Posted by: nepcha1 July 21, 2012
प्रचण्डले सम्पति लुकाउन छोरा भगाएको रे
Login in to Rate this Post:     0       ?        
Good to see some conspiracy theories in nepali papers. The news is important with the recent news of transferring all their (Prachanda's) property to the party. 

http://weeklynepal.com/index.php/2011-08-01-14-01-32/15428-2012-07-18-06-46-31
 

छोरा भाग्दा पनि उनैमाथि शङ्का

प्रचण्डलाई चोटमाथि चोट--
काठमाडौ, साउन ३ । एमाओवादी अध्यक्ष प्रचण्डका छोरा साकार (प्रकाश) दाहाल विना मगरलाई लिएर भागेपछि त्यस विषयलाई लिएर अनेकौँ आशङ्का र टीकाटिप्पणी सुरु भएका छन्। बाबुछोराबीचको सम्बन्ध र स्वयम् प्रकाशलाई नजिकबाट बुझ्नेहरूले यस प्रकरणलाई नियोजित चालबाजी हुनसक्ने अनुमान गरेका छन्। खासगरी माओवादी समूहहरूभित्रै यसप्रकारका अनुमान र टीका–टिप्पणीहरू हुने गरेका छन्। उनीहरूका अनुसार प्रचण्डको कमजोरीहरूमध्ये उनको परिवारलाई प्रमुख मानिन्छ। प्रचण्ड आफ्नी पत्नी, छोरा र छोरीहरूको मामिलामा कसैसित कहिल्यै कुनै सम्झौता गर्दैनन्। पत्नी सीताको काबुमा रहेको प्रचण्ड परिवारमा छोराछोरीको आकाङ्क्षाले सधैं उच्च प्राथमिकता पाउने गरेको र छोरा प्रकाशले आफ्ना बाबुको इशाराविपरीत कहिल्यै कुनै कार्य गर्ने नगरेको बताइन्छ। प्रकाशकी पूर्वपत्नी प्रभा बोगटीले आफ्ना निकटस्थहरूलाई बताएअनुसार प्रकाशमा एक्लै निर्णय गर्ने कुनै क्षमता छैन, उनी हरेक कुराहरू बाबुआमालाई सोधेर मात्र गर्ने गर्दछन्। त्यसैले विना मगरलाई भगाउने काम पनि आमा या बाबुको जानकारीविना भएको मान्न प्रचण्ड परिवारका निकटवर्तीहरू तयार छैनन्। उनीहरूको विचारमा सम्पत्ति स्थानान्तरण गर्ने भरपर्दो माध्यम निर्माणको निम्ति विना प्रकरण रचिएको हो। ज्ञातव्य छ, प्रचण्ड नेपालको इतिहासमा सबैभन्दा कम समयमा सर्वाधिक धन जम्मा गर्न सक्ने नेताका रूपमा चिनिन्छन्। यद्यपि उनले आफ्नै नाममा बैंकमा नगद जम्मा गरेको या कुनै उद्योग–व्यवसायमा प्रत्यक्ष लगानी गरेको प्रमाण भने अहिलेसम्म भेटिएको छैन। विभिन्न 'डमी'हरू खडा गरेर विभिन्न क्षेत्रमा लगानी गरेको भन्ने अनुमानका आधारमा प्रचण्डलाई धनाढ्य नेताका रूपमा लिने गरिएको छ। यस्तै अनुमान गर्नेहरूले विना मगर प्रकरणलाई पनि प्रचण्डको नियोजित चालका रूपमा बुझ्ने र व्याख्या गर्ने गरेका छन्। विना मगरलाई लिएर प्रकाश दाहाल विदेश पलायन भएपछि प्रचण्डकै प्रस्तावमा उनलाई पार्टीबाट हटाइएको छ। यसरी हटाउँदा बाबुछोराबीचको पे्रमपूर्ण पारिवारिक सम्बन्ध टुटेको सन्देश जनसाधारणसम्म गएको छ, जसबाट अन्ततः प्रचण्डलाई नै लाभ पुग्ने बताइन्छ। प्रकाश विदेशिएपछि नेपालबाट प्रचण्डले यहाँको नगद स्थानान्तरण गर्न सर्वाधिक भरपर्दो