Posted by: Geology Tiger June 27, 2012
फेरी असफल हुन सफल भएँ साथी..........
Login in to Rate this Post:     0       ?        
हुनत किड्डोको प्रश्न राहुलभाइलाई नै थियो र पक्का पनि उहाँले अझ राम्रो जवाफ दिनु हुनेछ । त्यसमाथी राहुलदाइको यस्तो सुन्दर गजल भएको यो धागोमा अन्य बहस जोड्न मन थिएन ।

तर मलाई किड्डोको प्रश्न पढेपछि खसखस लाग्यो र नलेखी बस्नै सकिन ..

नेपाली भाषा हामी मूलभूत रुपमा चार किसिमका शब्दहरु पाउछौ ।
१. ठेट नेपाली शब्दहरु जसलाई हामी झर्रो नेपाली शब्द पनि भन्छौ जस्तै चसक्क, कलकल बङ्लङ
२. संस्कृतबाट जस्तोको तस्तै आएका तत्सम शब्दहरु जस्तै जल, सूर्य, अग्नि
३. संस्कृतबाट आएका तर रुप फेरिएका तद्भव शब्दहरु जस्तै आषाढबाट असार, कर्णबाट कान
४. हिन्दी, उर्दु, फारसी, अङ्रेजी र अन्य विविध अन्तर्राष्ट्रिय अथवा नेपालको क्षेत्रीय भाषाबाट उस्तै रुपमा अाएका अथवा रुप फेरिएका आगन्तुक शब्दहरु जस्तै तिहार, अदालत, तलब, शहर, फोटो, झुमा, खापा, चाकु आदी इत्यादी

यसरी हेर्दा नेपाली भाषाको शब्दभण्डार ठुलो मात्रामा आगन्तुक शब्दहरुले भरिएको छ र यो कुरा नेपाली भाषा बाहेकको अरु भाषामा पनि लागू हुन्छ । मलाई लाग्दैन कि दुई चारवटा यस्ता आगन्तुक शब्दहरुको प्रयोगले नेपाली भाषालाई बिगार्छ । यदी त्यस्तो शब्दहरु आम जिब्रोमा भिजिसकेको छ भने यस्तो शब्द प्रयोग गर्नु सर्वदा उचित हुन्छ र यसले भाषालाई अझ रसिलो बनाउन मद्दत गर्छ । जीवित भाषाको एउटा परिभाषा यो पनि हो कि त्यसमा निरन्तर बृदि हुनुपर्छ र आगन्तुक शब्दहरुलाई भित्र्याउनु र त्यसको प्रयोग गर्नु भाषा बृदिको एउटा उपाय पनि हो । फरक यति मात्र हो त्यस्ता शब्दहरुलाई प्रयोग गर्दा हाम्रो वाक्यको बनौट नेपाली हुनुपर्छ । त्यसमा प्रयोग हुने व्याकरणका नियमहरु नेपाली हुनुपर्छ । एउटा वाक्यमा दशवटा अङ्रेजी शब्द घुसाइ दिएपछी त्यसमा नेपाली व्याकरण कसरी प्रयोग हुनसक्छ ?

स्कूले जीवन मै हुँदा हो 'कम से कम' जस्ता वाक्याशंको नेपाली भाषामा प्रयोग ठीक हो कि होइन भनेर सोध्न डा. तारानाथ शर्माकोमा पुगेको थिए, उहाँले सल्लाह दिनुभयो 'कम से कम' को सट्टा 'कम्तीमा पनि' प्रयोग गर्नु नि । अब त शायद यो पनि नेपाली जिब्रोलाई र लेखन क्षेत्रलाई राम्ररी पचिसक्यो । तर डा. तारानाथ शर्माले झै हरेक बिदेशी शब्दलाई नेपालीमा ढाल्नुपर्छ भनेर 'टाइ ' लाई ' कन्ठेलङौटी' बनाइदिने हो भने त्यो जनजिब्रोमा र लेखन क्षेत्रमा चल्दैन । कविता र गजल बिधाहरुमा त अझ गद्द लेखनका नियमहरु सबै लागू हुँदैनन् । मलाई लाग्छ महाकवि देवकोटाले 'मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन' लेखेर नेपाली भाषा साहित्यलाई केही अन्याय गर्नु भएको छैन । यसमा त हामी नेपालीलाई अहिले पनि उत्तिकै आवश्यक श्वासत सत्य छ । मलाई त यो एक लाइन अति भन्दा अति प्यारो लाग्छ ।
Read Full Discussion Thread for this article