्फ लागेको छ। संस्कृत शिक्षालाई निरन्तरता नदिइएको परिणाम पनि हो यो। किशोर-किशोरीहरू घर-घरमा नीलो चलचित्र हेर्न थालेका  छन्।' आचार्य भन्छन्- 'सेक्स रिलेटेड कन्टेन्ट घरमै बसेर पढ्छन्, यसले उत्तेजना ल्याउने र मानिसलाई विकृत बनाउने कार्य गर्ने बाहेक केही  गर्दैन्। सेक्स साधारण कुरा हो, आवश्यक अवस्थामा प्रयोग गर्ने र त्यसलाई सकारात्मक सोचले मात्र उपयोग गर्ने शिक्षा दिनु आवश्यक छ।'

राष्ट्रिय महिला आयोगले उपलब्ध गराएको तथ्याकंका आधारमा हेर्ने हो भने गत साउनदेखि फागुनसम्ममा ७५ वटा यौनजन्य हिंसाका उजुरी  परेका छन्। यसवाहेक छुट्टै ३९ वटा बलात्कारका घटना छन् भने १० वटा सामूहिक बलात्कारका उजुरी छन्। त्यसअतिरिक्त यौन दुव्यर् व्यवहारका १७ वटा घटना, बलात्कार उद्योगका ९ वटा घटना सार्वजनिक भएका छन्। वैदेशिक रोजगार तथा घरेलु हिंसाका क्षेत्रमा पनि यौन  दुव्र्यव्यहार, बलात्कार, हिंसा, हत्या एवं आत्महत्याका घटना थुप्रै भएको महिला आयोगले जनाएको छ।

यौनविचलनकै कारण प्रहरीकै उच्च ओहोदामा बसेकाहरू पनि अपराधको बाटो समाउन पुगेका घटना पनि यसबीच सार्वजनिक भए। डीआई जी रन्जन कोइरालाले श्रीमती गीता ढकालको हत्या गर्नुमा आर्थिक पक्ष मुख्य कारण देखाइए पनि भित्री रूपमा यौन विचलनको समस्या त्यहाँ  पनि देखियो। त्यसलगत्तै अपराध अनुसन्धानमा कार्यरत एक कर्मचारीले आफ्नी श्रीमतीको हत्या गरेर प्रहरीमा आत्मसमर्पण गरे। पूर्वएआईजी  केशव बरालका अनुसार श्रीमान् श्रीमतीबीच हुने झगडामा ८० प्रतिशत कारण यौनसँग सम्बन्धित देखिनुले पनि यौन विचलनको समस्या  गहिरै छ भन्ने प्रष्ट हुन्छ। बरालले भने-'समस्या सर्वसाधारणमा मात्र होइन प्रहरीमा समेत देखिनुले यसलाई पुष्टि गर्छ।'



लिंग नचिनिँदा मुस्लिम र हिन्दूद्वारा दाहसंस्कार

विराटनगर- मृतकको लिंगले अलमलमा पारेपछि एक व्यक्तिको मुस्लिम र हिन्दू संस्कारअनुसार दुई पटक दाहसंस्कार गर्नुपरेको छ। सीमावर्ती  भारतको जोगबनीमा मृत अवस्थामा भेटिएका एक नेपाली युवकको लासलाई मुस्लिम र हिन्दू धर्म-संस्कारअनुसार दुई पटक दाहसंस्कार  गरिएको हो। त्यहाँका मुस्लिम धर्मालम्बीले  कब्रस्तानमा दफनाएपछि उनको हिन्दू धर्म-संस्कारअनुसार पुनः दाहसंस्कार गरिएको थियो।

विराटनगरका एक युवकको लास मुस्लिमजस्तो लागेर भारतीय प्रहरीले मुस्लिम समुदायलाई दाहसंस्कार गर्न दिएको थियो। लासको सनाखत  भएपछि मृतकका बाबुले हिन्दू रीतिअनुसार पुनः सदगद गरेर विधि पूरा गरे। गएको शुक्रबार जोगबनी मिरगन्जस्थित रेल्वे लाइनमा भेटिएको  लासलाई शनिबार त्यहाँका मुस्लिम समुदायले दाह संस्कार गरेका थिए। बेवारिसे लासको सनाखत नभएपछि उनको लिंग हेरेर मुस्लिम  समुदायलाई अन्तिम संस्कारका लागि जिम्मा दिइएको जोगवनी प्रहरीले बताएको छ।

