Posted by: Sajha Info July 11, 2012
30th ANA Texas convention 2012- Financial Report and Official Message
Login in to Rate this Post:     0       ?        
Forwarded message from ANA 


सम्पूर्णमा अभिबादन !

३० औ ए एन ए टेक्सास सम्मेलनले पुन : अर्को ईतिहास रच्दै ए एन ए  डिसी सम्मेलनले प्रमाणित गरेको मार्ग दर्शनलाई पछ्याउदै कूल $ 
२७२९६. ७३ (सत्ताइस हजार दुई सय छयानब्बे डलर र त्रिहत्तर सेन्ट ) आर्थिक लाभ गर्न सफल भएको छ l२८  बर्ष सम्म आर्थिक घाटा र  पारदर्शिता नभएको बिभिन्न आरोप र प्रत्यारोपको चपेटामा परेको ए एन ए अन्तत्वगत्वा निरन्तर दुई बर्ष देखि सहि योजना , कुशल नेतृत्व ,कर्मठ र ईमान्दार संयोजकहरुको सयुक्त प्रयाशद्वारा आर्थिक घाटा 
हुन् बाट जोगाई अत्यधिक लाभ दिन सफल भएको छ  l३०औ सम्मेलन समाप्त संगै ए एन ए आयोजकहरुलाई अनवरत रुपमा प्रसंशा र सकारात्मक सुझाब प्राप्त भएका छन ,यसको साथै हाम्रा कमि कमजोरी कार्य प्रति ध्यानाकर्षण गराईएको छ  l हामीले यी सल्लाह र सुझाबलाई हृदयंगम गर्दै आगामी बर्षमा अझ माझिने कुरामा हामी विश्वास दिलाउन चाहन्छौ l

सर्बप्रथम ,ए एन ए टेक्सास सम्मेलनका अत्यन्तै कर्मठ सम्पूर्ण संयोजकहरुलाई हृदय देखि नै कृतज्ञता ज्ञापन गर्न चाहन्छौ l सम्पूर्ण स्वयंसेवक ,सहभागी ,
शुभ चिन्तक, लब्ध प्रतिष्ठित अतिथिहरु प्रति आभारी व्यक्त गर्दछौ l 
सम्मेलनलाई आर्थिक रुपमा प्रायोजन (सौजन्य ) गर्ने सम्पूर्ण उधोगपति ,व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्ने सम्पूर्ण मान्यबरहरु तथा ब्यापारी वर्ग प्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छौ l

३० औ सम्मेलनको हरेक समाचारलाई निरन्तर ६ महिना देखि 
 समाचार प्रकाशित तथा 
बिश्व भरि सू -सुचित गर्नु हुने संचार सहयात्री क्रमस : टेक्सास नेपाल डटकम ,जनपुकार डटकम  ,
युएसनेपाल अनलाइन डटकम,नेपाल होराईजन डटकम ,डिसीनेपाल डटकम ,ईनेपालीज़ डटकम ,ग्लोब नेपाल डटकम  ,साझा डटकम ,सगरमाथा टिभी ,यु यस ए ,हाम्रोसमाज डटनेट ,बिआरटिनेपाल  डटकम ,एल ए नेपाल डटकम ,नेपाल मदरल्याण्ड डट ओर्ग,बोस्टन नेपाल.डटकम ,टोरोन्टो नेपाल डटकम ,हिमालि स्वरहरु ,विश्वपरिक्रमा , नेपाल मिडिया  क्याफे ,एभरेस्टटाईम्स न्युज डटकम ,एभरेस्ट रेडियो , अमेरिका नेपाल टिभी ,यु एस ए ,  ,नेपाल ११ रेडियो ,नेपाल माग्जिन ,रेडियो युवा ,व्हाइटहिमाल टिवी ,खबर सम्प्रेसन ,क्यानाडा र सम्पूर्ण संचारकर्मीहरु प्रति धन्यबाद ज्ञापन गर्न चाहन्छौl

सबै गोलबद्द भएको कारण मात्र 
टेक्सास ए एन ए सम्मेलन यो अवस्थामा अवतरण गर्न सफल भएको ठानेका छौ l ए एन ए को ईतिहासमा क्षेत्रीय रुपमा सर्वप्रथम ए एन ए टेक्सासको स्थापना भएको सहर्ष जानकारी गराउदछौ l यो हामीले गरेको मेहनत र तपस्या को परिणाम हो l ३० औ ए एन ए टेक्सास सम्मेलन अहिले सम्म कै ईतिहासमा सबैभन्दा ए एन ए लाई आर्थिक मुनाफा दिने सम्मेलन ठहर भएको छ l

