Posted by: Rahuldai July 16, 2012
दिल शोभाको "दिल" ..............
Login in to Rate this Post:     7       ?         Liked by
 
दिल शोभाको "दिल" 
 
केहि अगाडी साझा मित्र ANS ज्यू ले राख्नु भएको कान्तिपुर टेलिभिजनद्वारा प्रशारित दिशानिर्देश कार्यक्रममा दिल शोभा श्रेष्ठको अन्तर्वार्ता सुन्न देख्न पाइयो. सम्भवत दिल हुनेहरुको दिल, दिल शोभा दिदी को दिल को कहानी सुन्दा रोएको हुनु पर्दछ . न रोए नि दिल छोएको हुनु पर्दछ . 
 
http://sajha.com/sajha/html/index.cfm?threadid=98804

 
आफुले जन्म दिई हुर्काइ बढेका छोरा छोरीहरुद्वारा परित्यक्त आमाहरु र आततायी हरुको क्रान्तिकारी छलांगमा टुहुरा भएका निर्दोष बाल बालिकाहरुलाइ आफ्नै घरमा आफ्नै पसिनाकोको भात जोरजाम गर्ने दिल शोभाको दिल देखि नतमस्तक छु नै . अन्तरवार्ताकै क्रम मा एक ठाउँ मा पैसा नभएर तातो पानी सुख्खा च्युराको भोजन गरेको दर्द सुनाउनु भयो . मेरा आँखा रसाए . कुनै दिन आफुले नि भोकै रात बिताएको घाउ बल्झियो. सुक्खा च्युरालाई पानीमा भिजाई अलिकति सख्खर हालेर भात बनाएको दृश्य बल्झियो . 


 
साझा मित्रहरुलाई अनुरोध 
 
अन्तर्वार्ताको अन्त तिर दिल शिभा दिदी ले यसरि टिभी मा देखाई   दिंदा केही समय सहयोगी हातहरु आउने र बिलाउने हुन्छ रे . एक जना "आमा" बित्नु हुँदा खर्च को " ब्यालेन्स " नै बिग्रिन्छ रे . साझा प्रयोगकर्ता धेरै मित्रहरु जागिरे हुनु हुन्छ . थोर बहुत कमाइ भएका नै हुनु हुन्छ . दिल शोभा को दिलको धडकन जोगाइ राख्न निरन्तर रुपमा केही रकम सहयोग दिन सके दिल शोभा दिदीको सत्कर्ममा सहयोग हुने छ . हाम्रा थोरै सहयोग केही किलो चामल भात बन्ने छ , केही मुठा साग स्वादिलो तरकारी बन्ने छ , केही दाना चिनी र चियापत्ती ले धेरै कम तातो चिया बन्ने छ . 
 

सान दाई लाई अनुरोध, 
 
आशा छ सान दाई ले यस सत्कार्यमा पनि अगुवाई गरेर सहयोग गर्नु हुने नै छ . एउटा कोषको ब्यबस्था गरी साझाका दिलदार मित्रहरुको आना पैसा जम्मा गर्ने ढुकुटीको ब्यबस्था गर्नु होस् र निस्चित रकम प्रति महिना वा त्रैमासिक दिल शोभा को खाता मा जम्मा गरि दिने ब्यबस्था गरि दिनुस . सान दाई , ती दीन दुखी आमाहरु को आशिष साझाले पाउने छ . टुहुराहरुको "दुवा " पाउने हुने छ . त्यो भन्दा नि अझ अनेक सांसारिक बोझ ले थिचिएको हाम्रो दिल ले शान्तिको आभास पाउने छ . 
 




Read Full Discussion Thread for this article