Posted by: dipika02 July 20, 2012
The "Dil" Fund
Login in to Rate this Post:     0       ?        
दिल शोभा दिदिको सराहनिय मुटु देखेर आँखा रसायो। आफ्नो जीवनकालमा धेरै सुख सयल नमिलेपनि दिल शोभा दिदिको दरिलो मुटुले निकै आमा र साना साना बाल बालिकाहरुलाई आश्रय दिनु भएको रहेछ। आफ्नैहरुको माझमा पराई हुन पुग्नु भएका ति आमाहरुको आशाको डोरी शायद चुडिएर धुजा धुजा भईसकेका थिए होलान। त्यस्ता कयौँ आमाहरुको जीवन अपेक्षा को झिनो त्यन्द्रो बुन्दा बुन्दै नै समात्प भए होलान र जती आमाहरु उहाँ सँग हुनुहुन्छ त्यो क्रम बद्ध रुपमा बढ्ने नै छ। दिल सोभा दिदिले धरौटिमा आफ्नो मुटु राखेर सुरु गर्नु भएको यो काममा हौसला बढाउनु को साथै हाम्रो निरन्तर सहयोग को खाँचो अहिले उहाँलाई परेको छ। ति आमाहरुको आँखामा आशुका ताल धेरै जमिसके। अब उहाँहरुले न त राम्रो सँग देख्न सक्नु हुन्छ न त सुन्न नै। उहाहरुको शरीरमा धेरै फुर्ती छैन आँफै काम गरुँ या कमाउँ भन्नलाई। दिल सोभा दिदिको बिशाल हृदयले मात्र उहाहरुको जीवन चल्दैन। हाम्रो ब्यस्त जीवनमा यस्तो काममा निरन्तरता दिनु भनेको हाम्रो लागि पनि चुनौती नै हो। तर हामीले गरेको सानो सहयोग र दिएका केही पलहरुले कयौ आमहरुको ओठमा मुस्कान भर्न सक्छौँ। दिल शोभा दिदिले जे जती गर्नु भएको छ तेस्लाई प्रोत्साहन गर्नु को साथै सहयोग गर्नु हाम्रो धर्म हो। आशु आँखा भित्रै सुकाइसक्नु भएका बिचलित आमाहरुको आफ्नै मुटुमा दबिएको क्रन्दन सुन्न सक्ने बिशाल हृदय भएकी दिदी दिल सोभाले चाल्नु भएको यो कदम एउटा सुरुवाद हो। सहयोग भन्ने कुरा चाहेर मात्र पनि सबैले गर्न सकिन्न। हामीले सक्छौ। ति ब्रिद्ध आमाहरुले शायद बल्ल आशाका केही किरण देख्नु भएको छ होला जीवनमा। अब यो भरोसा नटुटोस भन्ने प्रयास गरौँ। कृपया यो सहयोगलाई निरन्तरता दियौँ।
Read Full Discussion Thread for this article