स्थिति बनेको छ। प्रकाशलाई नेपालबाट वैध–अवैध (हुण्डी) तरिकाले नगद पठाउन सकिने र प्रकाशले आफ्ना पिताको कमाइ विदेशमै बसेर संरक्षण गर्ने काम गर्न सक्ने अनुमान माओवादी समूहकै केही नेताहरूको छ। पुत्र प्रकाशले विदेशमा अब जुनसुकै व्यवसाय गरेको देखाउन सक्छन् र उनले गर्ने व्यवसाय नफस्टाए पनि नेपालबाट प्राप्त भइरहने धनराशिको संरक्षण गर्न सकिने अवस्था बन्न सक्छ। प्रकाश दाहालको कार्यव्यवहार र सोच राजनीतिकभन्दा पनि गैरराजनीतिक भएको र उनी कुनै न कुनै व्यवसाय गर्न इच्छुक थिए। जब कि प्रचण्ड आफ्ना पुत्रलाई एकताक उत्तराधिकारी नै बनाउने सोच राख्दथे। त्यही सोचका कारण २०६१ सालमा भएको चुनवाङ बैठकबाट प्रचण्डले सबै नेताहरूलाई एक तह घटुवा गर्दा आफूलाई अध्यक्ष पदमा यथावत् राखेका थिए भने छोरा प्रकाशलाई चाहिँ एक तह बढुवा नै गरेका थिए। पञ्चानब्बे (९५) जनाको केन्द्रीय समितिलाई पैंतीस सदस्यीय बनाउँदै प्रचण्डले अधिकांश केन्द्रीय सदस्यलाई राज्य समितिमा झारिदिएका थिए। राम कार्की, धर्मेन्द्र बास्तोला, इन्द्रमोहन सिग्देल, खड्गबहादुर विश्वकर्मा र लेखराज भट्टलाई केन्द्रीय समितिमा यथावत् राखेर अरू सबै सदस्यलाई एक तह घटुवा गर्ने निर्णय चुनवाङ बैठकले गरेको थियो। त्यसबेला स्थायी समिति र पोलिटब्युरो सदस्य रहेकाहरू मोहन वैद्य किरणसहितलाई घटुवा गरेर केन्द्रीय सदस्यका रूपमा राखिएको थियो। त्यस्तै, राज्य समितिमा रहेकाहरूलाई जिल्ला तहमा, जिल्ला समितिमा रहेकालाई एरियास्तरमा र एरिया कमिटीमा रहेकालाई सेलमा पुर्‍याउने निर्णय प्रचण्डको प्रस्तावमा चुनवाङ बैठकले गरेको थियो। तर, प्रचण्डले त्यसबेला जिल्ला समितिमा रहेका छोरा प्रकाशलाई भने बढुवा गरेर राज्य समिति सदस्यको जिम्मेवारी दिएका थिए। त्यस्तै सल्लाहकार रहेकी पत्नी सीता दाहाललाई सल्लाहकारमा र राज्य समितिमा रही भारतम बसिरहेकी छोरी रेणु दाहाललाई प्रचण्डले यथास्थानमा राखेका थिए। स्मरणीय छ, सीता दाहाललाई पार्टीको सल्लाहकार बनाउने प्रस्ताव भने डा. बाबुराम भट्टराईले राखेका थिए। खुला राजनीतिमा आएपछि पनि प्रचण्डले पुत्रलाई निकै 'एक्सेस' दिने गरेका थिए। प्रचण्डकै आडमा प्रकाश मोहन वैद्य किरण, रामबहादुर थापा बादल र डा. बाबुराम भट्टराईजस्ता वरिष्ठ नेताहरूलाई समेत हकार्ने, गाली गर्ने र अह्राउने हैसियत राख्दथे। नेताहरूसँगको अति गोप्य बैठकहरूमा पनि प्रचण्ड आफ्ना छोरालाई साथैमा रहन बस्न अनुमति दिने गर्दथे। रुक्मांगद कटवाल प्रकरणमा आफ्नो दूत बनाएर छोरा प्रकाशलाई भारत पठाउने प्रयास पनि प्रचण्डले गरेका थिए। आफ्ना पितालाई भगवान्सरह मान्ने प्रकाशलाई साथीझैं सँगै बसेर मदिरा पिउने अनुमति पनि प्राप्त थियो। फेसबुकमा छाइरहने प्रकाशले दुनियाँका बारेमा जे–जस्ता टीका–टिप्पणी