असार २८ गते घरबाट हराएका विराटनगर-१७ थलाहा मार्गका १८ वर्षीय राजु भन्ने राजेन्द्र पासवानको लास जोगवनीस्थित रेलवे मा २९  गते फेला परेको थियो। बिहानै लास फेला परे पनि बिहार पुलिस र रेलवे पुलिस कसले उठाउने भन्ने हानाथापमा आठ घण्टापछि मात्र लास  उठाइएको थियो। रेलको लिगभित्र     नभएकाले लास उठाउन जोगवनी थाना बाध्य भएको थियो। 'युवकको लिंगको छाला नभएकाले मुस्लिमजस्तो  लागेर भारतीय प्रहरीले मुस्लिम समुदायलाई जिम्मा दिएको थियो,' इलाका प्रहरी कार्यालय रानीका निरीक्षक कवीन्द्र कार्कीले भने- 'गाडेको  लासमा उनका बाबुले पुनः हिन्दू परम्पराअनुसार अन्तिम संस्कार पूरा गरे।'

कार्कीका अनुसार, शनिबार गाडिएको लासमा मृतकका बाबुले आइतबार गएर हिन्दू संस्कारको विधि पूरा गरेका हुन्। पासवानको कपडा र  लासको तस्बिर हेरेर उनका बाबु शनिश्चर पासवानले छोराको सनाखत गरी दाहसंस्कारको विधि पूरा गरेको प्रहरीको भनाइ छ। राजु हराएको  दुई दिनपछि उनका बाबुले इप्रका रानीमा खोजतलासको निवेदन दिन गएपछि भारततर्फ बेवारिसे लासको दाहसंस्कार भएको खबर पाएका  थिए। मृतकका बाबुलाई नेपाल प्रहरीले जोगवनी थाना पुर्‍याएपछि लासको फोटो र कपडा हेरेर पहिचान गरिएको थियो।

शनिश्चरले छोराको मुस्लिम विधिअनुसार सद्गद भएको थाहा पाएपछि गाडेकै ठाउँमा गएर हिन्दू विधि पूरा गरे। राजुको लिंगमा छाला  नभएको विषयमा प्रहरीले सोध्दा शनिश्चरले सानैदेखि उनको लिंगको अगाडिको भागमा छाला नभएको बताएका थिए। राजुलाई कसैले मारेर  फालेको हुन सक्ने बताइन्छ। लासको टाउको र अनुहारमा चोट देखिएकाले कसैले मारेर फालेको हुन सक्ने आशंका प्रहरीको पनि छ।

राजुसँगै घरबाट हिँडेका उनका साथी तथा छिमेकी श्रवण महतो भने एक्लै घर फर्किएकाले  उनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको  छ। भारतीय प्रहरीले पासवानको लास नजिकै भारत फारबिसगन्ज-१८ दत्ता टोलका मोहमद रहमद अलीको मोबाइल फोन पनि फेला पारेको  थियो। उनलाई भने प्रहरीले पक्राउ गरेको छैन। राजुको मृत्युको विषयमा भारत फारबिसगञ्जका डीएसपी आफैंले अनुसन्धान गरिरहेका छन्।  पोस्टमार्टम रिपोर्ट आएपछि मृत्यु वा हत्या भन्ने खुल्न सक्ने प्रहरी निरीक्षक कार्कीले बताए।