हामी यो स्वीकार गर्दछौ कि यो सम्मेलनले सबैले गरेको इक्षा र आशालाई पूर्ण रुपमा सम्बोधन तथा समेट्न सकेन होला तर पनि यो सम्मेलन त्यति खराब पनि भएन होला भन्ने विश्वास लिएका छौ l ३० औ ए एन ए टेक्सास सम्मेलनले प्रथम पटक ' सुपर नोवा ,हाजिरी जवाफ प्रतियोगिता ,हिज्जे प्रतियोगिता तथा बालबालिकाहरुको लागि बाल मंच (फोरम ) सुरुवात गरेको छ l यो हाम्रा युवा पिढीहरुको लागि एक कोसे ढुंगा साबित भएको छ l युवा पिढीहरुलाई केन्द्रित गर्दै बिभिन्न मंच (फोरम ) कार्यक्रम संचालनले नया उत्साह बढेको महसुस गरिएको छ l

ए एन ए मा खेलाडीहरुको अत्यधिक मोह र अभिरुची देखिएकोले यो बर्ष देखि उनीहरुलाई अझ प्रोत्साहन गर्ने उदेश्य अनुरुप खेलकूद क्षेत्रमा मात्र $ ३५,०००.०० पैतिश हजार डलर बिनियोजन गरिएको छ र' ए एन ए बड्डी रंनिंग शिल्ड ' यो बर्ष देखि नै सुरुवात गरिएको छ l यो सम्मेलनले सबै नेतृत्व वर्ग ,वैयक्तिक र समाजसेविहरुको शिर उच्च पारेको छ l हामीले २७२९६. ७३ (सत्ताइस हजार दुई सय छयानब्बे डलर र त्रिहत्तर सेन्ट )यस संस्थालाई आर्थिक लाभ दिन सफल भएका छौ l यो सबै सम्भब केवल यहाहरु कै सहयोगबाट मात्र सम्भब भएको छ l ए एन ए बृहत रुपमा उचाईमा बढ्दै छ र अझ माथि जाने मार्ग तर्फ लम्कदै छ भन्दा अतिसयोक्ति नहोला भन्ने ठान्दछौ l

अन्त्यमा ३१ औ ए एन ए सम्मेलनमा न्युयोर्कमा भेट्ने बचन बद्दताको साथ बिदा !

पासांग लामा 
३० औ ए एन सम्मेलन प्रमुख संयोजक 

३० औ ए एन ए सम्मेलन ,प्रमुख आर्थिक अधिकृत ,बन्दना हमालद्वारा तैयार गरिएको ३० औ ए एन ए सम्मेलन आर्थिक प्रतिवेदन यस प्रकार प्रस्तुत गरिएको छ l


Greetings Everyone,

Right after the completion of ANA convention, we, ANA Team, have been admired,
appreciated, revered, and even criticized and detested for our work. Looking upon the
brighter side, we embraced them all as we make space to improve us for next time.
Firstly, My greatest gratitude goes out to our hard working coordinators for successfully
completing of the mega event. Thank You for your tireless efforts on managing the show. I
appreciate our volunteers, participants, and guests for giving your precious time, showcasing
talents, and sharing information at the convention. Furthermore, I cannot go further without
thanking our dearest sponsors. They are the greatest individuals and vendors who believed us,
our work, and were generous enough to grant the significant amount in support of ANA
convention. I am very grateful to our Media Partners: TexasNepal.com, USAOnline.com,
NepalHorizon.com, DCNepal.com, bostonnepal.com, Radioactive, NST, NepalDristi,
EverestRadio, Janakpur.com, LANepal.com, HamroSamaj, BRTNepal.com, eNepalese,
GN.com, TorontoNepal.com, Motherland Nepal, Sagarmatha Television, Himali Sworharu,
Nepali Magazine, Nepal11Radio, Radio Yuva, and White Himal. They helped us making our
message available to all of you through their mediums. Preparing the historic event is an
intense process. There is a lot that goes into it. Without the collaborations from these guys,
Texas ANA probably would not have happened. But, together, we managed to perform it just
fine.
 
Together, we have established the preliminary prototype for further ANA Conventions.
“Texas ANA chapter” have formed in Texas for the first time. This is a huge accomplishment
in our community. Thus, at this point, I am safe to say that 30th convention is the most
successful and profitable convention that ever happened in the history of ANA. We admit
that, the convention may not have met all the expectations from every individual, but it was
not so bad after all. We have left off the convention with remarkable accomplishments. Texas
ANA Convention initiated the incorporation of kids’ events like “Supernova, Quiz contest,
Spelling Bee, and Kids Forum. The forums were highlighted to enlighten and aware youths. As
a result, we saw better forum attendance than expected. Likewise, we encouraged sports by
giving away more than $35,000 prizes and shields incentives for sports teams. “ANA Buddy
Running Shield” has come to exist for the first time his year. The legacy will be inherited as
the framework for future conventions.
 
This convention has made all of us grown as an individual, leader, and social activists. ANA,
itself, has grown member wise and economy wise. We know that from the financial analysis of
30th convention. And, it shows we have generated $27,296.73 profits for ANA. Needless to say,
ANA is thriving and becoming bigger over time. It’s blooming, it’s rising, but it couldn’t have
happened without your unceasing support of three decades.


Read Full Discussion Thread for this article