Posted by: nepcha1 July 5, 2012
राक्षसहरु
Login in to Rate this Post:     0       ?        
 दुइ वटा खबर:
१. डाक्टरको लापरबाही र अस्पतालको अपराधी डाइरेक्टर
२. स्वास्थ्य मन्त्रिले योग्यता नपुगेको डाक्टरलाई दबाब दिई लाईसेन्स दिलाए 
 
यस्ता कुरामा चाही हाम्रो चासो पटक्कै छैन | 

दोषी लाई सजाय होला त? अरु दोषीहरु जन्माउन तिर लागेका छन् मन्त्रि, डाइरेक्टर र Norvic अस्पताल 
 
 
http://nagariknews.com/society/nation/43000-2012-07-05-02-33-46.html

सुत्केरी गराउँदा शिशुको टाउको चुँडियो

सुरेश यादव, जनकपुर, असार २१- प्रसूति गराउने चिकित्सकको लापरबाहीले जनकपुरस्थित धनुषा अस्पतालमा हिजो एक शिशुको ज्यान गएको छ। धनुषा इनर्वा- ७ कजरारमौलकी २२ वर्षीया सविता यादवको सात महिनाको गर्भ डेलिभरी गराउने क्रममा शिशुको शिर नै चुँडिएर मृत्यु भएको हो। बाँकी शरीर डेढ घन्टापछि मात्र शल्यक्रियाबाट निकालिएको छ। 

चिकित्सकका अनुसार सुत्केरीको अवस्था खतरामुक्त छ।
महिना नपुग्दै प्रशव पीडा भएपछि अस्पताल आएकी सविता बिहान साढे चार बजे धनुषा अस्पताल भर्ना भएकी थिइन्। अस्पतालमा विशेषज्ञ चिकित्सक थिएनन्। चार घन्टापछि साढे आठ बजेतिर अस्पतालकै एमबिबिएस चिकित्सक जयप्रकाश पण्डितले सबिताको पहिलो जाँच गरेका थिए। 

पण्डितलाई सघाइरहेकी एक नर्सका अनुसार चिकित्सकले जाँच सुरु गर्दा नै पाठेघरको मुख खुलिसकेको थियो। पण्डितले तत्कालै मुख बन्द गर्ने औषधी दिए पनि रोक्न नसकेपछि साढे १० बजेतिर आफैं लेबर रुम लगेको ती नर्सले बताइन्। 

प्रसूतिविज्ञबिनै पण्डितले जबर्जस्ती बच्चा निकाल्न खोज्दा शिशुको टाउको छुट्टिएको ती नर्सको भनाइ छ। बिरामीको अवस्था असामान्य हुँदा विशेषज्ञ चिकित्सक बोलाउनुको साटो पण्डितले अस्पतालमै उपलब्ध नर्सको सहयोगमा असुरक्षित तरिकाले बच्चा निकाल्ने प्रयास गरेका थिए। घटनालगत्तै पण्डित फरार छन्।

अस्पतालकी गाइनोकोलोजिस्ट सोनिया सिंहले चिकित्सककै लापरबाहीले शिशुको मृत्यु भएको सकारेकी छन्। प्रसूति शाखाको रेकर्डमा बिहान ११:४५ मै बच्चा जन्मेको रेकर्ड छ तर सोनियाले आफूलाई एक बजेमात्र घटनाबारे जानकारी बताइन्। उनका अनुसार बच्चाको घाँटीमुनिको भाग निस्केको करिब डेढ घन्टापछि मात्र शल्यक्रिया गरेर बच्चाको बाँकी शरीर निकालिएको थियो। 
‘समय पूरा नभएको र उल्टो बसेको बच्चा अदक्ष नर्स र चिकित्सकले तानतुन पार्दा टाउको छुट्टिन पुगेको होला,' सिंहले भनिन्। आफूलाई अस्पतालले समयमा जानकारी नगराएर ठूलो लापरबाही गरेको उनले आरोप लगाइन्।

एक गाइनोकोलिस्टका अनुसार बच्चा जन्माउँदा ध्यान दिनुपर्ने न्यूनतम विधिसमेत नअपनाउँदा शिशुको मृत्यु भएको हो। ‘मास नपुगेको बच्चा अत्यधिक कोमल हुन्छ,' ती चिकित्सकले नागरिकसँग भने, ‘झन् उल्टो बच्चालाई तान्नै हुँदैन, बरु पेटमाथि नै हल्का दबाब दिएर बल दिनुपर्ने हुन्छ। यो घटनामा बच्चालाई जबर्जस्ती तान्दा घाँटी निमोठिएपछि ब्लेडले काटिदिएको जस्तो देखिन्छ।'

यसको दोष अस्पताल व्यवस्थापनले लिनुपर्ने उनको भनाइ छ। ‘अस्पतालले विशेषज्ञ चिकित्सकलाई चौबिसै घन्टा राख्ने व्यवस्था मिलाउन नसकेर यस्तो घटना हुन पुगेको हो,' उनले भने, ‘यसरी बच्चा तानेपछि आमाको पिसाब थैली फुट्ने र अन्य भागमा गम्भीर चोट लागेर शरिर नै जोखिममा पर्न सक्थ्यो, धन्न सुत्केरी बाँचिन्।'

अस्पतालका प्रबन्ध निर्देशक तथा सञ्चालक रामबाबु जयसवाल घटनालाई संयोग भनेर पन्छिए। घटना हुँदा अस्पतालमै रहेका उनले अस्पतालको लापरबाहीले घटना भएका अस्वीकार गरिरहँदा सोनियाले अस्पताल व्यवस्थापनकै कमजोरी कारण रहेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिएकी थिइन्। ‘प्रसूतिको अवस्था असामान्य थियो, मलाई समयमै जानकारी गराएको भए बच्चा जोगिन सक्थ्यो,' सिंहले भनिन्।

http://onlinekhabar.com/2012/07/178038.html

भारतीय डाक्टरलाई अबैध अनुमतिपत्र दिन मन्त्री नै भिडे

२१ असार, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले नियम विपरीत नेपाल मेडिकल काउन्सिलमा ठाडो हस्तक्षेत्रप गरी एक भारतीय चिकित्सकको चिकित्सकीय अभ्यास अनुमतिपत्र (काउन्सिल दर्ता नम्बर) दर्ता गर्ने निर्णय गराएका छन् ।

मेडिकल काउन्सिलको मंगलबार बसेको फुल हाउसको छलफलमा मन्त्री महतो आफै गएर नर्भिक इन्टरनेसनल अस्पतालमा डेढ बर्षदेखि गैरकानुनी रुपमा कार्यरत मुटुरोग विशेषज्ञ डा. भारत रावतलाई नयाँ काउन्सिल दर्ता नम्बर दिने निर्णय गराएको खबर आजको सौर्य दैनिकले छापेको छ ।

फुल हाउसको बैठकमा मन्त्री बस्न नपाउने भएपनि महतोले बैठकमै गएर दवाव दिएपछि काउन्सिल फुल हाउसले डा. रावतलाई ऐन विपरीत नयाँ दर्ता दिने भएको छ । नर्भिकले प्रक्रिया नपुर्‍याएकोले काउन्सिलले डेढ बर्षदेखि डा. रावतको अनुमितपत्र नवीकरण गरेको थिएन ।

Read Full Discussion Thread for this article