कमल रिमाल



डा गंगा पाठक

मनोवैज्ञानिक परामर्शदाता

एक जना युवा उमेरका व्यक्ति पटक पटक फोन गरेर मसँग परामर्शका लागि समय मागिरहेका थिए। उपलब्ध समयअनुसार उनी पालो पर्खेर  रिसेप्सन क्षेत्रमा बसिरहेका रहेछन्। रिसेप्सनेसिष्ट बहिनीसँग गफिदै बसेका उनी केही समयपछि आक्रामक भावभंगीमा बनाउँदै अत्तालिएर  बाहिर दौडेछन्। एकछिन अघिसम्म केही नभएको व्यक्ति आफूलाई नराम्रो नजरले हेर्दै अचानक आक्रामक भएको देखेर रिसेप्सनिष्ट पनि  अत्तालिएर मैले काउन्सिलिङ गरिरहेको कोठाको ढोका ढकढकाउन पुगिन्। काउन्सिलिङ गरिरहेका बेला ढोका नखोल्ने भएकाले रिसेप्सनिष्ट  बहिनी एकदमै अत्तालिएकी थिइन्। धेरै पटक ढोका ढकढकाएपछि उनको समस्या सुने र मैले भनें, सहज ढंगमा आफैं बाहिरिसकेको भए किन  अत्तालिएको ? मैले काउन्सिलिङ गरिरहेको व्यक्ति बाहिरिने क्रममा ती व्यक्ति अत्तालिदै जबर्जस्ती आफैं भित्रछिरे। उनको हाउभाउ देखेर म  आफैं डराए, ती व्यक्ति छिर्दा मैले ढोका बन्द गर्ने आँट पनि गरिन्। उनले त्यसपछि समस्या सुनाउन थाले, उनको समस्या यस्तो थियो- 'कुनै  युवती वा राम्रा महिला देख्ने बित्तिकै केही समयभित्रै मलाई यस्तो यौन उत्तेजना आउँछ कि म आफूलाई नियन्त्रणमा राख्न सक्दिनँ। भर्खरै  रिसेप्सनिष्ट बहिनीसँग केहीबेर कुरा गर्ने बित्तिकै उत्तेजनामा आएर आफूलाई नियन्त्रणमा राख्न नसक्ने भएपछि म उनीबाट टाढा हुन  हतारिएर बाहिरिए। यौन उत्तेजना तीव्र भएपछि म युवतीसँग यौनसम्बन्धका लागि आग्रह गर्छु, त्यसका लागि खुट्टा समाएर अनुरोध गर्छु।  त्यसक्रममा महिलाहरू रिसाउनु स्वाभाविक हो, अनि उनीहरूले मलाई पिट्छन्। त्यो पिटाइले मात्र मेरो यौन उत्तेजना शान्त हुन्छ, अनि मलाई  आनन्द हुन्छ। यस्ता घटना बस यात्रादेखि सभा समारोह, मिटिङ हलदेखि यात्राका क्रममा ठमेल, न्युरोडजस्ता बजार क्षेत्रमा पनि घटिसकेका  छन्।' महिला देख्ने बित्तिकै यौनसम्पर्कको चाहना तीव्र भएर उनीहरूसमक्ष भावना पोख्ने र उनीहरूबाट कुटाइ खाएर यौन कुन्ठा शान्त पार्ने  यस्तो प्रवृत्तिलाई स्याडिज्म भनिन्छ। विकृत सम्भोगका लागि क्रुर व्यवहार गर्ने आफैंलाई पनि पीडा दिने समस्या हो यो। उनको समस्या  परामर्शबाट समाधान नहुने भएर सेक्सोलोजिष्टकोमा जान सल्लाह दिएका थिए।

यस्तै एकपटक एक महिला पूर्ण रुपमै डिस्प्रेस्ड भएर मनोवैज्ञानिक परामर्श खोज्दै आएकि थिइन्। महिलाका श्रीमान्ले दुईजना महिलासँग एकै  साथ यौन सम्बन्ध राख्ने चाहना राखेर श्रीमतीकै साथीलाई ल्याएर राति आफ्नै बेडमा सुताएपछि श्रीमती डिप्रेसनमा गइन्। श्रीमान्ले आफ्नै  साथीसँग आफ्नै अघि यौनसम्बन्ध राखेको र त्यो दृश्य श्रीमान्ले आफूलाई देखाउन चाहेको कुराले महिलालाई वास्तवमै मानसिक पीडा  दिएको थियो।

नेपालमा यौन विचलनको समस्या बढ्दो छ भन्ने कुरा यी दुई घटनाले दर्साउँछन्। यौन विचलनलाई सेक्सुअल डिजिज भन्न सकिन्छ। यो यस्तो  मनोविज्ञान हो, जसमा व्यक्ति अप्राकृतिक शैलीको यौन व्यवहार खोज्छ। एउटा व्यक्तिको चाहनाले अर्को व्यक्तिले पनि पिडा सहन गर्नुपर्ने हुन्छ।  अनैतिक भएपनि यौन विचलनले उक्त कुराप्रति वास्ता गर्दैन। समाज, परम्परा, रीतिरिवाज, नातासम्बन्ध सबै बिर्सिएर मानिस जब यौनमै मात्र  केन्द्रित हुन्छ, अनि उ विचलनको बाटोमा जान्छ जुन पछिल्ला दिनमा नेपाली समाजमा बढ्दो क्रममा छ। नीलो चलचित्रलगायत उच्छृखंल  क्रियाकलाप प्रदर्शन गर्ने मिडियाको प्रभावले यसलाई थप मलजल प्रदान गरिरहेका छन्।

