Posted by: freeport July 20, 2012
माओबादी हरु बाँदर हुन् ! धुन्दुकारी रक्तापिसच हरु अब आफै झगडा गर्दै छन् हा हा हा
Login in to Rate this Post:     0       ?        
Mysansar.com  

विचार नमिलेका वैद्य समूह अलग्गिएपछि अब चाहिँ माओवादीभित्र केही विवाद हुँदैन होला भनी सोच्नेहरुलाई आजको घटनाले गतिलै झापड हानेको छ। आज हात हालाहाल र कुर्सी हानाहानसम्मको स्थिति उब्जियो- प्रधानमन्त्री बाबुराम र अध्यक्ष पुष्पकमल दाहाल समूहबीच। होहल्ला र कुर्सी प्रहारका बीच भागदौड मच्चिएको थियो बैठकमा। हिजोसम्म लडाकुले हिसाब मागेपछि स्थगित गर्नुपरेको बैठक आज चाहिँ यही महाभारतका कारण स्थगित गर्नुपरेको छ। महाभारत यस्तोसम्म मच्चियो कि प्रधानमन्त्री र प्रचण्डसमेत यसबाट अछुत रहेनन्। प्रधानमन्त्रीलाई हात हालियो, प्रचण्डलाई कुर्सीले लाग्यो।

 

विस्तारित बैठकबाट निस्केको कार्यकर्ताले दिएको जानकारी अनुसार आफुमाथि चर्को प्रहार भएपछि प्रधानमन्त्री भट्टराई गुटको अन्त्य भयो भन्ने तर हामीमाथि पेल्ने म बैठकमा बस्दिँन भनेर अध्यक्षसित अनुमति लिई हलबाट हिँड्न लागेका थिए। तर प्रचण्ड पक्षका जनार्दन शर्मा, हेमन्तप्रकाश ओली र अखण्ड सुदुरपश्चिमवाला नेता लेखराज भट्टले प्रधानमन्त्रीलाई हातै हालेर समाते।

त्यसपछि हाम्रो नेतालाई किन हात हालियो भन्दै हलबाट अन्जना बिशंखे समूहका कार्यकर्ताले तीन वटा कुर्सी प्रचण्डतिर फाले। कुर्सीले टाउकोमा लागेपछि सेना र प्रहरीले सुरक्षाका लागि प्रचण्डलाई समातेर बाहिर लगे।

भागदौड मच्चिएर बैठक स्थगित भयो। अनि विवाद समाधान गर्न बैठक स्थल बाहिरको पर्यटन बोर्डको हलमा पार्टीको पोलिटब्युरो बैठक बस्यो! 

Read Full Discussion Thread for this article