Posted by: Rahuldai July 19, 2012
The "Dil" Fund
Login in to Rate this Post:     0       ?        
 सान दाइ प्रति आभार व्यक्त गर्दै केही कुरा राख्न चाहन्छु . 
 
धेरै मित्रहरुको सुझाव, चिन्ता र आशयलाई सान दाई ले बिचार गर्नु नै हुने छ . दिल शोभा दिदी को दिल बारे धेरै लेखिसकेको छ . सहयोगी हातहरु तत्काल धेरै देखिए पनि केही समय पछी चर्चा सेलाए पछी फेरी दिल शोभाकी आमाहरुले अनिलो भातमा रात बिताउनु पर्ने हुन सक्छ . 
 
तपाईंहरुको हृदय देखि को सहयोगको योग  क्षणिक मात्र नभई निरन्तरता को रुप दिन सान दाई संग प्रत्यक्ष सरसल्लाह गर्ने बिचारमा छु . सान दाइ को फुर्सद कुरी राख्या छु . 
 
यो सहयोग एउटा आन्दोलन को रुपमा फैलियोस ...यसले बेइमान आत्मा भित्रको इमान झक्झकाओस् . करोडौ भ्याट मार्ने भातमारा साहुहरु ले मारेको भ्याट को केहि अंश भात बनाइ दिए पाप केही कम हुन्थ्यो कि ?? यसको अर्थ भ्यात्मारा हरु को समर्थन गरेको हैन . लाखौँ  बियर र मदिराले  उत्पादन गर्ने उद्योगी ले केही बोरा चामल भात उत्पादन गर्न खर्चे नि हुने हो . कहिले काहीं सोच्छु . तर सोचे जस्तो नहुने रहेछ . 
 
हुकुम्बासी लाई बस्ति  बसाउन करोडौ खर्चिने नालायक डाक्टर साहेब, एउटा कुलान्गार सन्तानले सनक को भरमा सगरमाथा चढ्न चकलेट खान २ करोड तत्काल दिन सक्ने दानवीर सरकार प्रमुख को मन पग्लिएन छ दिल शोभाको कुरामा .

तर साझाबासि को मन अझै ढुंगे भैसकेको छैन . साझा बासी को मन दिल शोभाको आँशु संगै दुख्छ . दिल शोभाको घरमा भरमा आश्रित आमाहरु र बालकहरुको आशुं संगै रुझेका मनहरुले ती मन नहुने हरुलाई पनि एक दिन ब्यूँझाउने छ . आशा छ यो आन्दोलनले बृहत रुप लिने छ . 
Read Full Discussion Thread for this article