यौन मनोविज्ञानअनुसार सेक्सलाई अनावश्यक महत्त्व दिएर सोचिरहँदा त्यसले खराब बाटो नभनी त्यसतर्फ नै उद्दत गराउँछ। नेपाली परिवे शमा खासगरी पुरुष यौन मनोविज्ञान महिलाको तुलनामा बढी देखिनुमा पुरुष बढी स्वतन्त्र भएकाले पनि हो। म चाहेको कुरा गर्न सक्छु भन्ने  भावना पुरुष प्रधान समाजको देन हो।

मानिसमा यौन विचलन देखिनुका दुई तीनवटा कारण हुन्छन्। यदि केटाकेटी उमेरमा यौन सम्बन्ध राखिरहेको देखेको छ भने उसले त्यो  विषयमा आफ्नै किसिमको धारणा बनाएको हुन्छ। पटक-पटक त्यही कुरा अर्थात् यौनसम्र्पकको दृश्य मस्तिष्कमा आउँदा ऊ त्यसको खोजीमा  तल्लिन रहन्छ अनि किशोर अवस्था हुदै युवा उमेरमा आइपुग्दा उसले धेरै अगाडी मस्तिष्कमा सेट गरेको त्यही यौन व्यवहारको टेष्ट खोज्न  फरक किसिमको शैली अपनाउँछ। स्मरणमा रहेको त्यो यौन व्यवहारमा उनीहरू सन्तुष्ट रहेजस्तै आफू पनि सन्तुष्ट रहने चाहनाले उसले  फरक-फरक व्यक्तिसँग सम्बन्ध राख्छ। बाल्यावस्थामै यो समस्यामा रहेको व्यक्तिले नैतिकताको ख्याल गर्दैन।

अप्राकृतिक यौन सम्बन्ध बढाउन ब्रोकन फ्यामिली अर्थात् टुक्रिएको परिवारको परिवेशले पनि उत्तिकै सहयोग गर्छ। सम्बन्ध विच्छेद, लगातार  झै झगडा हुने परिवार भए त्यहाँ यो समस्या अझ बढी देखिन्छ। ब्रोकन फ्यामिलीमा अश्लिल शब्दको वर्षात् सामान्य मानिन्छ, यसले पनि  मानिसलाई यौन उत्तेजना बढाइरहेको हुन्छ। व्यक्ति कस्तो वातावरणमा हुर्किएको छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। निश्चित नैतिक मान्यता  छन् भने व्यक्तिले अप्राकृतिक यौनसम्बन्धलाई नियन्त्रणमा राख्न सक्छ।

पुरुषहरू यौन विचलनको मामिलामा अघि देखिन्छन्। सार्वजनिक घटनाक्रम र पुरुष प्रधान प्रवृत्ति हावि भएकाले यस्तो देखिए पनि यौन  विचलनबाट ग्रसित महिला पुरुषको संख्या झन्डै बराबर छ। सेक्सुअल डिजायर, रिलेसनसिपको बुझाई जस्ता कुरामा महिला पुरुषको यौन  मनोविज्ञान पनि फरक छ। महिलाहरू रिलेसनसिपमा समर्पित हुन्छन् र त्यही चाहना पनि राख्छन् तर यहाँ आर्थिक पक्षले नकारात्मक भूमिका  खेल्छ। इजिमनीको चाहना राख्ने क्रममा महिलाहरू यौन विचलनको बाटोमा लाग्छन्। साथीको लहलहैमा पनि उनीहरू घर भन्दा बाहिर पनि  असामाजिक यौन व्यवहार गरिरहेका हुन्छन्। महिलाहरू हत्तपत्त उत्तेजनामा नआउने तथा सामाजिक कारणले अग्रसर नहुने भए पनि पुरुष भने  सक्षम छु, म पुरुष हुँ भन्ने आडम्बरमा आफैं अग्रसर भैरहेका हुन्छन्। हत्तपत्त अघि नबढे पनि अघि बढिसकेको अवस्थामा महिलाहरू झन्  अन्धा हुन्छन्। सेक्सुअल फ्याक्टलाई हेर्ने हो भने महिलामा एउटै समयमा तीन पटक उत्तेजना आउँछ, यसकारण उनीहरूमा बढी यौन तिर्सना  हुन्छ। नैतिकता, संस्कृति र स्वभावका कारण उनीहरू न्युट्रल पोजिसनमा रहे पनि शारीरिक रूपमै यौन तृष्णाले उनीहरूमा बढी कामवासना  हुन्छ।

