Posted by: cybernepali July 19, 2012
भिसा नलिँदा पूर्व राजा रातभर बिमानस्थलमा अलपत्र (ब्रेकिङ न्युज)
Login in to Rate this Post:     0       ?        

http://www.nepalplus.com/archives/15247
भिसा नलिँदा पूर्व राजा रातभर बिमानस्थलमा अलपत्र (ब्रेकिङ न्युज)

पूर्व राजा ज्ञानेन्द्र शाह हिजै फ्रान्स आउने किटान गरिएको थियो । उनको भ्रमणबारे अतिनै गोप्य राखिएको थियो । पेरिसका उनका केहि सहयोगीलाई मात्रै जानकारि दिईएको थियो । त्यहि भएर हिजो उनका केहि सहयोगी र नेपाली दुतावास पेरिसका केहि कर्मचारी र तिनका परिवार समेत फूलगुच्छा लिएर फ्रान्सको चार्ल्स द गोल बिमानस्थल पुगे । तिनले खुब पर्खिए । तर ज्ञानेन्द्र आएनन् । हिस्स पर्दै समर्थकहरु फर्किए । के भो ? किन होला भन्दै ति फर्किएका थिए । उनीहरुलाई बास्तबिक कारण नखुलाई “ल भोली आउने रे” मात्रै भनियो । यसबारे मैले खोजि कार्यलाई तिब्रता दिएँ । किन होला ? आज थाह भो, उनले भिसा नलिई आएछन् कतारको । त्यहि करणले गर्दा उनी कतारको राजधानी दोहामा सोमबार रातभर अलपत्र झैं परे । यहि कारणले गर्दा उनको हिजो फ्रान्स आइपुग्ने कार्यक्रम ढिलो हुन पुग्यो ।

नेपालप्लसलाई दोहाको एक उच्च स्रोतले यसबारे जानकारि दियो । दोहा बिमानस्थलमा उनी गत सोमबार अर्थात १५ तारिख बेलुका ८ बजे ओर्लिएका थिए  । तर भिसा नलिइ आएकाले भोलि पल्ट अर्थात १६ तारिख सोमबार मात्रै उनी बिमानस्थल बाहिर निस्कन पाए । सोमबार साँझ परिसकेकाले उनीहरुको भिसा लिन संभव भएन । किनकि दुतावास बन्द भैसकेका थिए । त्यो रात कहाँ बिताए प्रस्ट छैन । यात दुतावास भित्रैको कुनै होटेलमा बिताए वा बिमानस्थलमा सामान खरिद गर्ने र सुपरमार्केट चहार्ने गरेर ।

भोली पल्ट हतार हतारमा भिसा लिएर मध्यान्ह १२.३० बजे मात्रै उनीहरु बिमानस्थल बाहिर निस्किएका थिए । उनीहरुलाई लिन फेरी सार्क भिलेज एण्ड स्पा होटेलका कर्मचारीहरु पुगेका थिए । दोहामा बाहिर निस्किँदा होस् वा दोहा बाट पेरिसका लागि उड्दा त्यहाँकुनैपनि औपचारिक कार्यक्रम र भेटघाट भएन । त्यहाँका मेडियालेपनि चासो नै दिएनन् । उनी साँच्चै ब्यक्तिका रुपमा आए र गए । एक रात दोहाकै बिमानस्थलमा परेपछि हिजो आउनु पर्ने उनको भ्रमण आजकालागि सरेको हो । उनी दोहामा २ रात (सोमबार र मंगलबार) बस्नु पर्‍यो । दोहाबाटै आजै बिहान ८ बजे उनीहरु हिँडेका हुन् । तर यसबारे फ्रान्सका उनका सहयोगी र समर्थकहरुलाई गोप्य राखिएको छ ।

(पूर्व राजा र उनको परिवार बसेको होटेल)

पूर्व राजा ज्ञानेन्द्रले दोहाको पाँच तारे सार्क भिलेज एण्ड स्पा होटेल बुक गरेका थिए । उनले आफ्ना लागि रोयल स्विट रुम लिएका थिए । बाकि परिवारकालागि स्विट र उनका आउरे बाउरे, सहयोगीहरुका लागि सामान्य रुम लिएका थिए । उनको कोठाको प्रति रात करिब चार सय अमेरिकी डलर (१५०० कतारको मुद्रा) पर्छ । कमशलको ७०० स्थानिय रकम पर्छ । यो होटेल रिज कार्ल्टन होटेल कम्पनी अन्तर्गत हो ।

