Posted by: jhaukiri July 5, 2012
Login in to Rate this Post:
2
?
Liked by
अविरल बग्दछ युग |
कल्पनाशिलताको बेजोड प्रयोग भएको हुनुपर्छ,
प्रयोग के .....उपयोग नै भनौ |
चित्रको रहस्मय मृत्युमा ...
रंग, रगत भई बग्दा...
रंग, रगत भई बग्दा...
लटोकोशेरोले त्यही लासमाथि हग्दा..
खोरेटले खियाउदै लागेको ...
किर्रनाले छियाउदै लागेको ...
एउटा युगको अन्तमा
दिल खुश बनाइ हास्ने ...सज्जन वृत..
त्यही हसाइमा बाच्ने ती बासी चित्र ...
अलबिदा शब्द (लेख्ने )
क्रान्तिको स्वर (सुन्ने )
युद्धको हात (उठ्ने)
प्रतिक्ष्यारत....
आशाका नाजायज सन्तानहरुलाइ
छक्याउदै ,
भुलाउदै,
अल्झाउदै,
उड्ने...काटिएका चंगाहरु
सहिद बन्ने तरखरमा बाँचेका अपूर्ण लफंगाहरु ..
बज्रस्व्ट इतिहासको गफ दिदै हिड्ने
गुइठा जस्ता अनुहारहरु,
परिचयको लालचमा आफु बिक्दै हिड्दा ....
माटोको cynide बोकेर हिड्ने
भोको पेटहरु..
चाउरिदा.... चाउरिदै
बटारिंदा.. बटारिंदै...
अकास्मातको आकाश वाणी---
....हुदै न हुने
सकिदै नसकिने ...
एउटा युग फेरी आयो ...
जहाँ बाँच्नुको विकल्प छैन ||