(कुराकानीमा आधारित)



केशव बराल

पूर्व डिआईजी

उपभोक्तावादी सोचले पछिल्ला दिनमा यौन अपराधलाई अझ बढाएको छ अनि अर्को मुख्य कुरा अपराध गरिसकेपछि पनि संरक्षण पाउँछु वा  कडा कारबाहीको सिकार बन्नु पर्दैन भन्ने बलियो आत्मविश्वासका कारण व्यक्तिहरू यौन विचलनको बाटोमा सक्रिय हुन्छन्। हाम्रो सिस्टम  कति लाचार छ भने यहाँ जो कोहीले जहाँ कहीँ बसेर पोर्नोग्राफीमा पहुँच राख्न सक्छ। पोर्नोग्राफीले पनि विकृत मानसिकता बढाउन उत्तिकै  मद्दत गर्छ। मानव व्यवहारलाई नियन्त्रणमा राख्न सक्ने मेकानिज्मको अभावका कारण यस्तो भएको हो।

मानिस अनुशासनमा नबस्ने वित्तिकै त्यहाँ अपराधको श्रृंखला सुरु हुन्छ अनि उसलाई जस्तोसुकै नराम्रो काम पनि अस्वाभाविक लाग्न छोड्छ।  यसमा हाम्रो समाज पनि उत्तिकै दोषी छ। हामी यौनजन्य कुरालाई आवश्यकताभन्दा बढी लुकाउन चाहन्छौं, अनि लुकेर गरिने क्रियाकलाप  सीमाभन्दा बाहिरका हुन्छन्। सामाजिक परिवेश र मनोवैज्ञानिक शिक्षाले यो समस्या निराकरण गर्न सक्छ। किनभने पहिलो कुरा प्रहरीसमक्ष  यस्ता केस धेरै कम मात्र आइपुग्छन्। उजुरी गरे पनि कारबाही प्रक्रियामा जान अप्रष्ट कानुनले गर्दा गाह्रो छ। अदालत जान त झनैं गाह्रो  हुन्छ, त्यहाँ प्रमाण चाहिन्छ, यस्ता केसमा हत्तपत्त प्रमाण पाउन पनि गाह्रो छ। मलाई लाग्छ, श्रीमान्-श्रीमतीबीचको सम्बन्ध बिग्रनुमा यौ नसम्बन्ध मुख्य कारण हुन्छ।

यौनलाई सामान्यकृत गर्न नसक्दा श्रीमान्-श्रीमतीबीच मात्र होइन समाजका अन्य सम्बन्धहरूमा पनि यौन विचलनका थुप्रै घटना घटेका छन्।  पर्याप्त चेतना अभावका कारण मानिस अन्धो भएर यौन विचलनको बाटोमा गएका छन्। म प्रहरीमा कार्यरत रहेकै अवस्थामा ढिलो गरि  एउटा हाडनाता सम्बन्धको उजुरी परेको थियो। मामा-फुपूका छोराछोरीले अवैध यौनसम्बन्ध राख्दै जाँदा उनीहरू छुट्टनि नसक्ने अवस्थामा  थिए। एउटै परिवारभित्रको घटना भएकाले उनीहरूलाई छुटाउन पहल गरियो, तर उनीहरू भागेर धरानको कुनै स्थानमा गएर बसे। उनीहरू  घरपरिवार र समाजबाट अलग्गिएर बसे, तर सम्बन्ध छोड्न चाहेनन्। यो केसमा प्रहरीले पनि केही गर्न सक्ने अवस्था थिएन्। यो यौनशिक्षाको  अभावको परिणाम थियो।



अधिकारवादी मोहना इराकी (अन्सारी) सँगको कुराकानी

यौन हिंसाको घटनाका पीडकमाथि कारबाहीको सिफारिस गर्दा कत्तिको जोखिम छ ?