गरे पनि आफ्ना पितामातालाई चोट पुर्‍याउने काम भने यसअघि कहिल्यै गरेका थिएनन्। त्यसैले यसपटकको घटना पे्रम या कामबासनामा बसिभूत भएर प्रकाशले गरेको मान्न प्रचण्डका निकटवर्तीहरूलाई निकै मुस्किल भइरहेको छ। छोरा प्रकाशमा अनेकौँ प्रयास गर्दा पनि राजनीतिकभन्दा गैरराजनीतिक स्वभाव–चरित्र हावी भएको र आफ्नै राजनीतिक स्थिति पनि झन्झन् प्रतिकूल हुँदै गएकोले प्रचण्ड चिन्तित हुने गरेको बताइन्छ। आफू सत्तामा पुग्ने सम्भावना घट्दै गएको, संविधानसभाद्वारा संविधान निर्माण नभई सभाकै मृत्यु भएको, पार्टीमा विभाजन आएको र क्रमशः कमजोर हुँदै जाने स्थिति देखापरेकोले छोरालाई विदेेश धपाउने र आफूसँग भएको धनराशि 'उतै' पठाई भविष्य सुरक्षित गर्ने उपायस्वरूप विना प्रकरणको रचना गरिएको आशङ्का वैद्य खेमाका माओवादी नेताहरूले पनि गरेका छन्। केहीअघि प्रकाशले बेलायत जान गरेको प्रयास दूतावासले भिसा नदिएका कारण असफल भएको थियो। प्रकाश कुनै 'विजनेश स्थापित गर्ने' उद्देश्यले बेलायत जान लागेको तर ब्रिटिस राजदूतावासले भिसा नदिएको चर्चा त्यसबेला राजधानीमा चलेको थियो। उत्तराधिकारी बन्ने लक्षण नदेखिएपछि प्रचण्डले छोरालाई व्यापार–व्यवसायमा लगाउन खोजेको टीका–टिप्पणी पनि केहीले गरेका थिए। अहिले प्रकाश विदेशिएपछि सोझो हिसाबले काम नहुने भएपछि घुमाउरो बाटो अपनाएर विना प्रकरण रचिएको अनुमान पनि एकथरीले गरेका छन्। तर, जो–जसका अनुमान र आशङ्का जे भए पनि विना प्रकरणले प्रचण्डलाई क्षति नै पुर्‍याएको छ। बाबुआमा हुनुका नाताले कसैले पनि आफ्नो सन्तानको बद्नामी होस्, परिवार लथालिङ्ग होस् भन्ने चाहँदैनन्। यस आधारमा हेर्दा प्रचण्डका आलोचक या उनलाई नजिकबाट चिन्नेहरूले जे–जस्ता टीका–टिप्पणी या अनुमान गरेका भए पनि त्यसमा विश्वास गरिहाल्न मिल्ने देखिँदैन। यस्ता आशङ्का र टिप्पणीले प्रचण्ड र उनको परिवारलाई थप चोटग्रस्त बनाउने निश्चित छ। यस सन्दर्भमा भइरहेका टिप्पणी र आशङ्काबाट आफ्नो छवि कतिसम्म धमिलिएछ र जनदृष्टिमा आफू कतिसम्म अविश्वसनीय भइएछ भन्नेबारे भने प्रचण्डले आत्ममूल्याङ्कन गर्नैपर्ने बेला आएको छ। मुख्यसचिवको प्रतिस्पर्धामा अलिक पछाडि नै देखिन्छन्। त्यसैले बरियतामा सर्वाधिक अगाडि रहेका र कार्यक्षमतामा पनि अब्बल मानिनुहुने शंकर कोइराला नै मुख्यसचिव बन्नुहुने सम्भावना बलियो भएको छ। नेपाली काङ्गे्रसका डा. प्रकाशशरण महत ऊर्जामन्त्री हुँदा महतको पेलाइमा पर्नुभएका कोइराला अन्ततः त्यहाँबाट सरुवा भएरै जानुपर्ने अवस्था सिर्जना भएको थियो। कोइरालाको सोच अत्यन्त सकारात्मक र निर्णय लिने क्षमता पनि बलियो भएको हुँदा प्रधानमन्त्री भट्टराईको रोजाइमा उहाँ नै पर्नुहुने सम्भावना प्रबल छ।
Read Full Discussion Thread for this article