Posted by: timi_mero_sathi July 22, 2012
म गधा जोतिरेहेछु
Login in to Rate this Post:     3       ?         Liked by
गधा  जोते को कमाई ले ५०  मन्त्रि पाल्नु छ 
तेतिले नपुगेर, मेरो कमाई मा मोज गर्न 
अब जात जात का राज्य खोल्ने रे 
गधा जोत्ने को पैसा म़ा मोज गर्न रे 
 
धेरै राज्य भएपछि धेरै मन्त्रि हुन्छन
मलाइ  चुस्न तिनका अनेक बहाना खुल्छन 
भाषा को नाम मा मोज गर्लान,कतिले
संस्कृति  को नाम मा भोज गर्लान 
 
मेरी आमा मर्लिन जिबन जल नपाएर 
कती ले "पहिचान" को नाम मा भोज गर्लान 
मेरो छोरो लाई, आफ्नै भाषा बोल  भन्लान 
आफ्ना छोरा लाई अमेरिका पठाउलन
 
म पछि,  मेरो छोरो ले गधा जोत्न पर्ने हुन्छ 
पहिचान कायेम गरिदिन पर्ने हुन्छ
भाषा,संस्कृति  जोगाई दिन पर्ने हुन्छ
अनी पो उनीहरु लाई मलाई चुस्ने बहाना मिल्छ 
 
क्रान्ति, भाषा, र पहिचान मेरो  पेट भर्न काम लागेन  
मैले  जोगाइदिन पर्ने, नेता हरु ले मोज गर्न 
मैले सिनो बन्न पर्ने, गिध्ह  हरु ले  भोज गर्न,
मैले गधा जोत्न पर्ने, पेट नभर्ने सम्भिधान बनाउन 
 
 
मेरी संगिनी  मर्लिन पेट दुखेर 
घुस्या कर्मचारी को तलब बढाई दिनु छ 
तिनका सन्तान लाई "बोर्डिंग" म़ा पढाई दिनु छ
पहिचान को लागि, मेरो छोरा लाई गधा जोत्न पठाउनु छ  
Last edited: 23-Jul-12 07:28 AM
Read Full Discussion Thread for this article