पीडकबाट धम्की आउँछ। राजनीतिक दबाब पनि आएका छन्। यहाँसम्म कि बुवा एवं लालाबालासहित पीडककी श्रीमतीसम्म आएर धम्काउँछन्। बेलाबखत प्रहरीको संरक्षकत्वमा पीडकले पीडितलाई अन्य मुद्दा लगाएर सताउने गरेका छन्। पिडकले राजनैतिक व्यक्तित्वबाट टेलिफो नमार्फत प्रभाव पार्न लगाउने, सिफारिस गर्नबाट रोक्नेसम्मको प्रयास गर्छन्।

सरकारी अधिकारी, राजनीतिज्ञ एवं प्रहरी नै यौन शोषणमा बढी संलग्न छन् कि अरू ?

प्रहरी तथा सरकारी उच्च अधिकारीहरू पनि संलग्न छन्। यस्ता घटनामा शिक्षकहरूको समेत संलग्नता पाइएको छ।

महिलाबाट पीडित पुरुषका गुनासा आउँछन् कि आउँदैनन् ?

स्कुले विद्यार्थीहरूबाट गुनासा आउँछन्।

माधव आचार्य

अपराधशास्त्री

मेरै अघिको एउटा घटना छ। गिद्धेदृष्टि परिसकेपछि बाबुले आफ्नै छोरीलाई पनि छोड्दो रहेनछ। बाबुले आफ्नै छोरी तरुनी भएपछि उसँग  नाजायज यौन सम्बन्ध राखेको रहेछ। यही क्रममा छोरी गर्भवती भइन्। यो कुरा सुरुमा गोप्य नै थियो। त्यहि भएर घरमै रहेकी आमाले  छोरीको अवस्था देखेपछि मात्र थाहा पाइन्। आमा मुड अफ भइन्, उनलाई यस्तो अति हेेरेर बाँचिरहनुभन्दा मर्नु नै बेस लाग्यो र आत्महत्या  गरिन्। बाबुद्धारा नै यस्तो कुकृत्य भएको थाहा पाएका आफन्तजनले छोरीको तत्काल अवैध गर्भपतन गराइदिए। यो केस न त प्रहरीमा गयो, न  त आमाको आत्महत्याको अनुसन्धान नै भयो।

यौनलाई महत्त्व दिएर अपराधिक क्रियाकलाप गर्ने प्रवृत्ति मौलाइरहेकै छ। मलाई लाग्छ, अहिलेको पुस्ता पुरानो संस्कृति र मान्यतालाई मेट्न  खोजिरहेको छ। पश्चिमी शैली, संस्कृति र जीवनशैलीलाई अनुकरणीय मान्ने तर आफ्नो सांस्कृतिक, परम्परागत नैतिक मूल्य मान्यता  पुरातनवादी भयो भनेर त्यसलाई हेप्ने प्रवृत्तिले पनि यस्ता यौन अपराधमा वृद्धि भएको हो।

मैले पश्चिमी समाजलाई किन जोडेको भने पश्चिमी समाजको खुला उदार जीवनशैलीलाई आदर्श मानेर जुन हिसाबले हामी अघि बढेका छौं,  त्यसले हामीलाई यौनका मामिलामा अझ अनुदार बनाइदिएको छ। पश्चिमी समाजमा नीलो चलचित्र बनाउन, हेर्न स्वीकार्य मानिन्छ। यौ नसम्बन्धका लागि रेडलाइट एरिया तोकिएका छन्। त्यहाँको यौनसम्बन्ध र पत्रपत्रिकामा वयश्कहरूका लागि आउने सामाग्री सर्वसुलभ छन् र  उनीहरू त्यस्ता क्रियाकलापलाई व्यवस्थित गर्न सक्षम छन्। व्यक्तिले आफूले खोजेको यौनको परिपूर्ति कुनै न कुनै हिसाबले पुरा गर्छ। विवाह  अघि नै युवा-युवतीबीचको सम्बन्ध सामान्य मानिन्छ। तर हामी सामग्री हेरेर वा जानकारी पाएर त्यहाँको जीवनशैली र संस्कृती नै  आधुनिकता हो भनेर रंग न ढंगमा पछ्याइरहेका छौं। यसले कुन्ठित मानसिकतालाई मात्र बढाइरहेको छ। उदारताका नाममा मूल्यमान्यता  छोडेर घृणित यौन कार्यमा अघि बढेका छौं। मिडियाको प्रभावका कारण ती कुरा जानिसकेपछि आफैं प्रयोग गर्न अग्रसर भएका छौं।