उनी दोहा आइपुग्ने खबर पहिलेनै गरिएको थियो होटेलमा । त्यसैले एयर कन्डिशन सहितको भि आइ पी गाडीहरु लिएर होटेलका कर्मचारी उनलाई लिन गए । तर बिमान ओर्लिएको निक्कै बेर सम्मपनि उनी बाहिर नआएपछि कर्मचारीहरुले सोधे, नेपालका राजा त आइपुगेनन् के गर्ने होला ? होटेलका अफिसरहरुले पर्खिन भने । तर तिन घण्टासम्म उनी नआएपछि बल्ल थाह भो, काठमाडौंस्थित त्रिभुवन बिमानस्थका कर्माचारीले त भिसा छ वा छैन नहेरिकनै छोडिदिएछन् । उनको कतारमा बस्ने भिसानै रहेनछ । त्यसैले गर्दा सोमबार साँझ परेर दुबावास बन्द हुने समय भैसकेकाले  त्यो रातभर उनी बिमानस्थलमा रोकिए । भिसा बिना बाहिर जान नमिल्ने बताएपछि मंगलबार बिहान हतार हतार उनीहरुका लागि भिसाको ब्यवस्था गरिएको थियो । तर होटेल ब्यवस्थापनले तिन घण्टा कर्मचारिलाई कुराएपछि “विशेष कारणले आज नआउने, भोली मात्रै आइपुग्ने” भन्दै ज्ञानेन्द्रको दलबललाई लिन जाने कर्मचारीलाई फर्किन भनेको थियो । भिसा लिएपछि बलल उनीहरुलाई लिएर होटेलमा लगे कर्मचारीहरुले । तर यो कुरोलाई होटेलका कर्मचारिबिचपनि गोप्य राख्ने प्रयास गरियो । भोली पल्ट उच्च कर्माचारीबाटै चुहियो । होटेलका उच्च अधिकारीहरु यो लफडा सुनाउँदै हाँसो गरेका थिए ।

दोहा बिमानस्थलमा सोमबार रातभर बढि रोकिनु परेकाले उनको हिजोको फ्रान्स ओर्लिने योजना रोकिन पुग्यो र उनी आज मात्रै पेरिस ओर्लिए । रिज होटेलका कर्मचारीहरु पूर्व राजालाई बिमानस्थलमा भिसाको कारणले पर्खिनु पर्दा मुर्मुरिएर भन्दै थिए “कस्ता रैछन् नेपालको त्रिभुवन बिमानस्थलका कर्मचारीपनि । तिनले भिसा छ कि छैन नहेरि पठाइदिँदा ह्याँ हामीले दुख पाउनुपर्‍यो”। होटेलमा पुगेपछि सबैले आआफ्नो कोठा लिए । ज्ञानेन्द्र शाह्  केहिपनि बोलेनन् । उनी थकित, निराश र वाक्क देखिन्थे । उनको भ्रमण दलमा छोरो पारश शाह बारे सबै परिवार ल्याएका छन् । भ्रमण दलमा १८ जना छन् ।

त्यहाँका नेपालीहरुले उनको भ्रमणबारे नराखेका होइनन् । तर पूर्व राजा र उनको परिवारनै सबै देखि टाढा हुन खोजेको थियो । होटेल छोड्ने बेला त्यहाँका नेपालीले उनीसित गफ गर्न र सामूहिक फोटो खिचाउन ईच्क्षा गर्दा उनी टाढिन खोजेका थिए । तर नेपालीहरुले “मौसुफ सित फोटो खिच्न मन छ सरकार” भनेपछि ज्ञानेन्द्र शाह एक पोज फोटो दिन मुस्कुराउँदै तयार भएका थिए । उनका बाँकि परिवारले भने कसैसित बोलचाल सम्म गरेनन् ।

उनको फ्रान्स भ्रमण पारिवारिक मात्रै होला ? केहि दिनमा नेपालप्लसमा बास्तबिक्ता खोलिने छ । पढ्दै गर्नुहोला ।

Read Full Discussion Thread for this article