Posted by: Geology Tiger July 19, 2012
The "Dil" Fund
Login in to Rate this Post:     0       ?        
अकबर र बिरबलको कथाबाट एउटा प्रसँग:

एक चोटि सम्राट अकबरलाई आफ्नो राज्यमा के कति अन्धाहरु छन् भने जान्ने सुर चलेछ । अनि अकबरले आफ्नो प्रिय मन्त्री बिरबललाई अर्हाएछन् 'ल त बिरबल हाम्रो राज्यमा कति अन्धाहरु छन् पत्ता लगाउन पर्‍यो' । अब अकबरले आज्ञा गरेको कुरामा बिरबलले किन नाइ भन्थे । बिरबलले 'हस सरकार' भनेछन् । अनि आइडियामास्टर बिरबललाई एउटा अाइडिया आएछ र दरबारमा मान्छेहरुको खुब आवतजावत हुने एउटा भर्र्याङ्मा बसेर धमाधम डोरी बाट्न थालेछन् । कोही आउदो रहेछ र सोध्दो रहेछ 'बिरबल तिमी यो के गरिरहेका छौ?'; कोही आउँदो रहेछ र सोध्दो रहेछ 'बिरबल तिमी यो डोरी के को लागि बाटिरहेका छौ ?' आदी इत्यादी । स्वयम् सम्राट अकबरले आएर सोधेछन् 'बिरबल तिमी यो के गरिरहेका छौ ?' अनि त्यहाँ डोरी बाट्नुसँगै बिरबल अन्धाहरुको सूचीमा पनि काम गरिरहेका रहेछन् । भोलीपल्ट बिरबलले सम्राटलाई दरबारमा भएका अन्धाहरुको सूचि बुझाएछन् । त्यो सूचिको सबभन्दा माथि आफ्नो नाम देखेर अकबर अत्यन्त क्रुद्द भएछन् । 'बिरबल तिमीले मेरो नाम यो अन्धाहरुको सूचिमा किन राखेको ?' सातो खाने स्वरमा अकबरले बिरबललाई झापारे । 'सरकार जो व्यक्ति आफ्नो अगाडि के भैरहेको छ भनेर देख्दा देख्दै पनि यो के गरेको भनेर सोध्छ, त्यसलाई अन्धो नभनेर के भन्ने ?' बिरबलको चतुराइपूर्ण जवाफ सुनेर सम्राट अकबर नाजवाफ भए ।

माथिको लाइन पढेर त राम्रोसँग हास्न पनि सकिएन । टाउकोमा हात राखेर रुँ रुँ हाँसु हाँसु कस्तो कस्तो भयो ...
Last edited: 19-Jul-12 08:44 PM
Read Full Discussion Thread for this article