विश्वव्यापीकरणको समयमा यति उदार वा यतिसम्म छाडा होइन भन्नु किमार्थ सान्दर्भिक छैन। पछिल्लो अवधिमा सोसल नेटवर्किङ साइट  फेसबुकमा त यौन छाडापन अझ बृहत् छ। अहिलेको पुस्ता त्यसमा आकषिर्त छ। म सम्झन्छु आजभन्दा ४० वर्ष अघि बसमा यात्रा गर्दा  पुरुषहरू चढेको बसमा महिला चढ्न गाह्रो मान्थे, त्यहाँ एउटा नैतिक मान्यताले जरो गाडेको थियो। नाटक वा चलचित्रमा काम गर्न महिला  कलाकार पाउन गाह्रो भएर पुरुषले नै फरिया लगाएर महिलाको अभिनय गर्नुपथ्र्यो। यो अलि बढी कट्टर लाग्ने कुरा जस्तो भए पनि अहिले  स्वतन्त्रताको नाममा मानिसहरू गलत बाटोमा जुन गतिमा दौडिरहेका छन्, मैले त्यसतर्फ इंगित गरेको मात्र हो।

यौन स्वतन्त्रता नारीले खोज्ने अधिकार हो भनेर दिइने सचेतना केही सकारात्मक भए पनि त्यसभित्रको नकारात्मक पक्ष आकिएको छैन।  प्रहरीमा रिपोर्ट भएका घटना एकदमै कम हुन्। लुकेर छिपेर यहाँ थुप्रै अप्राकृतिक यौन व्यवहार देखा परेका छन् जुन सार्वजनिक हुँदैनन्। जो  छाडापनमा संलग्न छन्, उनीहरूमा त्यसलाई गलत नमान्ने प्रवृत्ति छ। स्वतन्त्रताको नाममा यो उच्छृखंलता हो, विकृति हो। महिलाले परपुरु षसँग सम्बन्ध राख्ने, पुरुषले श्रीमतीलाई उच्छृखंल क्रियाकलापमा लगाउने कार्य नैतिकता ह्रास नै हो। यी घटनाक्रमले हाम्रो यौन अपराधको  पराकाष्ठालाई प्रष्ट पार्छन्।

प्रहरीलाई सबैले सहयोग गर्ने हो भने यस्ता क्रियाकलापलाई नियन्त्रणमा ल्याउन सम्भव छ। यौन विकृती जनाउने सामाग्री रोक्ने, अश्लिल  क्रियाकलापको दृश्य देखाउन नपाइने कानुनी प्रावधान चाहिन्छ। कानुनी प्रष्टता नभएकाले पनि यस्ता क्रियाकलाप बढेका हुन्। सार्वजनिक  अपराधका रूपमा कारबाही गर्ने हो भने स्थिति केही हदसम्म नियन्त्रणमा आइहाल्छ।

खुला र उदार समाज भएपछि यौन विचलन अझ बढेको सत्य हो। पहिले धेरै कम मात्रामा यौन अपराधका घटना घट्थे। अहिले धेरै घटना  घट्छन् र सार्वजनिक पनि धेरै नै हुन थालेका छन्। विद्युतीय सञ्चारमाध्यमले नकारात्मक प्रवृत्तिलाई पनि त्यत्तिकै बढावा दिएको छ। सेक्स  एजुकेसनको कमि त छँदैछ, १४ कटेपछि व्यक्तिमा आउने कौतुहलताको स्पष्ट उत्तर दिन सम्बन्धित व्यक्ति र संस्थाहरू चुकेका पनि छन्।

अपराध मनोविज्ञानले भन्छ, मस्तिष्कमा जब कुनै नकारात्मक कुराले डेरा जमाउँछ, त्यहाँ विकारयुक्त घटना स्वाभाविक रूपमै निम्तिन्छ।  पश्चिमी समाजमा पनि त यौन विचलनका थुप्रै घटना सुन्न पाइन्छन्, यद्यपि त्यहाँ कारबाही प्रक्रिया सशक्त छ। अपराधीले दण्ड पाउँछ।  समाजमा परिवर्तन आवश्यक छ, तर एकैपटक सास्कृतिक परिवर्तन खोजिनु हँुदैन। यो बिस्तारै हुँदै जाने कुरा हो। खुलापनको नाममा अनुकरण  गरिएको संस्कृतिले विकृति मात्र ल्याउँछ।
Read Full Discussion Thread for this article